काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ को विमोचन सम्पन्न भएको छ । नेपाल म्यानमार मैत्री परिषदको आयोजनामा एक कार्यक्रमका विच विमोचन गरिएको हो ।
कृतिको अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष राधेश्याम लेकाली, समालोचक महेश पौड्याल, कवि तथा निवन्धकार ममिला, नेपाल म्यानमार मैत्री परिषदका अध्यक्ष शंकर घिमिरेले संयुक्त रुपमा विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा बोल्दै कवि तथा निवन्धकार ममिलाले युवराज नयाँघरेले नेपाली निबन्ध र नियात्रामा पु¥याएको उल्लेखनीय योगदानको चर्चा गरे। उनले यो कृतिले वर्मेली नेपाली भाषीबारे निकै राम्रोसँग बताएको बताए ।
समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा नयाँघरेको आफ्नोपन र खुबी ‘तनक्खामा’ पोखिएको बताए । उनले नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिने समेत बताए ।
अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष राधेश्याम लेकालीले नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक रहेको बताउँदै नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले वर्मालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको समेत बताए ।
कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताउनु भयो । उनले भने– बर्मामा रहेका नेपाली भाषीको नेपाली भाषा, संस्कृतीको विशेष अनुभूति यस कृतीमा लिपिबद्ध रहेको बताए ।
तनक्खा’ मा बर्मा भ्रमणको सेरोफेरो समेटिएको छ । बर्मामा रहेका नेपालीको स्थिति, बर्माको इतिहासलगायतका प्रसंग यसमा समेटिएको छ । बर्मेली भाषामा तनक्खाको अर्थ वनऔषधी भएको यसको भूमिका लेखक बर्मेमा रहेर नेपाली सााहित्यमा कलम चलाइरहेका ठाकुर गुरागाईंले बताउनु भएको छ । कृतिलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । नयाँघरेका १६ वटा कृतिमा यस अघि ७ वटा नियात्रा कृति आइसकेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: