Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नौहजार प्रतिष्ठानमा बत्तीस हजार जनशक्ति

\"\"नुवाकोट। राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको नुवाकोटको आर्थिक गणनाको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ । आज विदुरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यहाँका १२ वटा स्थानीय तहअनुसार व्यावसायिक प्रतिष्ठान ९आर्थिक एकाइ० को संख्या आठ हजार ८०९ रहेको उल्लेख छ । ती प्रतिष्ठानमा महिलाको संख्या १३ हजार १९२ जना र पुरुष १८ हजार ८९० जना गरी ३२ हजार ८२ जना जनशक्ति आबद्ध भएको तथ्याङ्क कार्यालयका प्रमुख भविश्वर घिमिरेले जानकारी दिए । गत वैशाख १ गतेदेखि शुरु गरी जेठ मसान्तसम्म गरिएको स्थलगत तथ्याङ्कअनुसार यहाँको विदुर नगरपालिकामा तीन हजार १९, बेलकोटगढी नपामा ९४८, दुप्चेश्वर गाउँपालिकामा ७५६ वटा व्यावसायिक प्रतिष्ठान, तादीमा ५६९ औद्योगिक प्रतिष्ठान, सूर्यगढीमा ४०५, किस्पाङमा ४०९, म्यागङमा ४०४ व्यावसायिक प्रतिष्ठान रहेको उल्लेख छ । तथ्याङ्क कार्यालयका अनुसार तार्केश्वर गापामा ३८९ व्यावसायिक प्रतिष्ठान, लिखुमा ६०१, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० प्रतिष्ठान रहेको पाइएको छ । गणनाबाट प्रशासनिक, भौगोलिक र आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको संख्या, प्रतिष्ठानमा संलग्न तहगत, प्रकृति र लिङ्कअनुसार कर्मचारी संख्या, आर्थिक एकाइको घनत्व, कार्यरत जनशक्तिका आधारमा प्रतिष्ठानको औसत आकार, तलबी र बेतलबी कामदारको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको अनुपातिक वितरण निकालिएको घिमिरेले जानकारी दिए । आर्थिक गणनामार्फत प्रमुख पाँच आर्थिक क्रियाकलाप, पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, दर्ता स्थितिअनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थितिअनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयअनुसार प्रतिष्ठानको वितरणसमेत तयार गरिएको छ । घिमिरेका अनुसार गणनामार्फत प्रतिष्ठानले ओगटेको भवन, जग्गाले ओगटेको क्षेत्रफलअनुसार वितरण, ऋणमा पहुँच हुने प्रतिष्ठानको अनुपातलगायतका सूचकसमेत निकालिएको छ । “आर्थिक क्षेत्रमा पहिलो पटक प्रतिष्ठानमा नै पुगेर संकलन गरिएको विवरण संघीयता कार्यान्वयनको चरणमा धेरै क्षेत्रका लागि महत्वपूर्ण रुपमा लिन सकिन्छ” उनले भने । आर्थिक नीति, योजना निर्माण तथा प्रशासनिक कार्यमा, अध्ययन तथा अनुसन्धान, उद्योग, व्यापार, श्रम, अन्य आर्थिक क्रियाकलाप र सेवा प्रदान गर्ने क्षेत्र, तथ्याङ्कीय सर्वेक्षणको नमूना तयार, नेपाल तथ्याङ्कीय व्यावसायिक रजिष्ट्रार निर्माण र राष्ट्रिय लेखा तथ्याङ्कको अभिवृद्धिका लागि सार्वजनिक भएको नतिजालाई ऐतिहासिक मानिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies