Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रूकुममा निषेधित क्षेत्र कायमै

रुकुम। जिल्लामा दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै छ । स्थायी सदरमुकाम कायमको माग गर्दै रुकुमकोट सदरमुकाम पक्षधर आन्दोलनमा उत्रिएको छ भने तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयनको माग गर्दै गोलखाँडा सदरमुकाम पक्षधरले आन्दोलन गरिरहेका छन् । सर्वसाधारण त्रसित छन् । गोलखाँडा सरोकार समितिले माघ २२ गते रुकुमकोटमा आएर शान्तिपूर्ण ¥याली निकाल्ने तयारी गरेको थियो । रुकुमकोट सदरमुकाम पक्षधरले आन्दोलन भइरहेको ठाउँमा अर्को टोली आएर आन्दोलन गर्न नपाइने भन्दै आफ्नो अडान नछाडेपछि तत्कालीन सरकारले सदरमुकाम तोकेको पुथा उत्तरगङ्गा गाउँपालिका १२ को गोलखाँडामा गोलखाँडा पक्षधरले ¥याली निकालेको थियोे । उक्त ¥याली आज रुकुमकोट नजिकैसम्म पुग्ने आन्दोलनका अगुवा पुणीराज घर्तीले बताउनुभयो । उहाँका अनुसार आन्दोलनका केही नेतृत्वकर्ताले रुकुमकोटमा पुगेर प्रशासनलाई ज्ञापनपत्र बुझाउने छन् । अस्थायी सदरमुकाम रुकुमकोटमा भने आइतबार साँझ ७ बजेदेखि चार किल्ला तोकेर अनिश्चितकालका लागि गरिएको निषेधित क्षेत्र घोषणा जारी छ । रुकुमकोटको चार किल्लाभित्र कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रम गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । रुकुमकोट पक्षधरका आन्दोलनकारीले सिङ्गो रुकुम जिल्ला हुँदा पहिले पनि एक पटक रुकुमकोटबाट सदरमुकाम खोसिएका कारण यसपाली मुखैमा आएको गाँस कसैले खोस्न नपाइने र खोसेमा कुनै पनि हालतमा चुप लागेर नबस्ने बताएका छन् । पहिले पनि एक पटक सदरमुकाम गुमाउँदाको पीडा महसुस गरिसकेका रुकुमकोटवासीले फेरि पनि आफुमाथि त्यही अन्याय नगर्न आग्रह गर्दै आएका छन् । यता गोलखाँडा सदरमुकाम पक्षधरका आन्दोलनकारीले पनि सदियौंदेखि पछाडि पार्दै आएको ठाउँमा सदरमुकाम तोकेर तत्कालीन सरकाले न्याय दिलाएको बताएका छन् । कुनै पनि हालतमा सदरमुकाम गोलखाँडामा लगेरै छोड्ने उनीहरु बताउँछन् । रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाँडामा राख्ने निर्णय गरेसँगै रुकुमकोट र त्यस आसपासका नागरिक आन्दोलनमा उत्रिएका थिए । देउवा नेतृत्व सरकारको त्यस निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि मत्थर भएको आन्दोलन पुनःमाघ १४ गतेबाट रुकुमकोट सदरमुकाम पक्षधर र गोलखाँडा पक्षधरले सशक्त बनाएका हुन । रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्चले सरकार र रिट निवेदकलाई पटक÷पटक पेसी र साधारण तारिखमा बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुबै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies