Khabar Dabali Logo
  October 29, Thu

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

फाइल फोटो

मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित भएका थिए । तर आइतबार रातिबाट हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् ।

गत कात्तिकमा लगाएको हिउँदे गहुँ, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगरामै सुक्न थालेका थिए । “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर आश मारी सकेका थियौँ, तर एक्कासि हिजो रातिबाट पानी र हिउँ पर्न थालेकाले हिउँदे बाली उत्पादनमा वृद्घि हुने आश पलाएको छ,” छाँयानाथ रारा नगरपालिका–१ का कृषक धनबहादुर मल्ल बताउँछन् ।

सोही नगरपालिका–७ का बैसागे दमाई अहिले परेको हिउँ र पानीले अन्नबाली मात्र नसपारेर सुख्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने र वर्षे बाली लगाउन खेत गरा खनजोत गर्न सजिलो पार्ने भएकाले पनि आफूहरु खुशी भएको बताउँछन् ।

मल्ल र दमाई मात्र होइन आइतबार र सोमबारबाट परेको हिमपातले जिल्लाभरिका कृषक खुशी भएका छन् । हिउँदका महिना सकिन लाग्दा पनि हिउँ र पानी नपरेपछि हिउँदे बालीको आश किसानले मारिसकेका थिए भने वर्षे बाली कसरी लगाउने हो भनेर चिन्तित भएका थिए । हिमपात भएसँगै फागुन महिनाको शुरुवातीबाटै वर्षेबाली कोदो, पाखेधान, मकै, आलु, सिमी लगाउन शुरु गर्ने कृषक बताउँछन् ।

हिमपातले कृषकमा खुशियाली ल्याएपछि यहाँका व्यापारी भने धेरै हिउँ परिहाल्छ कि भनेर चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानीका साधन बन्द हुन्छन् कि भनेर व्यापारी चिन्तित भएका हुन् ।

मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा हिमपात कृषक र व्यापारी दुवैलाई खुशी पार्ने गरी परे हुन्थ्यो उनले भने । मुगुलगायत हुम्ला जिल्लाको तल्लो भेगसम्म कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक भएर व्यापारिक सामान आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र घुच्ची लेखमा बाटो बन्द गरिदिने भएकाले लामै समयसम्म सडक बन्द भएर दैनिक तथा अन्य सामान जिल्लामा अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएको अध्यक्ष बुढा बताए ।

आइतबार रातिदेखि हिउँ परेका जिल्लाका उच्च हिमाली क्षेत्र मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छाँयानाथ रारा नगरपालिकाका रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको खबर आएको छ भने जिल्ला सदरमुकाममा सोमबार दिउँसो १ बजेदेखि हिउँ पर्न शुरु गरेको छ ।

यसैगरी, लगाताररुपमा हिउँ परिरहेकाले आज बिहानसम्म सदरमुकाम सेताम्य बाक्लो हिउँले ढाकिएको सर्वसाधारण बताउँछन् । लगातार हिउँ र पानी पर्न थालेपछि गाँउघरबाट ग्राहक तथा सेवाग्राही जिल्ला सदरमुकाममा नआउँदा सदरमुकाम सुनसानजस्तो भएको थियो ।

यसैबीच, हिमपातका कारणले जीउधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बाक्लो कपडा लगाएर सकभर घरबाहिर ननिस्कन र केही घटना भइहाले जतिसक्दो छिटो प्रहरी प्रशासनमा खबर गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताए । हिमपातसँगै चिसो अत्यधिक बढेपछि जिल्लाभरि प्रायः विद्यालयमा आधा दिन मात्र पढाइ भएको छ । रासस

फागुन १ गते, २०७४ - १०:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top