Khabar Dabali Logo
  December 1, Tue

देखिएन बन्दको प्रभाव, सवारी साधन यथावत् सञ्चालनमा

काठमाडौं । नेपाल बन्दको हल्ला गरिए पनि आज बिहानैदेखि सार्वजनिक साधन यथावत् सञ्चालन भइरहेको छ ।

बिहान केही समय यातायात कम चलेपनि कार्यालय समयपछि पूर्ववत् सवारी साधन सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको थियो ।

उपत्यकामा सवारी साधन चलेपनि बाहिर जाने सवारी साधन भने कम रहेको महाशाखाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । उपत्यका बाहिर केही स्थानमा बन्दको प्रभाव परेको जनाइएको छ । ‘सोमबार बेलुकी नै उपत्यका बाहिरबाट आएका सार्वजनिक यातायात बिहान उपत्यका भित्रिएका छन्, केही विद्यालय बन्द भएकाले पहेँलो रंगका सवारी साधन कम चलेका छन्,’ उनले भने, ‘गल्कोपाखामा एउटा ट्याक्सी, पुरानो बानेश्वर माइक्रो बस र मध्यबानेश्वरमा सरकारी नम्बर प्लेटको एक सवारी साधनमा प्रदर्शनकारीले क्षति पु¥याएका छन् ।’

गल्कोपाखामा बा २ ज ४३६२ नं को ट्याक्सीको अगाडिको सिसा फुटाइएको छ । पुरानो बानेश्वरमा बा १ ज ६४०५ नं को सिनामंगल–मैतीदेवी–रत्नपार्क ‘रुट’ मा चल्ने माइक्रोको पनि अगाडिको सिसा फुटाइएको छ । मध्यबानेश्वरमा ओखलढुंगा जिल्ला अदालतको पार्क गरी राखिएको बा १ ज ८१८० नं को सरकारी नं प्लेटको सवारी साधनमा पनि क्षति पु¥याइएको महाशाखाले जनाएको छ ।

यसबाहेक सामान्य रुपमा सवारी साधन सञ्चालन भइरहेको छ ।

फागुन ८ गते, २०७४ - १२:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top