Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्याबासी थाप्न अस्पताल गएका प्रचण्ड जब अमिलो मुख लिएर फर्के !

काठमाडाैं । गत सालको मंसिर २९ गते बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यो साल पनि ठ्याक्कै मंसिर २९ गते बस्दैछ । सोमवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक आह्वान गर्नेदेखि लिएर विधान संशोधन गर्नेसम्मका निर्णयहरू गरेको छ ।  

१४ दिनसम्म चलेको गतसालको स्थायी कमिटी बैठकको समापन एक महिनाभित्र अर्को बैठक बस्ने वाचाका साथ भएको थियो । तर बैठकले आफू बस्ने दिन कुरिरह्यो । पार्टी एकीकरण प्रक्रियामा भएको ढिलाई, नेकपाभित्रको आन्तरिक विवाद, प्रधानमन्त्री ओलीको स्वास्थ्य, उपनिर्वाचन लगायत धेरै खुड्किलो पार गर्न स्थायी कमिटी बैठकलाई एक वर्ष लाग्यो ।

लोकतान्त्रिक वामपन्थी आन्दोलनमा स्थायी र केन्द्रीय कमिटीको बैठक नै नबसी अध्यक्षद्वयको ‘सनक’का भरमा भटाभट निर्णय हुँदै आइरहेको थियो । पार्टीभित्र आफूलाई पहिलो बरियताको नेता भएको दाबी गर्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारलाई बालुवाटारभित्र बन्धक बनाएर राखेको आरोपसम्म लाग्यो ।

सर्वज्ञात रहेको विषय के हो भने प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकूल अवस्थामा छ । मृगौला रोगले मात्र नभएर प्रधानमन्त्रीलाई निमोनिया, मेनेन्जाइटिस र एपेन्डिक्सले पालैपालो आक्रमण गरेका छन् । यसैलाई प्रमुख कारण बताउँदै प्रधानमन्त्रीका सल्लाहकारहरूले मन्त्रीहरूलाई समेत बालुवाटार छिर्न दिएका छैनन् ।

प्रधानमन्त्रीको प्रतिकूल स्वास्थ्यस्थितिको फाइदा उठाउँदै सल्लाहकारहरूले आफूलाई बालुवाटारको ‘सर्वेसर्वा’ सम्झेर बसिरहेका जस्ता देखिन्छन् । आवश्यक सूचना प्रधानमन्त्रीसम्म पुग्न नदिने, प्रधानमन्त्रीको निर्णय गर्ने क्षमतालाई म्यानुपुलेट गर्ने, भेट्न गएका मन्त्री र पार्टीका नेताहरूलाई गेटमै कुराउने, गलतै भएपनि आफू अनुकूलका सूचनाहरू बाहिर चुहाउने र प्रधानमन्त्रीलाई ‘भगवान’को दर्जामा राखेर आफूलाई पूजारी बताउँदै ‘भेटी लुट्ने’ काममा सक्रिय रहेको आरोप नेकपाकै कतिपय नेताहरूले लगाउँदै आइरहेका छन् ।

गत मङ्सिर ४ गते बसेको सचिवालय बैठकले पार्टी र सरकार दुवै कहिले अस्पतालको आइसीयु र कहिले बालुवाटारभित्र बन्धक बनेको भन्दै दुईवटा अध्यक्षबीच स्पष्ट कार्यविभाजन गर्यो । प्रचण्डले पार्टी हेर्ने र ओलीले सरकार हेर्ने ।

स्याबासी थाप्न अस्पताल गएका प्रचण्ड जब अमिलो मुख लिएर फर्के !

त्यसयता पार्टीमाथि पार्टीभित्रैका नेताहरूले गर्दै आएको आलोचना चिर्न प्रचण्डले प्रयास गरिरहेका छन् । प्रचण्डकै पहलमा गत १८ गते प्रधानमन्त्री ओली आइसीयुमा रहेकै बखत सचिवालय बैठक बस्यो । उपनिर्वाचनको समीक्षा बैठकको पहिलो कार्यसूची थियो ।

उपनिर्वाचनका बखत प्रचण्ड अन्यभन्दा बढी नै खटेका थिए । १४ गते उपनिर्वाचन थियो, १३ गते साँझ प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड महाराजगंजको कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको चौथो तल्लामा रहेको आइसीयुमा पुगे ।

१० गते नै एपेन्डिक्सको शल्यक्रिया गरिएका ओली बोल्न सक्ने भैसकेका थिए । ‘उपनिर्वाचनमा पार्टीको स्थिति के छ ?’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई सोधे । ‘पार्टी बलियो अवस्थामा छ, तपाईंले चिन्ता लिनुपर्दैन,’ प्रचण्डले भने । त्यसको अघिल्लो दिन प्रचण्डले भक्तपुर, धरान र पोखरा एकैदिन पुगेर चुनावी अभियानको मैझारो गरेका थिए । प्रचण्डमा देखिएको आत्मविश्वासले पार्टीको स्थिति तुलनात्मक रूपमा बलियो रहेको पुष्टि गर्दथ्यो ।

