Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रचण्डलार्इ प्रवासी नेपालीकाे चिठी

[caption id=\"attachment_175604\" align=\"alignleft\" width=\"345\"]\"\" लेखक[/caption] प्रिय कामरेड प्रचण्ड न्यानो अभिवादन । धेरै समयको अन्तराल पछि हजुरलाई सन्चो विसन्चो सोध्ने अवसर मिल्यो । त्यो पनि २३ औं जनयुद्ध दिवशको अवसरमा हुनत हजुर आजभोलि धेरै वेस्त हुनुहुन्छ होला । कुनै वेलाको उज्यालो घामको किरणलाई बाम बनाउन, तर पनि म हजुरको सदस्य भएको नाताले २३ औं जनयुद्ध दिवशको अवसरमा यो लोकप्रिय समाचार सस्था खवरडबली मार्फत यो उजाड मरुभूमिको तातो राप साउदीअरबको दमाम देखि केहि कुराहरु लेख्न गैरहेको छु कृपया स्वीकार दिनु होला । कमरेड प्रचण्ड आज भन्दा २२ वर्ष अगाडि अर्थात ०५२ साल फागुुन १ गते महान जनयुद्धको शुरुवात भएको आज २२ वर्ष पुरा भइ २३ वर्षमा लागेको सर्वविदितै छ । सायद त्यस दिन हजुरलाई पनि याद छ होला मृत्यु वा मुक्तिको कसम खाएर नेपालमा महान जनयुद्धको थालनी गरिएको आम शोषीतपीडित जनसमुदायलाई रोल्पाको होलेरी प्रहरी चौकीको पहिलो आक्रमण र जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेलको सहादतले नेपाल आदीवासी जनजाति, महिला, दलित, उत्पीडित वर्ग, आम जनसमुदायलाई महान जनयुद्धमा जान अपिल गरियो र त्यसको कमाण्ड हजुरले गर्नु भएको थियो । हुनत जनयुद्धको अपिलमा गाँस, वास, कपास, स्वास्थ्य शिक्षा, रोजगारी देखि साम्यवादसम्म पुग्ने लक्ष्य लिएर शुरु गरिएको जनयुद्धमा हजारौ नेपाली आमाका सपुतहरु लामवद्ध भएर जनयुद्धमा होमिए । आज एक अध्याएको अन्त्य भएको छ । तर पति जनयुद्धमा लिलामी भएका सपनाहरुको लेखाजोखा छैन । अर्थात १५ हजार नेपाली आमाका महान सपुतहरु जीवन बलिदान गरेको आज २२ वर्ष भइसक्यो । धेरै सहिदहरु सपनाको चिहानबाट आज पनि जनयुद्धको बलिदानको महत्व र अर्थ खोजिरहेका छन । तिनीहरु गरीवीको रापमा जनयुद्धका कमाण्डर प्रचण्ड, बाबुराम, बैध्य र विप्लवसंग जीवन उत्सर्ग मृत्युको मुल्य खोजीरहेका छन् । जनयुद्धको विगुलको मुलमन्त्र खोजीरहेका छन् । देश लुटतन्त्र, घुसखोरी, भ्रष्टाचार, अन्याय, अत्याचार विरुद्धको साम्यवादी शासनको आभाष खोजी रहेका छन् । शरिरको अंगप्रत्यांग खोजीरहेका छन् । विधुवा चेलीवेटिले सिउदोको सिंदुर खोजीरहेका छन् । वेपत्ता परिवारले लाशको आश गरिरहेका छन् । जनयुद्धमा बलिदान गर्नेहरु आज दाश भएका छन् । हिजोका भ्रष्टाचारीहरु आज मालिक भएका छन् । अब दुःखको कुरा के छ भने जसले मृत्युलाई हाँसी हाँसी बलिदान गरे जनमुक्ति सेनाहरु अरममा भेडा चराउन पुगेका छन् । केहि साथीहरु विदेशमा चौकिदारी गरिरहेका छन् । प्रिय कमरेड प्रचण्ड जनयुद्ध दिवस कुनै वेला तामझामका साथ मनाउने हामी माओवादी आज कसरी मनाउदै छौं ? सायद थाहा छ कुनै वेला जनयुद्ध दिवशमा निधार भरि अविर टिका र चक्लेट भएपनि उमंगका साथ मनाउथ्यौं । आज