Khabar Dabali Logo
  August 9, Sun

ट्वीटरले राजनीतिक विज्ञापन हटाउने घोषणा

वासिङ्टन । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट चासो व्यक्त भएपछि उक्त निर्णय गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले ट्वीट गर्दै इन्टरनेट विज्ञापन निकै सशक्त र ज्यादै प्रभावकारी देखिए पनि यो शक्तिलाई राजनीतिक व्यक्तिहरुले दुरुपयोग गर्ने सम्भावना बढी देखिएको बताएकका छन् । उनले यही हतियारका आधारमा लाखौं जनतालाई मतदानका बेला दिग्भ्रमित पार्ने खतरा रहेको उल्लेख गरेका छन् ।

अर्को सामाजिक सञ्जाल फेसबुकमाथि पनि राजनीतिक विज्ञापन गर्नुअघि तथ्य–जाँच गर्न तिब्र दबाब परेको छ ।

डोर्सेले नयाँ नीति बमोजिम राजनीतिक मामिलाका साथै उम्मेदवारका सबै विज्ञापनमाथि रोक लगाइने छ । उनले अर्को महिना विज्ञापनसँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरिने र आगामी नोभेम्बर २२ देखि यो नीति लागू हुने पनि उनले जानकारी दिए ।

तर फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले राजनीतिक विज्ञापन फेसबुकका लागि ठूलो आम्दानीको स्रोत नभएको बताउँदै राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउँदा बहालवाला राजनीतिक व्यक्तिलाई नै फाइदा पुग्ने दाबी गरेका छन् । प्रतिबन्धले स्वतन्त्र र नयाँ “आवाज”लाई दबाउने जुकरबर्गको तर्क छ ।

तर डोर्से भने जुकरबर्गको तर्कसँग सहमत छैनन् ।

डोर्सेले कुनै राजनीतिक विज्ञापन बेगर पनि ठूला र धेरै सामाजिक अभियानहरु सञ्चालनमा आएको बताए ।

“अमेरिका र विश्वकै लोकतन्त्रको रक्षाका लागि यो सही निर्णय हो,” सन् २०१६ की राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ट्वीट गरेका छन् । “फेसबुकको भनाई के छ ?” क्लिन्टनले प्रश्न गरेका छन् । एएफपी

कात्तिक १४ गते, २०७६ - १६:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमणबाट काठमाडौंका एक जनासहित ३ को मृत्यु, मृतकको संख्या ७३ पुग्यो

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । कोरोना...   

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...   

थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे २२ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार सात हजार...   

नुवाकोटमा भिरबाट लडेर एकको मृत्यु

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३...   

सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु, एक घाइते

सप्तरी । सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका– १६...   

बेरुतमा भएको विस्फोटनका कारण ६० जना अझै बेपत्ता

बेरुत । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्क बिहिन...   

नेपालको भाइरस कति शक्तिशाली भनेर पत्ता लगाउन कोरोनाको अणुवांशिक अध्ययन शुरु गरिदै

काठमाडौं । नेपालमा रहेको कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य...   

काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा, तर भीडभाड भने उस्तै

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा...   

टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन– अमेरिकी विज्ञ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने...   

भारतमा एकैदिनमा साढे ६१ हजार बढी कोरोना सङ्क्रमित

दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top