प्रचण्ड चुनावी अभियानमा खटेको कुरा ओलीबाट लुक्ने विषय रहेन । तर त्यसदिन ओलीले प्रचण्डलाई चुनावी अभियानका निम्ति स्याबासी दिएनन् ।

‘कमरेड प्रचण्ड चुनावी अभियान सफल भएकोमा हौसिनुभएको थियो, सानो उपलब्धि भएपनि छिटै हौसिने उहाँको बानी नै हो,’ प्रचण्डनिकट एक नेताले भने, ‘त्यसदिन प्रधानमन्त्रीलाई भेट्न जाँदा पनि खुसी देखिनुहुन्थ्यो । तर प्रधानमन्त्रीले प्रचण्डको खुसी बुझ्नुभएन । उहाँले पार्टीको स्थितिका बारेमा मात्र जिज्ञासा राख्नुभयो, प्रचण्डको दिनरातको मेहेनेतका बारेमा केही सोधखोज गर्नुभएन । प्रचण्ड अस्पतालबाट फर्किंदा जाँदाजस्तो हँसिलो देखिनुहुन्नथ्यो ।’

प्रचण्ड आफ्नो निवास फर्के ।

भोलिपल्ट चुनाव भयो, बेलुकादेखि नै परिणाम आउन शुरू गर्यो । अस्पताल स्रोतका अनुसार ओलीले भक्तपुर र धरानको विशेष चासो राख्ने गर्थे । ओलीको स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार आइरहेको थियो । शल्यक्रिया गरेको ६ दिनमा प्रधानमन्त्री ओली यताउता हिंड्नसमेत सक्ने भएका थिए । १७ गते प्रचण्डले ओलीका स्वकीय सचिव राजेश शाक्यले बोक्ने गरेको नम्बरमा फोन गरे ।

फोन तत्कालै ओलीलाई पास गरियो । स्वास्थ्यस्थिति सबल बन्दै गइरहेको भन्दै ओलीले आफू बालुवाटारमै आराम गर्न खोजेको तर डाक्टरले नदिएको गुनासो गरे । केहीबेरको सामान्य गफगाफपछि प्रचण्डले आफूले सचिवालय बैठक बोलाउने तयारी गरेको जानकारी ओलीलाई दिए ।

‘किन आत्तिनुपर्यो र ?’ ओलीले प्रचण्डलाई फोनमै सोधे ।

प्रचण्ड अवाक् बने । ओलीको प्रश्न स्वाभाविक जस्तो देखिएपनि प्रचण्डले त्यसको आशय बुझिसकेका थिए । एकछिनको सन्नाटापछि प्रचण्डले भने, ‘भर्खर उपचुनाव सम्पन्न भएको छ, नेता कार्यकर्ताहरूले कतिपय ठाउँमा अन्तर्घात भएको टिप्पणी गरिरहेका छन् । यसले एकताको स्प्रिट ग्राउण्ड लेवलसम्म पुग्दैन । तत्काल बैठक बसेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता देखेको छु मैले ।’

१८ गते बसेको सचिवालय बैठकले चुनावसम्बन्धी रिपोर्ट सम्बन्धित कमिटीबाट मगाउने निर्णय गर्यो भने सीमा विवाद हल गर्न सरकारको विशेष दूत बनेर भारत जाने विषयमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना भनाईहरू राखेका थिए ।

सोमवारको सचिवालय बैठकमा दृढ देखिए प्रचण्ड

मङ्सिर २३ गते सचिवालय बैठक बस्ने कुरा १८ गतेकै बैठकमा तय भइसकेको थियो । बैठक सकिएपछि निर्णय सुनाउने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले २३ गते बस्ने बैठकमा चुनावी समीक्षा गर्ने बताएका थिए ।

आफ्नै अध्यक्षतामा अर्को बैठक बस्ने तय भइसक्दा पनि प्रचण्ड सशंकित देखिन्थे । ‘कतै प्रधानमन्त्री ओलीले हस्तक्षेप गर्ने हो कि, बैठक सारौँ भन्ने हो कि जस्ता संशय प्रचण्डलाई थियो,’ स्रोतले भन्यो, ‘तर उहाँ विचलित हुनुभएन । बरू पार्टीका अन्य नेताहरूसँगको छलफललाई जारी राख्नुभयो ।’

यो बीचमा प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई पनि भेटे । तर बालुवाटार स्रोतले यसपालीको भेट निकै कम समयको भएको बतायो । ‘उहाँ १५ मिनेट जतिका लागि आउनुभएको थियो,’ स्रोतले भन्यो, ‘त्यसपछि आफू व्यस्त रहेको भन्दै निस्किनुभयो ।’

प्रचण्ड ढुक्क त्यतिबेला भए, जतिबेला उनलाई भेट्न गएका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायतका नेताहरूले उनको ६ महिने कार्ययोजनासम्बन्धी प्रस्तावको पक्षमा टाउको हल्लाए । प्रचण्डले पार्टीको काम अघि बढाउन एकदम ढिला भएको र यसलाई छिटो अघि बढाउनुपर्ने आवश्यकताको बोध ओलीनिकट मानिने पौडेल र पोखरेललाई पनि गराउन सफल भए ।

सोमवार बिहान प्रचण्डले प्रस्तावित उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरे । गौतमले पनि तत्काल स्थायी कमिटी बोलाउनुपर्ने आवश्यकता रहेको भन्दै सोही अनुसार तयारी गर्न प्रचण्डसँग आग्रह गरे । यो बीचमा प्रचण्डको वरिष्ठ नेता झलनाथ खनालसँग फोनमै परामर्श हुने गरेको थियो । सोमवार बसेको सचिवालय बैठकमा प्रचण्ड निकै दृढ देखिएका थिए । ओलीको अनुपस्थितिमा पनि ७ वटा महत्त्वपूर्ण निर्णय गराउन सफल भए प्रचण्ड ।

ओली असन्तुष्ट भन्दै सल्लाहकारले जब गलत सूचना चुहाए ...

प्रचण्डले प्रधानमन्त्री ओलीलाई चिढ्याउने गरी सक्रियता बढाएका थिएनन्, बरू वर्षदिनदेखि हलनचल रहेको पार्टीलाई गति दिने गरी काम गरिरहेका थिए । पार्टी एकीकरणका कामहरू मूलभूत रूपमा सकिएपछि जनताको घरदैलोमा अभियान लिएर जाने प्रचण्डको पहिल्यैदेखिको योजना थियो, जसले मूर्तरुप लिन पाइरहेको थिएन । पार्टीलाई गति दिने प्रचण्डको कार्ययोजनाका बारेमा ओलीले जिज्ञासा राख्ने गरेका थिए ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएर आएको भएपनि बालुवाटारमा २४ घण्टा मेडिकल युनिट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यस्तो अवस्थामा उनलाई कुनै तनाव, रिस या अन्य मानवीय संवेदनाका हिसाबले जोखिमयुक्त कुरा सुनाउनु अनुपयुक्त हुन्छ । तर सल्लाहकार टिमले यसको ख्याल गरेको छैन ।

डिस्चार्ज हुने दिन बिहीवार बिहान ओलीको इन्सपेक्सन गर्न गएका डाक्टरहरूको टीमसँगै एकजना सल्लाहकार पनि गए । डाक्टरको टीमले रिपोर्टहरू हेर्यो, सबै ठीक रहेको भन्दै दिउँसोसम्ममा डिस्चार्ज गर्नेबारेमा ओलीसँग सल्लाह गर्यो । उनले नाईं भन्ने कुरा थिएन । केहीबेरको थप भलाकुसारीपछि डाक्टरको टीम बाहिर निस्क्यो, तर ति सल्लाहकार त्यहीं उभिए ।

‘सचिवालय बैठकका लागि हजुर डिस्चार्ज हुनेबेलासम्म पनि पर्खन सक्नुभएन प्रचण्ड कमरेडले, यसबाट पब्लिकमा राम्रो म्यासेज गएजस्तो मलाई लागेको छैन,’ उनले मसिनो स्वरमा प्रधानमन्त्रीलाई सुनाए । जवाफमा प्रधानमन्त्री ओली केही बोलेनन्, टाउको मात्र हल्लाए । त्यतिबेलै प्रधानमन्त्री पत्नी राधिका नजिक आइन, सल्लाहकार साइड लागे । त्यसपछि आफूनिकट केही मिडियालाई फोन गरेर उनले प्रधानमन्त्री आइसीयुमै रहेका बेला सचिवालय बैठक राखेर प्रचण्डले राम्रो नगरेको ब्रिफिङ गरे । सचिवालय बैठकप्रति ओली असन्तुष्ट रहेको भन्दै खबर बाहिर आयो ।

ओलीको टिमले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि अस्पताल आएर ओलीलाई भेट्नबाट रोकेको थियो । ‘प्रधानमन्त्रीलाई भेट्नै नपाउने भए किन जाने ?’ भन्ने भएपछि दुवै नेता अस्पताल पुगेनन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies