Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पार्टी अध्यक्ष केपीकाे जालझेलले मैले हारे: अष्टलक्ष्मी शाक्य

\"\"काठमाडाै । एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य प्रदेश सभा निर्वाचनमा निर्वाचित भएसँगै धेरैले उनी सो प्रदेशको मुख्यमन्त्री बन्ने आकलन गरेका थिए । शाक्य आफैँ पनि यसमा ढुक्क थिइन् । अाजकाे नयाँ पत्रिकामा अन्तरवार्ता छ- तर, एमालेले आन्तरिक निर्वाचनद्वारा संसदीय दलको नेता चयन गर्ने निर्णय गर्‍यो । निर्वाचनमा उपाध्यक्ष शाक्य अर्का प्रदेश सांसद डोरमणि पौडेलसँग पराजित भइन् । उनको मुख्यमन्त्री बन्ने बाटो पूर्ण रूपमा बन्द भयो । पराजित भएसँगै शाक्यले आफूलाई पार्टी अध्यक्षले जालझेल गरेर हराएको आरोप लगाउँदै आएकी छिन् । प्रदेश ३ को मुख्यमन्त्री चयन, शाक्य पराजित हुनुको कारण, उनले अध्यक्षमाथि लगाएका आरोपलगायतका विषयमा प्रदेश सभा संसदीय दलमा पराजित भएलगत्तै पार्टी अध्यक्षले धोका दिए, चरम गुटबन्दी गरे भन्नेजस्ता आरोप लगाइन । दलको नेता चयन गर्ने अघिल्लो दिन अध्यक्षले मलाई छलफलका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाए । त्यहाँ अत्यन्त सहज वातावरणमा कुराकानी भयो । उनले स्थिति के छ भनेर सोधे । मैले स्थिति अत्यन्त राम्रो छ, ठीक छ, म जित्छु भनेँ । उनले हार्नेगरी उठ्न हुन्न भने । म हार्दै हार्दिनँ, तपाईंले साथ दिनुपर्छ, सबै साथीले तपाईं उपाध्यक्ष, प्रदेश प्रमुख र धेरै सिनियर भएकाले, समावेशिताका हिसाबले पनि तपाईंको उम्मेदवारी उपयुक्त हुन्छ भन्नुभएको छ भन्ने कुरा जानकारी गराएँ । यो कुरा सुनेर उहाँले त्यसो भए उठ्नुस् भन्ने सुझाब दिनुभयो । अध्यक्षले नै यति भनिसकेपछि उहाँको सहयोग हुनेमा आश्वस्त भएँ । त्यसपछि सभामुख कसलाई बनाउने नाम दिनु भनेर अनुरोध गरेँ । उहाँले सल्लाह गरेको छैन बेलुकी फोन गर्छु भन्नुभयो । उहाँको यो वचनपछि म आश्वस्त थिएँ । तर, राति अबेरसम्म कुर्दा पनि उहाँले फोन गर्नुभएन । राति १२ बजेसम्म कुर्ने कुरा भएन । भोलिपल्ट आफ्नै ढंगले तयारीमा लागेँ । तर, मैले त्यही साँझ नै सबै माननीयलाई विभिन्न होटेलमा राख्न थालिएको सूचना थाहा पाएँ । यो सूचनाले म सशंकित थिएँ । सांसदहरूलाई किन थुन्नुप¥यो ? स्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा जित्ने कुरामा कुनै द्विविधा थिएन । किनभने, कुराकानी गर्दा सबै साथीहरूको सहानुभूति र समर्थन प्राप्त गरेकी थिएँ । तर, सबै माननीयलाई होटेलमा थुनेर भोलिपल्ट एकैपटक मतदानस्थलमा लैजाने तयारी भएको सूचनापछि मलाई के गर्न खोजेको होलाजस्तो लागेको थियो । घरबाट बोलाएर होटेलमा राख्ने, फलानोलाई मत नहाल्ने भन्ने उर्दी जारी भएको कुरा आयो । छक्क परेँ । किन यस्तो आतंक मच्चाएको होला जस्तो लाग्यो । सोचेकी थिएँ– अध्यक्षले नै उठ्नुस् भनेपछि त मलाई नै सहमति दिएको हो, अर्को व्यक्ति नउठाउने होला । तर, बेलुकी अध्यक्षकै निवास बालकोटमा बसेर निर्णय भएको थाहा पाएँ । मैले स्थायी समितिमा भनेँ, बालकोटमा बैठक बस्नुभएछ, त्यो बैठकमा मलाई पनि बोलाएको भए हुन्थ्यो नि त अध्यक्षज्यू ! त्यसैले, परिणामलगत्तै मलाई बालकोटको गुटबन्दीले सिध्यायो भनेकै हो । मैले के गल्ती गरेँ ? सबै कुरा तथ्य र प्रमाणसहित बोलेकी छु । ‘उठ्नुस्, मेरो समर्थन छ’ भन्दाभन्दै तपाईंलाई हराउन अध्यक्षले किन त्यस्ता क्रियाकलाप गर्नुभएको जस्तो लाग्छ ? मैले त अध्यक्षबाट छलछामको राजनीति होला भन्ने अलिकति पनि सोचेकी थिइनँ । किनभने मेरो स्वभाव, शैली, काम गराइ सबै उहाँलाई थाहा थियो । प्रदेश प्रमुख भएपछि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा बहुमत सिट जिताउने कामको नेतृत्व गरेकी थिएँ । त्यसैले अरू कारण होलाजस्तो लाग्दैन । मेरो त्याग छैन भने भन्नुपर्ने हो, दुःख गरेको छैन भने पनि थाहा हुनैपर्ने हो । बेइमान भए पनि भन्नुपर्ने हो । त्यसैले कुनै कारण थिएन । मैले भनेँ, मलाई किन हराइयो अध्यक्षज्यू ? जवाफ चाहियो । दुनियाँलाई के जवाफ दिऊँ ? आफैँलाई लाज लागिरहेको छ भनेर मैले स्थायी कमिटीको बैठकमा भनेकी हुँ । तर, उहाँले राम्रोसँग जवाफ दिनुभएन । लोकतन्त्रमा चुनावमा जान्छु भनेकाले मैले तपाईंलाई उठ्नुस् भनेँ, तर पराजित भइसकेपछि ममाथि खनिन कसरी मिल्छ, भन्नुभयो । मैले लोकतान्त्रिक प्रतिस्पर्धा मानेर, चुनावमा गएँ, हारजित भयो, परिणाम पनि स्वीकार गरेँ । तर, लोकतन्त्रको नाममा सांसदलाई धम्क्याउने, थुन्ने गर्न पाइन्छ ? के मैले सबै प्रमाण दिऊँ ? म सबै प्रमाण पेस गर्न सक्छु भनेपछि अध्यक्ष बोल्दै बोल्नुभएन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies