Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पार्टी एकता टुङ्ग्याउन नेकपाले गर्याे कार्यदल गठन

गलेश्वर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ ।

मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो ।

बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले चैत १७ गतेसम्म एकीकरणको ठोस प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले जानकारी दिए । पार्टीको सम्पत्ति एकीकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदललाई चैत २० गतेभित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको उनले बताए।

यस्तै पार्टीको गाउँपालिकास्तरमा भेला सञ्चालन र पार्टी एकताका विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी, मङ्गलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले, मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी धवलागिरिमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी, रघुगङ्गामा देवेन्द्र केसी र विनोद केसी, अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकिएको इन्चार्ज थापाले जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies