Khabar Dabali Logo
  August 4, Tue

किन श्रीमानले श्रीमतीको मोबाइल जाँच गर्छन्

भनिन्छ, श्रीमान्–श्रीमतीको बीचको सम्बन्ध र प्रेमलाई कुनै समझदार व्यक्तिले मात्र बुझ्न सक्छ । उनीहरुका बीचमा एउटा बेग्लै प्रकारको समझदारी कायम हुन्छ । माया र विश्वास नै कुनै पनि सम्बन्धको वास्तविक कारण हो । श्रीमान्–श्रीमतीको सम्बन्धको वास्तविकता पनि यही नै हो । श्रीमान्–श्रीमतीका बीचमा यदि माया कम नै भयो भने पनि सम्बन्ध उक्त गाडी चलिरहन्छ । तर, विश्वास कम भयो भने सम्बन्धलाई अगाडि बढाइरहन गाह्रो पर्दछ । विश्वास भन्ने कुरा इमान्दारीबाट आउँछ । त्यसैले श्रीमान्–श्रीमती दुबैले एक–अर्कासंग निकै नै लचिलो हुनु पर्दछ ।

तर, कैयौं पटक श्रीमानले आफ्ना श्रीमतीको मोबाइल फोन उनीहरुको अनुपस्थितीमा चेक गर्न थाल्छन् । त्यसका पछाडि विभिन्न कारणहरु हुन सक्दछन् ।
विश्वासमा कमी हुनु

सबैभन्दा ठूलो कारण नै श्रीमानलाई आफ्ना श्रीमतीहरुप्रति कम विश्वास हुनु हो । पटक–पटक मोबाइल फोन चेक गरेर उनीहरुले के कुरा पत्ता लगाउन चाहन्छन् भने कतै उनले उसंग कुनै कुरा लुकाइरहेकी त छैनन् ।

शंका लाग्नु

श्रीमानले किन पनि श्रीमतीहरुको मोबाइल चेक गर्छन् भने उनीहरु आफ्नै श्रीमतीप्रति शशंकित हुन्छन् । उनीहरुलाई के लाग्छ भने कतै उनीकी श्रीमती अरु नै कुनै पुरुषसंग डेटिङमा पो गैरहेकी छिन् कि ।
झगडाको कारण खोज्नु

प्रायःश्रीमानले किन यसो गर्छन् भने उनीहरु श्रीमतीसंग झगडा गर्नका लागि कुनै न कुनै कारण खोजिरहेका हुन्छन् । त्यसरी मोबाइल चेक गरेर उनीहरु घरमा कहल मच्चाउने ठूलो षडयन्त्र गरिरहेका हुन्छन् ।

मायामा कमी

प्रायः श्रीमानलाई के लाग्छ भने उनीहरुका श्रीमतीहरुले उनीहरुलाई माया नै गर्दैनन् । त्यसकारण पनि उनीहरु श्रीमतीहरुको मोबाइल चेक गरेर के पत्ता लगाउन चाहन्छन् भने उनीहरुको सबैभन्दा लामो कुराकानी कोसंग भैरहेको छ ।

अरुसंग बढि लगाव

यदि तपाईंको लगाव अरु कुनै व्यक्तिसंग बढि हुन थाल्यो भने तपाईंका श्रीमान्लाई उक्त कुराले असुरक्षित महसुस गराउ“छ । त्यसकारण पनि उनलाई तपाईंको मोबाइल फोन चेक गर्ने बानी बस्छ ।
धोकाको अनुमान

कहिलेकाहिं श्रीमान आफ्ना श्रीमतीहरुले आफूलाई माया गर्छिन् भन्ने कुराप्रति त्यति विश्वस्त हुन सक्दैनन् । उनीहरुले मन–मनै श्रीमतीप्रति नकारात्मक धारणा बनाउन थाल्दै उनले आफूलाई धोका दिन थालेको अनुमान गर्न थाल्छन् । त्यसलाई पुष्टि गर्नका लागि समेत उनीहरुले बारम्बार श्रीमतीको मोबाइल फोन चेक गर्छन् ।

ध्यान दिनु पर्ने कुरा के छ भने यदि तपाईंका श्रीमान् पनि तपाईंको अनुपस्थितीमा तपाईंको मोबाइल फोन चेक गर्छन् भने उनलाई राम्ररी सम्झाउनु होला र सबै मनमुटावहरु हटाउनु होला । यसमै तपाईंहरु दुबैको भलाइ छ ।अनलाइनखबर

कात्तिक २५ गते, २०७६ - १२:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोल्यान्ड पठाइदिने भन्दै १७ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौ । नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।...   

रूसले २०२१ सम्ममा कोरोना नियन्त्रणका लागि खोपको लाखौँ मात्रा उत्पादन गर्ने दावी

मस्को । रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा...   

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि नेपालगञ्ज ‘सिल’

नेपालगञ्ज । जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय...   

साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने १३ जनामा कोरोना पोजिटिभ

काभ्रेपलाञ्चोक । एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा...   

भोलिदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय...   

थोत्रा सवारीसाधन हटाई वातावरणमैत्री कार्यालय बनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ । सर्वोच्च अदालतमा नेपालभरका पुराना थोत्रा गाडी हटाई सफा गरी हरेक कार्यालय स्वच्छ तथा वातावरणमैत्री...   

नेपाल बैंकले ल्यायो सरल घर कर्जा योजना

काठमाडौ । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर...   

ट्याक्टर दुर्घटनामा एक जनाको मुत्यु, तीन गम्भीर घाइते

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर...   

जनताको सम्पत्ति संरक्षण गर्न जिम्मेवारीपूर्वक लाग्नुस् : मन्त्री अर्याल

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तीन करोड नेपाली जनताको...   
विश्वास टुट्न दिने छैन : राखेप सदस्यसचिव सिलवाल

विश्वास टुट्न दिने छैन : राखेप सदस्यसचिव सिलवाल

काठमाडौ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top