Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सिन्धुपाल्चोक बस दुर्घटना(अपडेट) : मृतक ६ जनाको सनाखत, ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौं । आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ, सबिना तामाङ, दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ, मञ्जु तामाङ रहेका छन् । यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ, भक्तपुर सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत रहेका छन् ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धुलिखेल अस्पतालमा २, हेम्स अस्पतालमा ६, केएमसीमा १, सिन्ध सदावहार अस्पताल खाडीचौरमा १ र बाँकी ७ जना बाटोमै रहेका छन् ।

यस्तै १७ जना घाइतेमध्ये ११ जनाको पहिचान भएको छ । घाइते हुनेमा आयुषा तामाङ, धनकाजी तामाङ, रञ्जीता तामाङ, हरिमाया तामाङ रहेका छन् ।

यस्तै, दोर्जे तामाङ, सागर तामाङ, दिपक तामाङ, नैना तामाङ, सहचालक गिपलव तामाङ रहेका छन् ।

यस्तै, दुर्घटनामा परी भक्तपुरका सागर केसी, नाम नखुलेको एक बालिका रहेका छन् ।

दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा बस सडकबाट ५०० मिटर तल खसेको थियो । १२ जनाको घटनास्थलमै निधन भएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies