Khabar Dabali Logo
  January 29, Wed

चितवनामा अटो दुर्घटनामा : पाँच जनाको मृत्यु (नामावलीसहित)

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् ।

उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी रहेका छन् । घाइते गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो । उनीहरु सामूहिक वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

मंसिर २२ गते, २०७६ - ११:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त, एक पक्राउ

रौतहट । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ ।रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत...   
शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

एजेन्सी । बलिउड नायक शाहरुख खानकी कजन बहिनी नूर जहांको निधन भएको छ । लामो समयदेखि क्यान्सबाट पिडित...   
नेकपा केन्द्रीय समिति बैठक सुरु

नेकपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी कार्यलय धुमबाराही...   
कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

एजेन्सी । यूकेमा अभियानकर्मीहरूले ‘कुमारीत्व उपचार’लाई सरकारले गैरकानुनी बनाउनुपर्ने माग गरिरहेका...   

बसमा महिलाको ब्यागबाट पैसा चोर्ने तीन पाकेटमारा पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई...   
बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौं । बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिददर...   

नेकपाको केन्द्रीय सदस्यमा मनोनित भइन् शिवमाया तुम्बाहाङ्फे

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित...   
लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडाै‌ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ...   

नेकपाको केन्द्रीय समिति बैठक आजबाट सुरु, कस्तो आउँला अध्यक्षद्वयको प्रतिवेदन ?

काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । बुधबार बिहान ११ बजे राष्ट्रिय...   

प्रधानमन्त्री मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशितः बिदा हुने मन भए मार्गप्रशस्त छ

काठमाडौं । मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो ९चार घण्टाको०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top