Khabar Dabali Logo
  December 5, Thu

महिला क्रिकेटमा माल्दिभ्समाथि नेपाल १० विकेटले विजयी

कास्की । पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जीत निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । सात रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौथो, पाँचौँ, छैटौँ र सातौँ तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले नौ तथा हाफ्सा अब्दुल्लाले चार रन जोडिन् । बाँकी सबै खेलाडी शून्यमै आउट भए । नेपालले अतिरिक्त तीन रन दिएको थियो ।

जीतका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै पाँच बलको सामना गरेकी काजल श्रेष्ठले तीन चौका प्रहार गर्दै अविजित १३ रन जोडिन । पाँच बल फालेकि माल्दिभ्सका बलर समा अलीले चार अतिरिक्त रन दिएपछि ‘ननस्ट्राइक’मा रहेकी सीता मगरले एक बल पनि सामना गर्नुपरेन ।

दुई दशमलव एक ओभरमा दुई मेडनसहित बिना रन ६ विकेट लिएकी अञ्जली चन्द ‘वुमन अफ दी म्याच’ भयो । करुणा भण्डारीले दुई ओभरमा दुई विकेट लिइन् । उनले उनले एक मेडन राख्दै चार रन खर्चिएकि थिइन् ।

जीतपछि नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुआत गर्न सकेकामा खुशी लागेको सुनाए । यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मेहनत गरेको बताउँदै उनले नेपाली महिला क्रिकेट टोलीले केही गरी देखाउने अवसरका रूपमा यो प्रतियोगितालाई लिएको बताए ।

माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टोली भएको धारणा राखिन् । पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसके पनि यस प्रतियोगितालाई आफूहरुले अनुभव बटुल्ने अवसरका रूपमा लिएको उनले बताए । प्रतियोगिताअन्तर्गत मङ्गलबार श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

मंसिर १६ गते, २०७६ - २०:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरेली जनता भन्छन् – विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ

पोखरेली जनता भन्छन् – विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले...   

कालापानी विषय अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः अध्यक्ष प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक...   

रिसोर्टमा ग्यास विस्फोट : चारको मृत्यु, चार जना बेपत्ता

वार्सा । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार...   
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण...   
न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद्...   
मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने

मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन कलंकीदेखि कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको मुख्य...   

ज्ञानेन्द्रको शतक, पारसको अलराउण्ड प्रदर्शनमा भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । नेपालले टी -२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउँदै भुटानलाई १३० रनले...   
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक

पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको...   

जोमसोमको एक होटलमा भारतीय नागरिकको मृत्यु

मुस्ताङ । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया...   
उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो

उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो

काठमाडौँ । १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top