Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सलमानको फिल्मप्रति हिन्दुवादीको आपत्ति, हिन्दु समुदायको भावनामा ठेस पु-याएको आरोप

काठमाडौं । सलमान खानको फिल्म ‘दबंग ३’ रिलीज हुनु अगावै विवादमा फसेको छ । फिल्मप्रति हिन्दु जनजागृति समितिले आपत्ति जनाएका छन् । फिल्मको टाइटल गीत ‘हुड दबंग दबंग’ले हिन्दु समुदायको भावनामाथि ठेस पु-याएको उनीहरुको आरोप छ ।

हिन्दू जनजागृति समिति महाराष्ट्र तथा झारखण्डका संयोजक सुनली घंवातले फिल्मको गीतमा हिन्दु ऋषिमुनिहरुलाई आपत्तिजनक अवस्थामा देखाइएको भन्दै विरोध जनाएका छन् । उनले भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘दबंग फिल्मको गीतमा ऋषिमुनिलाई सलमानको साथ आपत्तिजनक तरिकाबाट नाच्दै गरेको अवस्थामा देखाइएको छ, यसले हिन्दु समुदायको धार्मिक भावनामाथि ठेस पु-याएको छ ।’

उनले गीतमा हिन्दु ऋषिहरुलाई तुच्छ रुपमा देखाइएको भन्दै विरोध गरेका छन् । सलमानले मुश्लीम या इसाईका गुरुलाई यसरी नचाउन सक्छन् भनि प्रश्न पनि गरेका छन् । जनगागृति संगठनले केन्द्रिय फिल्म बोर्डलाई पनि फिल्मलाई रोक्न आह्वान गरेको छ ।

\"Salman

‘दबंग ३’ को टाईटल गीतमा सलमान ऋषिमुनीको साथ नदी किनारामा नाच्दै गरेको अवस्थामा देखिएका छन् । भिडियोमा सलमानले ब्रह्मा, विष्णु र शिवको कपडा पहिरिएका मानिससँग आशीर्वाद लिएको देखिएका छन् ।

फिल्म यसअघि पनि विवादमा फसेको थियो । फिल्म शुटिङको समय वायरल भएको तस्बिरमा शिवलिंगलाई अपमान गरिएको छ । शिवलिंगलाई खुट्टाले कुल्दै काम गरिएको अवस्थामा एक व्यक्ति देखिएका छन् ।

यसअघि भाजपा विधायकले रामेश्वर शर्माले हिन्दु समुदायमाथि अपमान गरिएको आरोप लगाउँदै एफआईआरमा मुद्दा दर्ता गराएका थिए । तस्बिरको आधारमा फिल्मको निकै विरोध पनि भएको थियो ।

आगामी २० डिसेम्बरमा रिलिज हुने फिल्ममा सलमान खानसँगै सोनाक्षी सिंन्हालगायतका चर्चित हस्ति आउँदैछन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies