Khabar Dabali Logo
  April 2, Thu

दुई दशकपछि सडक कालोपत्रे हुँदै

कास्की । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकालाई पोखरासँग जोड्ने मुख्य सडक दुई दशकपछि कालोपत्रे गरिने भएको छ ।

गाउँपालिकाको दैनिकीसँग जोडिएको बाटो रु २६ करोड एक लाख लागतमा हिमदुङ एण्ड थोकर र ड्रागन जेभीले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

पोखरा महानगरको वडा नं २५ मेलबोटबाट माछापुच्छ«े–९ सिदिङसम्मको सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । विसं २०५४ मा नै गाडी हिँड्न सक्ने कच्ची बाटो खोली यातायातका साधन आवतजावत गरेका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय कास्कीले सो सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको हो ।

मेलबोटबाट पोखरा खानेपानी मुहान हुँदै लुम्रे ठाँटीसम्मको १० किमी सडक कालोपत्रे हुनेछ भने बाँकी ग्राभेल गर्ने सम्झौता भएको जिल्ला आयोजना कार्यान्यवन इकाइ कार्यालय कास्कीका प्रमुख नारायणप्रसाद बरालले जानकारी दिए । उनका अनुसार कालोपत्रे सडक नालीसहित ६ दशमलव २ मिटर फराकिलो हुनेछ ।
माछापुच्छ«े गाउँपालिकाका नौ वटै वडालाई प्रदेश राजधानी पोखरासँग जोड्न यो बाटो महत्वपूर्ण हुनेछ । मेलबोटबाट मर्दि पुलसम्म दुई किमी सडक केही वर्षअघि खानेपानी संस्थानको सहयोगमा कालोपत्रे भए पनि एक वर्षमै बाटो भत्किएपछि स्थानीयवासीले हैरानी खेप्दै आएका थिए ।

सडक कालोपत्रे गर्न पटक पटक स्थानीयवासीले माग गर्दै आएको बताउँदै गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेलले तोकिएकै समयमा काम सम्पन्न गर्न गाउँपालिकाले समन्वय र सहयोग गर्ने बताउनुभयो । माछापुच्छ«े गाउँपालिका कृषि र पशुपालनमा जिल्लामा अग्रणी रहँदै आएको छ । रासस

भदौ २७ गते, २०७५ - १४:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

काठमाडौं । सरकारद्वारा बहुचचिर्त स्वास्थ्य सामाग्री खरिद प्रक्रिया स्विकृत गरेको ओम्नी कम्पनि विवादमा...   

अमेरिकामा एकैदिन १०४९ को मृत्यु, साढे २६ हजार संक्रमित

अमेरिका । अमेरिकामा कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बुधबार...   

कोरोना अपडेट : भयावह बन्दै स्थिति, मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । हाललसम्म कोरोनाका कारण ४७...   

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच स्वास्थ्य सामाग्रीदेखि सिमानाका नेपालीबारे छलफल

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र...   

स्पेनमा थप तीन जना नेपालीमा कोरोना

काठमाडौं । स्पेनमा थप तीनजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास...   

काठमाडौंका ६ स्थानबाट ग्यास बिक्री गरिँदै, कहाँ–कहाँबाट ? (सूचीसहित)

काठमाडौं । काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदैछ । नेपाल ग्यास उद्योगले बुधबारदेखि शुक्रबारसम्म...   

कोरोना परीक्षण उपकरण धनगढी पुग्यो : अब परिक्षण सुरु हुने

धनगढी । सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका...   

रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुरा । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका...   
सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ। महामारीबाट २००...   
कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top