माओवादी कति चिरा परेका छौं । शपहदहरुको ठेकापट्टा गरिरहेका छौं । आखिर ठेकेदार को हो प्रचण्ड, बावुराम, बैद्य कि विप्लव ? शहिदको सपना साकार पार्ने माओवादी हुनत आजभोलि बजारमा निकै हल्ला छरे बाम एकता पछि पार्टी एकता गर्ने अर्थात चिरा चिरा परेको माक्र्सवाद, लेनिनवाद, माओवाद र विचारधारा कम्यूनिष्टमा विलय गराउने । सपना त राम्रो हो तर हामीलाई कुनैवेला मालेमावाद र विचारधाराबाट प्रशिक्षित गर्ने नेताहरु आज मालेमामा विलय हुने बाटो रोजेको देख्दा आश्चर्य लाग्छ । कमरेड प्रचण्ड, हजुरका आसेपासेलाई मेरा यी शव्दहरुले च्वास च्वास्स घोचलान । यदि घोचिहाले भने कृपया म हात जोडेर माफी माग्न चाहन्छु । किनकी आज भोलि वर्गीय नाता छैन । हजुरकै भाषामा सुकिला मुकिलाहरुकै हालिमुहाली छ । हामी भित्र नै आत्मआलोचना त के हुदो हो । हुनत म अरब छिरेको सात वर्ष भईसक्यो । म जस्ता धेरै साथीहरु आज अरबमा एक पेट रोटीको लागि भौतारिरहेका छन् । कति साथीहरुत आउदा थुप्रै सपनाहरु बुनेर आँउछन् तर फर्किदा सपना सहित आफुपनि बाकसमा जान्छन् । हजुरको भिआईपी सवारी हुदा त्रिभुवन विमानस्थलमा बाकस आउदा हजुरका नजरहरु पुग्छन् कि पुग्दैनन् ? कति साथीहरु अरबमै कोमामा छन् । तर जे जस्तो भएपनि बाँचेकै छौं । एक गासका निम्ती । सुनिन्छ आजभोली हजुरहरुको अस्तीत्वनै संकटमा छ रे । किनकी प्रचण्डको क्रान्ति हराएछ । बावुरामको आर्थिक क्रान्ति थला परेछ । बैद्यको जनक्रान्ति लथालिंग भएको छ । विप्लवको क्रान्ति उग्रतामा गएको छ । देशमा लोकतन्त्रका नाममा लुटतन्त्र मौलाएको छ । जातिएताका नारामा देश टुक्रिएपछि ठाँउठाँउमा राजधानीका नारा लागेका छन् रे । न्यायालयमाथिनै प्रश्न चिन्ह लागेको छरे । एसएलसीको सटिफिकेट नक्कली छ रे । नक्कली डाक्टरहरुले देशको स्वास्थ्य हेरिरहेका छन् रे । अस्पतालमा विरामी दिनदिनै ती नक्कली डाक्टरसाहेवले मारिरहेका छन् रे । न्यायको नाममा दलालि भैरहेको छरे । सचिवालयमा आसेपासे नातागोताको राज चलेको छरे । कति आसेपासेलाई परको ठानेर निकाली पनि सक्नु भयो रे । खैर जे भएपनि कमरेड प्रचण्ड, पुन सवै एकै ठाँउमा आएर नेपालमा आम शोषीत पीडित समुदायको आस्थाको केन्द्र बनेर अगाडि बढेको भए सवैभन्दा उपयुक्त र तपाई अस्तीत्वमाथिको प्रस्न पनि सहि ढंगले अठोटको आलोचनामा रुपान्त्रण हुने थियो । हामी जस्ता विदेशीएका नागरिकलाई नेपालमै केहि गरेर वाँच्ने वातावरण वनाउनुस । नेपाली चेलीवेटी आज अरवका कोठीहरुमा नारकिय जीवन वेतित गरिरहेकी छन् तीनिहरुलाई पनि नेपालमा पेटपाल्ने बाटोवनाई दिए तपाईको नाम फेरी स्वर्णीम अक्षरमा लेखिने छ नत्र उहि इतिहासमा धव्वालागेर मक्निे छ । यति भने उट र भेडा चराउने वेला भएछ । सरि म अब डिउटीमा जान्छु । हजुरको राजनीति सफल होस अभिवादन । अरबको खाडीबाट माया गर्ने उहि भरत विक

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies