Khabar Dabali Logo
  January 26, Sun

हिमाली तथा पहाडी भेगमा भारी हिमपातको सम्भावना, बिहिबारदेखि चिसाे ह्वात्तै बढ्न सक्ने

काठमाडाैं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले जानकारी दिएकी छिन् ।

पश्चिमी वायुको प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ ।

मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।

मंसिर २५ गते, २०७६ - १७:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२३ करोड राजस्व छलीको आरोपमा मुद्धा दायर

काठमाडौं । राजस्व अनसन्धान विभागले नक्कली र झुटा बिल तथा बिजक को आधाारमा राजस्व चुहावट गरेको भन्दै...   
के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महराको बहिर्गमनसँगै लामो समय रिक्त भएको प्रतिनिधिसभाले आइतबार...   
नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउने

नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउने

झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको...   

एमसीसीका प्रावधान संशोधन नगरी पास गर्नु हुन्न : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने...   

सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन...   

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास...   

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

काठमाडौं । निर्भया हत्याका दोषीले आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँबाट जोगिनको लागि नयाँ तरिका...   

सापकोटालाई गिरफ्तार गर्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीद्धारा सर्वौच्चमा रिट

काठमाडौं । सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई गिरफ्तार गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...   
बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भिजा नियममा शुक्रबारदेखि परिवर्तन गरेको छ । परिवर्तित भिजा नियमअनुसार दोस्रो...   
सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top