Khabar Dabali Logo
  January 24, Fri

नेकपाकाे सांगठनिक गतिविधि भद्रगोल , अझै गठन हुन सकेन पोलिटब्युरो कमिटि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन ।

आजको गोरखापत्र दैनिकमा खबर छ – पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्य भएकाहरू पनि आफूले जिम्मेवारी नपाउँदा पार्टी चलायमान बन्न नसकेको गुनासो गर्छन् । पार्टी एकतापछि पार्टीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका केन्द्रीय सदस्यहरूको शपथको समयमा निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर गर्नका लागि बैठक बसे पनि दोस्रो बैठक बस्न सकेको छैन ।

पार्टीको विधानअनुसार ६/६ महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि केन्द्रिय समिति बैठक बस्न सकेको छैन । पार्टीको केन्द्रीय सदस्य भएर पनि पार्टीको तल्लो तहसम्म जाँदा पार्टीको नीति तथा गतिविधिको विषयमा जानकारी नपाएको केन्द्रीय सदस्य गणेश पहाडीले बताए ।

यसैगरी, तीनरतीन महिनामा बस्नुपर्ने पार्टीको स्थायी समिति बैठक झन्डै एक वर्ष बित्न लाग्दासमेत बस्न सकेको छैन ।

नेकपाको अन्तरिम विधानमा तीनरतीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्ने प्रावधान छ । गत वर्ष पुसपछि स्थायी समिति बैठक बसेको छैन ।

स्थायी समिति नबसेकै कारण गत ३१ साउनमा नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउन गरेको निर्णय अझै अनुमोदन भएको छैन । स्थायी समिति नबस्दा यस्ता थुप्रै काम अड्किएका छन् ।

कात्तिक २८ गते, २०७६ - ०७:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोनको नेपाली दूतावास भवन : बेच्ने जिम्मा राजदूतलाई

बोनको नेपाली दूतावास भवन : बेच्ने जिम्मा राजदूतलाई

काठमाडौं । सरकारले तत्कालीन पश्चिम जर्मनीको राजधानी बोनमा भग्नावशेषको रूपमा परिणत भइसकेको नेपाली...   

सरकारी अस्पतालप्रति सांसदकै अविश्वास, निजी र विदेश धाउछन्

काठमाडौं । सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद निजी अस्पतालमा धाउने...   

विप्लव समूहको सूक्ष्म निगरानी गर्दै सरकार

काठमाडौं । पछिल्ला दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा असुली तीव्र बनाएको छ। चन्दा...   

लागुऔषध मुद्दामा परेर फरार भएका प्रतिवादी पक्राउ

दमौली । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ...   
चीनदेखि अमेरिकासम्म कोरोना भाइरस, नेपालमा पनि त्रास

चीनदेखि अमेरिकासम्म कोरोना भाइरस, नेपालमा पनि त्रास

बेइजिङ । चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । जापान, थाइल्याण्ड,...   

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब व्याजसहित फिर्ता लिने

काठमाडौं । सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता...   

स्थानीय तहमा कमाइभन्दा धेरै कर

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिकाकी चन्द्रकला श्रेष्ठका नाममा रहेको साढे ९ रोपनी जमिनको एकीकृत...   

अतिक्रमित जग्गा जति फिर्ता गरिँदै सरकार

काठमाडौँ  । सरकारले ९ ठाउँको सरकारी तथा सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गरेकाविरुद्ध...   

ठूला जलविद्युत् आयोजनामा सरकारको प्राथमिकता

काभ्रे । ऊर्जामन्त्री वर्षमान पुनले सरकारले अब ठूला जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिने...   

उखु किसानको पैसा नतिर्ने तीन उद्योगको बैंक खाता रोक्का

काठमाडौं । सरकारले किसानलाई उखुको रकम भुक्तानी नदिने तीन चिनी उद्योगका बैंक खाता रोक्का गर्ने निर्णय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top