Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यी २२ महिला : जसले विश्व हल्लाए

काठमाडौं। मानव जातिको इतिहासमा महिलाहरुले पनि विश्व हल्लाएका प्रशस्त उदाहरणहरु छन्। यसै पनि पुरुषहरुको सफलताका पछाडि महिलाहरुको ठूलो हात हुन्छ। तर, उनीहरुको योगदान छायाँमा पर्ने गरेको छ। पुरुष प्रधान समाज र विश्वमा यसलाई सामान्य रुपमा लिइँदा पनि महिलाहरुको योगदान छायाँमा पर्ने गर्दछ।

विश्वमा लाखौं महिला छन्, जसले विश्व मानव जाति र सभ्यताका लागि निकै ठूलो योगदान गरेका छन्। कतिले आफ्नो हातमा रहेको शक्तिको चरम दुरुपयोग पनि गरेका छन्। त्यसमध्ये यहाँ हामीले विश्वविख्यात २२ महिलाको संक्षिप्त चर्चा गरेका छौं। २२ महिलाबाहेक अरु महिलाहरुको योगदानका बारेमा पनि हामी क्रमशः सामग्री प्रकाशन गर्दै जानेछौं।

१. जेनी मार्क्स – विश्वप्रसिद्ध महिला नेतृ जेनी मार्क्सको जन्म सन् १८२४ फेब्रुअरी १२ मा पश्चिम जर्मनीमा भएको थियो। उनका बाबू लुडविग जर्मनीका प्रसिद्ध वकिल तथा विलक्षण प्रतिभाका वुद्धिजीवी थिए। जेनीले विश्वप्रसिद्ध मार्क्सवादी दार्शनिक कार्ल मार्क्ससँग विवाह गरेकी थिइन्। मार्क्सको जति पनि वैचारिक चिन्तन र अन्वेषण छ, त्यसमा जेनीको निकै ठूलो भूमिका थियो। सम्भ्रान्त परिवारमा जन्मिएर पनि जेनीले सर्वहारा र श्रमजीवी वर्गको पक्षमा कार्ल मार्क्सलाई जीवनपर्यन्त साथ र प्रेम दिएकी थिइन्।

२. चन्द्रिका कुमारा तुङ्गा – तुङ्गा श्रीलङ्काको प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म निर्वाचित भएकी विश्वविख्यात महिला नेतृ हुन्। उनी १९ अगस्ट १९९४ देखि १२ नोभेम्बर १९९४ सम्म श्रीलङ्काको प्रधानमन्त्रीमा निर्वाचित भएका थिइन्। १२ नोभेम्बर १९९४ देखि नोभेम्बर २००५ सम्म श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी विश्वकै शक्तिशाली महिला नेतृ हुन्।

३. बेनजिर भुट्टो – बेनजिर भुट्टोको जन्म सन् १९५३ जुन २१ मा पाकिस्तानमा भएको थियो। उनी पाकिस्तान र मुस्लिम समुदायकै पहिलो प्रधानमन्त्री हुन्। उनलाई राजनीतिक आन्दोलनका क्रममा सन् १९७७ देखि १९८४ सम्म घरमै नजरबन्दमा राखिएको थियो। बेनजिर १९८८–१९९० र १९९३ गरी २ पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भइन्। २७ डिसेम्बर २००७ का दिन भुट्टोलाई आत्मघाती बम प्रहार गरी हत्या गरियो। भुट्टो विश्वकै शक्तिशाली महिला नेतृ मानिन्छिन्।

४. मेरी क्यूरी – क्युरीको जन्म सन् १८६७ नोभेम्बर ७ मा पोल्याण्डमा भएको थियो। उनका मातापिता मध्यम परिवारका वौद्धिक व्यक्तित्व थिए। क्युरीले भौतिक विज्ञानका ज्ञाता पियरे क्युरीसँग सन् १८९४ मा विवाह गरिन्। क्युरीमा पनि भौतिक विज्ञानप्रति गहिरो रुचि थियो। क्युरी दम्पत्तिले लामो खोजपछि रेडियम पत्ता लगाए, त्यसवापत उनलाई डिग्रीको उपाधि दिइयो। उनले सन् १९०५ मा नोवेल पुरस्कार प्राप्त गरिन्। सन् १९१४–१९१८ को प्रथम विश्वयुद्धका बेला क्युरीले युद्धग्रस्त क्षेत्रमा स्वयंसेवक स्वास्थ्यकर्मीको रुपमा काम गरिन्। क्युरी नोवेल पुरस्कार प्राप्त गर्ने विश्वकै पहिलो महिला हुन्।

५. मार्गरेट थ्याचर – थ्याचरको जन्म १३ अक्टोबर १९२५ मा बेलायतमा भएको थियो। उनी ब्रिटिस कन्जरभेटिभ पार्टीकी नेतृ तथा यूरोपकै प्रथम महिला प्रधानमन्त्री थिइन्। थ्याचर १९७९ देखि १९९० सम्म तीनपटक प्रधानमन्त्रीमा निर्वाचित भइन्। बेलायतको इतिहासमा थ्याचरलाई चर्चिलपछिकी शक्तिशाली राजनीतिज्ञ मानिन्छ। आफ्नो कार्यकालमा थ्याचरले विपन्न मजदूर र बालबच्चाको शिक्षाका लागि महत्वपूर्ण काम गरिन्।

६. रोजा लक्जेम्वर्ग – रोजाको जन्म १८७० मा पोल्याण्डको यहुदी परिवारमा भएको थियो। १९ वर्षको उमेरमा उनी स्वीटजरल्याण्ड पुगिन र प्राकृतिक विज्ञान, अर्थशास्त्र, दर्शनशास्त्र र कानून विषयमा पढ्न थालिन्। उनी मार्क्सवादी सिद्धान्तकी अनुयायी थिइन्। रोजाको दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा विशेष दख्खल थियो। रोजाले कम्युनिष्ट पार्टीभित्र जनवादको अभ्यासमा तात्कालीन कम्युनिष्ट नेता लेनिनसँग गम्भिर बहस गरेकी थिइन्। उनलाई सन् १९१९ मा गिरफ्तार गरी हत्या गरियो। रोजा विश्व इतिहासमै दार्शनिक र वौद्धिक महिला मानिन्छिन्।

७. इन्दिरा गान्धी – भारतका प्रसिद्ध नेता जवहरलाल नेहरुकी छोरी इन्दिरा गान्धीको जन्म सन् १९१७ नोभेम्बर १९ मा भएको थियो। सन् १९६४ मा गान्धी भारत सरकारको सूचना तथा सञ्चार मन्त्रीमा नियुक्त भइन्। सन् १९६६ मा गान्धी भारतको प्रधानमन्त्रीमा निर्वाचित भइन्। उनी भारतकै पहिलो महिला प्रधानमन्त्री हुन्। गान्धीले आफ्नो कार्यकालमा गरीबी निवारण, भूमिसुधार र व्यक्तिगत आय वृद्धिका लागि महत्वपूर्ण कदम चालिन्। उनको कार्यकाल निकै विवादास्पद र चुनौतिपूर्ण पनि रह्यो। कांग्रेस नेतृ गान्धीको ३१ अक्टोबर १९८४ का दिन आफ्नै अंगरक्षकद्वारा हत्या भयो।

८. मेरी टाड लिङ्कन – मेरी अमेरिकाकी प्रथम अश्वेत राष्ट्रपति अब्राहम लिङ्कनकी धर्मपत्नी हुन्। तर, उनी एकदमै शौखिन स्वाभावकी थिइन्। उनले राष्ट्रपति कार्यालयबाट प्रशस्तै रकम लिएर प्रशस्तै पैसा बिलासितामा खर्चेकी थिइन्। उनले आफ्नो व्यक्तिगत जीवनका लागि एकैपटकमा २६९०० डलरको सामान खरिद गरेपछि व्यापक आलोचना भयो। उनलाई लिङ्कनको नाम बेचेर सम्पत्ति कमाएको र बिलासितामा रमेको आरोप लागेपछि सपिङ गर्न छोडिदिइन्। मेरीलाई अमेरिकाकी लोकप्रिय होइन, शक्तिशाली महिलाका रुपमा चिनिन्छ।

