Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बिदेशबाट फर्केका जिसीलार्इ गाउँमा पानी मिलले दिलायो नाम र दाम

बागलुङ। दश वर्ष पहिला मलेशियाको रोजगारी त्यागेर गाउँमै पानी मिल सञ्चालन गरेका बागलुङको काठेखोला–७ रेशका याम बहादुर जिसीले अहिले मासिक ५० हजार रुपैयाँभन्दा धेरै कमाइ गर्छन् । रेशमा सञ्चालनमा रहेको पानी मिलबाट जिसी खर्च कटाएर महिनामा ५० हजार रुपैयाँ बचत गर्छन् । खेर गइरहेको पानीको स्रोतलाई उपयोग गरेर जिसीले सञ्चालन गरेको मिलमा कुटानी–पिसानीका साथै काठ काट्ने काम समेत हुने गरेको छ । शुरुमा १ लाख ५० हजार रुपैयाँ लगानी गरेका जिसीले गाउँलेलाई पायक पर्ने ठाउँमा मिल सञ्चालनमा ल्याएर मनग्य कमाइ गर्दैआएका छन् । विसं २०६२ मा गाउँमा रोजगारी नभेटेपछि मलेशिया पुगेका जिसी ३ वर्षपछि घर फर्किए । थोरै तलब र कठिन काम रहेकाले कम्पनीले प्रवेशाज्ञा थप गर्न आग्रह गर्दा समेत नमानेर घर फर्केका जिसीले पानी मिल सञ्चालनमा ल्याएका हुन् । उनले घर फर्किने समयमै गाउँको सामान्य खोल्सामा बगेको पानी उपयोग गर्ने योजना बनाएका थिए । मलेशिया जाँदाको ऋण मात्रै भुक्तानी गरेर रित्तो हात घर फर्केका जिसी अहिले मिलको कमाइ देखेर मख्ख छन् । शुरुआतमा ऋणधन गरेर सञ्चालनमा ल्याइएको यो मिलमा अहिले बिहान ६ देखि साँझ ८ बजेसम्म कुटानी पिसानी र काठ चिर्नका लागि आउनेको भीड लाग्ने गरेको छ । पानीबाट चलेको टर्वाइनले पिस्ने, कुट्ने र काट्ने मेशिन चलाएर जिसीले गाउँलेलाई सुबिधा दिँदै आएका छन् । उनको मिलमा विद्युत्बाट चलेको मिलभन्दा आधा सस्तो पर्ने भएकाले टाढा टाढाबाट ग्राहक आउने गरेको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम बहादुर लामिछानेले बताए । “सेवाको मूल्य सस्तो छ, सबैको विश्वास जितेर काम गरेका छन्, त्यसैले उनको मिल चर्चामा छ,” लामिछानेले भने । जिसीको मिलमा कोदो, मकै, गहुँ पिसेको ४ रुपैयाँ मात्रै पर्छ भने धान कुटेको ५ रुपैयाँ । गाउँमै रहेका विद्युत्बाट चल्ने मिलले पिसेको ८ देखि १२ रुपैयाँ र धान कुटेको १० देखि १२ रुपैयाँ लिँदै आएका छन् । वन क्षेत्र रहेको रेशमा काठ काट्ने र चिर्ने कैयौं मिल सञ्चालनमा रहे पनि जिसीको मिलमा काठ चिर्नेको भीड लाग्ने गरेको छ । स्थानीय बजारमा मिलले एक फिट काठ चिरेको १२ रुपैयाँ लिन्छन् भने जिसीले ७ रुपैयाँमा एक फिट काठ चिर्दै आएका छन् । “बागलुङ बजारमा बन्ने घरमा राखिने काठका झ्याल ढोका र गाउँघरमा बन्ने घरका लागि काठ चिर्ने थलो बनेको छ, काठ बोकेर चिर्न आउनेको लाइन नै लाग्ने गरेको छ,” रेश नुन्थला माविका शिक्षक युवराज गौतमले भने । छ जनाको परिवारको खर्च कटाएर तीन जनालाई रोजगारी दिएका जिसीलाई कामको चापले दिनभर फुर्सद हुँदैन । “छोराछोरीको पढाइ, घर खर्च चलाएर महिनामा ५० हजारभन्दा धेरै बचाउने गरेको छु,” जिसीले भने – “तीनजना काम गर्ने कामदारको पनि उचित पारिश्रमिक दिएकै छु ।” मलेशियामा प्लाष्टिक कम्पनीमा काम गर्दाका दुःख सम्झिँदा उनी भावुक हुन्छन् । मलेशिया जाँदा गरेको लगानी पहिले नै उद्यममा नलगाएकामा उनलाई पछुतो छ । जिसी भन्छन् – “पहिलै मिल चलाएको भए तीन वर्ष विदेशमा बगाएको पसिना देशकै माटोमा सदुपयोग हुन्थ्यो ।” स्थानीय सरकार र गाउँघरमा रहेका समूहबाट सामान्य सहयोग मात्रै लिएका जिसीले व्यक्तिगत लगानीमै मिल चलाइआएका छन् । उद्यम गर्नेलाई राज्यले अनुदान दिने घोषणा गरेको भए पनि आफूले घोषणा अनुसारको अनुदान नपाएको जिसीले बताए । हिउँद वर्षा दुवै याममा पानी प्रशस्त हुने खोला थुनेर जिसीले मिल चलाएका छन् । पहिला जिसीको मिलबाट विद्युत्समेत उत्पादन हुन्थ्यो । विसं २०६५ मा ४ किलोवाट विद्युत् निकालेर गाउँलेलाई वितरण गरेको जिसीले सगर्व सुनाए । असी घरपरिवारलाई वितरण गरिएको विद्युत् २०६९ सालमा केन्द्रीय प्रसारण लाइनमा गाभिएपछि आपूर्ति बन्द भएको थियो । विद्युत् उत्पादन बन्द भए पनि ४ किलोवाट क्षमताको डाइनामा भने जिसीले सुरक्षित राखेका छन् । विद्युत् उत्पादन हुने समय दिनमा कुटानी पिसानी मिल र रातको समयमा विद्युत् उत्पादन गर्दै आएका जिसीले केन्द्रीय प्रसारण लाइन विस्तारपछि फुर्सद पाएका हुन् । जिसीले भने – “विद्युत् बन्द भए पनि मेरो कमाइ भने घटेको छैन ।” परिवारसँग बसेर गाउँमै राम्रो आम्दानी गरेकामा जिसी खुशी छन् । देशमा भएका स्रोतको परिचालन गर्न नसकेर विदेशिने युवाको लर्को लागिरहेका बेला स्थानीय स्रोत खोजेर आम्दानी गर्नुपर्ने जिसीको सुझाव छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies