Khabar Dabali Logo
  December 1, Tue

फागुन ७ को सार्थकता

नेपालको लोकतान्त्रिक अभ्यासको ढोका खुलेको दिन थियो, ७ फागुन ००७। यो ऐतिहासिक दिन फेरि आएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक घुम्ती मानिएको यो दिन अब नितान्त औपचारिक बन्दै गएको छ।

अाजकाे अन्नपूर्ण पाेष्टमा सम्पादकीय छ-  केही वर्षयता फागुन ७ आएपछि एउटा गम्भीर प्रश्न उठ्ने गर्छ। ७ फागुन बिदा कि दिवस ? प्रजातन्त्र दिवस मनाइँदै गर्दा यो प्रश्नमाथि गम्भीरतासाथ घोत्लिनु आवश्यक छ।

हामीले पटकपटक लोकतान्त्रिक आन्दोलन लडेका छौं र पटकपटक सफलता प्राप्त पनि गर्‍यौँ, जसको परिणति त्यस्ता सफलतासँग जोडिएका दिवसहरू पनि अनेक छन्। वर्षैभरि अनेक दिन औपचारिकताका लागि दिवस मनाइनुभन्दा एउटा महत्वपूर्ण तिथिलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गर्नु उचित हुन्छ।

राष्ट्रिय पर्व घोषणा गर्ने र त्यसलाई औपचारिक वा बिदा मनाउने पर्वका रूपमा मात्रै सीमित गर्दा त्यसको ऐतिहासिक महत्व र गरिमाको अवमूल्यन हुन्छ। कुनै पनि समाज वा राष्ट्रका लागि इतिहासको विशेष महत्व हुन्छ। इतिहासको पाठ सही ढंगले सिक्न सके त्यसबाट पूरै समाज लाभान्वित हुन सक्छ, यद्यपि हाम्रो सन्दर्भमा इतिहासका उपलब्धिका बखान त गरिन्छ, तर व्यवहारमा उतार्ने विषयमा हामी चुक्छौं।

विगतको स्मृति गर्ने, त्यसको गुणगान गाउने पक्षमा हामी कन्जुस्याईं गर्दैनौं, तर त्यसबाट सिक्नेभन्दा औपचारिकतामै रमाउने प्रवृत्ति बलशाली हुँदै जाँदा ७ फागुनको सान्दर्भिकताको खोजी हुन थालेको छ। नेपाली राजनीतिमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या यसका पात्रहरूका अभ्यास र आचरणमा छ।

ठूलाठूला राजनीतिक संघर्षका विगत छन् हामीसँग। ऐतिहासिक तथा राजनीतिक उपलब्धिका लागि लडेका अन्दोलनका अनेक दृष्टान्त छन् तर लोकतन्त्र प्राप्त गरिसेकेपछि त्यसको मूल्य, मान्यता र आचरण अपनाउने कुरामा नेतृत्व चुक्दै आएको छ। लोकतान्त्रिक मूल्य र आचरणमा चुक्दा त्यसको सोझो असर राजनीतिक स्थायित्वमा परेको छ।

राजनीतिक स्थायित्व नहुँदा त्यसले समग्र नेपाली समाजलाई लाभान्वित गर्न सकेको छैन। हामीले धेरै ठूलो राजनीतिक फड्को मार्दै नयाँ पद्धति स्थापना गरेका छौं। तर अझै राजनीतिक स्थिरता र स्थायित्व कायम गर्ने कुरा चुनौतीकै रूपमा रहेको छ। गर्न सकेका प्रजातन्त्र वा लोकतन्त्र जे भनिए पनि ती आन्दोलनको मर्म र मूल्यअनुसार राजनीतिक नेतृत्व व्यवहारमै हिँड्न नसक्नुले यो अवस्था आएको हो।

त्यसकारण प्रजातन्त्र दिवस मनाइँदै गर्दा राजनीतिक नेतृत्वले भाषण मात्रै गर्ने होइन, यसबीच यसको विकासका क्रममा भएको त्रुटि/कमजोरीमाथि गम्भीर समीक्षा गर्दै सच्याउने अठोट लिनुपर्छ। लोकतान्त्रिक उपलब्धि संस्थागत हुने प्रक्रिया बढेको छ। लामो संक्रमणपछि मुलुकमा वाम गठबन्धनको बहुमत सरकार बनेको छ।

००७ साल फागुनमा प्रजातन्त्रको उदयदेखि अहिले वाम गठबन्धनको सरकार बन्दासम्मका झन्डै सात दशकको नेपाली राजनीति आन्दोलन र अस्थिरताको गोलचक्करमै रुमलियो। यसबीच हामीले राजासहितको र अहिले राजारहितको गणतन्त्रको अभ्यास पनि थालिसक्यौं। फागुन ७ को उपलब्धि राजासहितको प्रजातन्त्रको थियो र त्यसबखत त्यो उपलब्धि अत्यन्तै महत्वपूर्ण थियो।

राजनीति अग्रगामी बाटोमा बढ्नुपर्छ। त्यस अर्थमा अहिले प्राप्त गणतन्त्रको संस्थागत विकास गर्ने कुरा हाम्रो प्रमुख लक्ष्य हो। यद्यपि यसको अर्थ लोकतन्त्र र गणतन्त्रको जग बनेको फागुन ७ को सान्दर्भिकता र महत्व कम छैन।

७ फागुन ००७ सालमा प्राप्त प्रजातन्त्र, ०४६ मा त्यसको पुनर्स्थापना, ०६३ मा पुनः लोकतन्त्रको स्थापना र त्यसपछि गणतन्त्रको स्थापना हुँदै गर्दा ती सबै उपलब्धिले पूर्णता पाएका हुन्। यी उपलब्धिलाई संस्थागत गर्दै राजनीतिक स्थायित्व अनि आर्थिक समृद्धि दिशातर्फ मुलुक बढ्नुपर्छ। अनि मात्रै यस्ता राष्ट्रिय दिवसहरू मनाएको सार्थकता प्रमाणित हुन्छ।

फागुन ७ गते, २०७४ - ०८:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top