९. रुथ पेरी – रुथको जन्म ३ सेप्टेम्बर १९३९ मा भएको थियो। उनी सन् १९९६ देखि १९९७ सम्म लाइबेरियाकी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। सन् १९८९ बाट लाइबेरिया चरम गृहयुद्धमा फस्यो। देश गृहयुद्धको चपेटामा परेकै बेला रुथले लाइबेरियाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन्। उनले देशमा महिला सशक्तिकरण र सामाजिक जागरणका क्षेत्रमा निकै ठूलो योगदान गरेकी छिन्।

१०. क्लियोपेट्रा – क्लियोपेट्राको जन्म इशापूर्व ६९ मा युनानमा भएको थियो। उनी प्राचीन मिश्रकी महारानी हुन्। उनी यौवनमा अत्यन्तै सुन्दरी थिइन्। उनलाई कामूक र बिलासी महिला मानिन्छ। आफ्ना दरबारका कर्मचारीसँग खुलेआम सहवास गर्नु र नग्न कामोत्तेजक नृत्यमा सहभागी हुनु उनको विशेषता नै थियो। उनी पनि विश्वमा शक्तिशाली महिला मानिन्छिन्।

११. सेन्ट जोन अफ आर्क – फ्रान्सेली स्वतन्त्रता सङ्ग्रामकी नेतृ सेन्ट जोनको जन्म सन् १४१२ मा किसान परिवारमा भएको थियो। उनी राजा लुइस चौधौंको शासन पल्टाउन सक्रिय भइन्। सेन्ट निरक्षर तर साहसी महिला थिइन्। उनले युद्धका जस्तासुकै चुनौतिहरु पनि सहजतापूर्वक लिने हिम्मत गर्थिन्। त्यस्ती साहसी तथा स्वतन्त्रताप्रेमी सेन्टको १९ वर्षकै उमेरमा १४३१ मा हत्या गरियो।

१२. डायना – डायनाको जन्म सन् १९६१ जुलाई १ मा ब्रिटेनको सेण्ड्रिक पार्क हाउसमा भएको थियो। उनी अत्यन्तै सुन्दर र कामूक थिइन्। डायना बेलायतकी चर्चित पूर्वयुवराज्ञी हुन्। उनकै कारण बेलायतमा संवैधानिक संकटसमेत निम्तिएको थियो। डायना मीडियाक्रेजी थिइन्। मिडियाको हेडलाइनमा छाउनका लागि उनले अनौठा–अनौठा काम गर्थिन्। उनी संसारकै कामूक र चतुर युवराज्ञी मानिन्छिन्।

१३. पामेला बोर्डेस् – पामेलाको जन्म सन् १९६२ मा भारतमा भएको थियो। उनी निकै कामूक र यौनवादी महिला थिइन्। उनले कलेजमा सार्वजनिक रुपमै भनेकी थिइन्, ‘हे राम, अब के होला ? गर्भनिरोधक चक्की खानै भुलेछु।’ उनलाई बेलायतमा कर्लगर्लको रुपमा चिन्न थालियो। उनको कमाइ वार्षिक ३००० पाउण्डभन्दा बढ्ता थियो। उनले सन् १९८२ मा मिस इण्डिया उपाधि जितिन्। उनी लण्डन पुगेर वरिष्ठ नेताहरुसँग सम्बन्ध स्थापित गरिन्। त्यसपछि उनले बेलायतकै सत्तामा निकै ठूलो प्रभाव जमाइन्। उनलाई बेलायतको संसद हल्लाउने शक्तिशाली महिलाका रुपमा चिनिन्छ।

१४. नाजेज्दा क्रुप्सकाया – क्रुप्सकायाको जन्म सन् १८६९ मा भएको थियो। उनी विश्वप्रसिद्ध मार्क्सवादी नेता लेनिनकी श्रीमति र रुसी कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ हुन्। उनले कम्युनिष्ट सिद्धान्तको रक्षा र साम्यवादको लक्ष्यका लागि सम्पूर्ण जीवन समर्पित गरेकी थिइन्। उनी एक शिक्षिका, कम्युनिष्ट नेतृ, पत्रकार र क्रान्तिकारी नेतृ थिइन्। रुसी क्रान्तिको सफलता र लेनिनवादको विकासमा क्रुप्सकायाले अतुलनीय योगदान गरेकी थिइन्। सन् १९३९ मा उनको निधन भयो।

१५. सोफिया लरेन – उनको जन्म सन् १९३४ मा भएको थियो। उनी हलिउडकी चर्चित अभिनेत्री र विश्वप्रसिद्ध कामूक महिला मानिन्छिन्। उनी निकै गरीब परिवारबाट सङ्घर्ष गर्दै कला क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनी स्वतन्त्रताप्रेमी र महिला मुक्तिको पक्षमा सार्वजनिक विचार प्रस्तुत गर्दथिन्। सामान्य परिवारबाट विश्वप्रसिद्ध महिलामा दर्ज हुन उनले ठूलो सङ्घर्ष गर्नुपरेको थियो।

१६. मदर टेरेसा – टेरेसा विश्वप्रसिद्ध महिला समाजसेवी हुन्। उनी सात वर्षको हुँदा बाबुको मृत्यु भयो, त्यसबाट टेरेसाको बाल मस्तिष्कमा गहिरो चोट पुग्यो। त्यही घटनाले उनलाई समाजसेवाका लागि प्रेरित गर्‍यो। उनले आफ्नो अध्ययनका क्रममा सीसेबाट प्रभावित थिइन्। उनी भारतका फुटपाथमा बसेका बेसहारा बालकहरुको हेरचाहमा लागिन्। उनको विश्वप्रसिद्ध भनाइ छ, ‘आमा तिनै हुन्, जो ममता बाँड्छिन्।’ उनी विश्व शान्ति नोवेल पुरस्कारबाट सम्मानित विश्वप्रसिद्ध र समाजसेवी महिला मानिन्छिन्।

१७. च्याङ चिङ – विश्वप्रसिद्ध मार्क्सवादी नेतृ च्याङचिङ कम्युनिष्ट नेता माओत्सेतुङकी पत्नी हुन्। कम्युनिष्ट राजनीतिमा लाग्नुपूर्व उनी प्रसिद्ध कलाकार थिइन्। उनले दर्जनौं चिनियाँ फिल्महरुमा अभिनय गरेकी थिइन्। जब जापानले चीनमाथि आक्रमण गर्‍यो, तब उनी एकाएक कम्युनिष्ट राजनीतितर्फ आकर्षित भइन्। सन् १९४९ मा चीनमा जनगणतन्त्रको स्थापना भयो, माओत्सेतुङ राष्ट्रपति भए। सन् १९७६ मा माओको मृत्युपछि चीनको समाजवादी सत्ता ढल्यो, प्रतिक्रान्तिपछि सरकारले च्याङचिङलाई गिरफ्तार गर्‍यो। सन् १९९१ मा उनको जेलभित्रै रहस्यमय मृत्यु भयो। उनी विश्वप्रसिद्ध एवं प्रेरक कम्युनिष्ट नेतृ मानिन्छिन्।

१८. राजकुमारी मारग्रेट – कुलीन परिवारमा जन्मिएकी मारग्रेट क्यानडाका प्रमूख मन्त्री जेम्स सिनक्लेयरकी छोरी हुन्। उनले क्यानडाका प्रधानमन्त्री त्रूदूसँग विवाह गरेकी थिइन्। उनी अत्यन्तै सुन्दरी र स्वच्छन्दावादी नारी थिइन्। उनी नग्नतामा विश्वास गर्थिन्, जसका कारण त्रूदूको सरकार नै बद्नामित हुँदै गएको थियो। उनको दर्जनौ परपुरुषसँग सहवासपछि प्रधानमन्त्रीसँग सम्बन्ध विच्छेद भयो। त्यसपछि फोटोग्राफरको काम गर्न थालिन्। क्यानडाको सत्तालाई बदनाम गर्न मारग्रेटको मूख्य हात रह्यो। शक्तिको चरम दुरुपयोग गरेर उनी चर्चामा आइन्।

१९. फ्लोरेन्स नाइटिङ्गेल – नाइटिङ्गेलको जन्म सन् १८२० मा इटालीको फ्लोरेन्समा भएको थियो। उनी विश्वप्रख्यात नर्स थिइन्। हातमा टुकी लिएर बिरामीको सेवा गर्ने उनको कार्यले विश्वभरि नै मानवताको स्वर्णीम् सन्देश दिएको थियो। उनी मानवमाथिको बर्बरतादेखि अत्यन्तै चिन्तित थिइन्। उनले आफ्नो जीवनको सम्पूर्ण शक्ति गरीब र बिरामीहरुको उपचारमा खर्चिइन्। उनले ठूला कलेज र संस्थाहरु खोलेर बिरामीहरुको सेवा गरेकी थिइन्। सन् १९०७ मा अर्डर अफ मेरिट नामक ख्यातिप्राप्त पुरस्कारबाट सम्मानित भएकी थिइन्। जीवनको अन्तिम क्षणमा आँखाको दृष्टि गुमाएकी विश्वकै आमा नाइटिङ्गेलको १९१० मा निधन भयो।

२०. महारानी मारिया – स्पेनकी महारानी मारिया यौनकी प्यासी थिइन्। उनी अत्यन्तै बिलासी स्वाभावकी थिइन्। आफ्नो दरबारमा खटिने बलशाली सैनिकसँग यौन प्यास मेटाउनु उनको दिनचर्या नै थियो। उनी निकै शक्तिशाली महिला थिइन्। सन् १७९५ मा फ्रान्ससँगको युद्धपद्धि उनलाई प्रिन्स अफ पिसको उपाधि पनि दिइएको थियो। उनले ३७ वर्षको उमेरमा २१ वर्षे युवक गोदमसँग प्रेम विवाह गरेकी थिइन्। स्पेनमा नागरिक विद्रोह चर्किएपछि गोदम र मारियाले देश छोडेर भाग्नुपरेको थियो।

२१. हिलारी रोधाम क्लिन्टन – क्लिन्टनको जन्म सन् १९२६ अक्टोबर २६ मा भएको थियो। उनी सन् २००१ मा अमेरिकी कंग्रेसको सिनेटरमा निर्वाचित भएकी थिइन्। उनी बिल क्लिन्टनकी श्रीमति र अमेरिकाको राष्ट्रपति पदमा डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने महिला थिइन्। उनी एक चर्चित वकिल र बाल अधिकारवादी नेता पनि हुन्। पार्टीभित्रै बाराक ओवामासँग प्रतिस्पर्धा गरेकी चर्चित महिला नेतृ हुन्। उनी उदारवादी सिद्धान्तमा विश्व राख्ने विश्वकै चर्चित र शक्तिशाली महिला हुन्।

२२. आङ सान सुकी – सुकीको जन्म १९४५ जुन १९ मा बर्मा (म्यानमार) मा भएको हो। उनका पिता आङ्ग सान बर्माको स्वतन्त्रताका लागि शहिद भएका थिए। सुकी २ वर्षको हुँदा उनका पिताको हत्या भएको थियो। सुकीले राजनीतिक स्वतन्त्रताका लागि निकै लामो सङ्घर्ष गरिन्। उनी अक्सफोर्ड विश्वविद्यालयकी एक सम्मानित व्यक्तित्व हुन्, उनले १९९१ मा नोवेल पुरस्कार प्राप्त गरेकी थिइन्। उनी विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेतृ, समाजसेवी र राजनीतिज्ञ हुन्।



Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies