राम्रो, सुन्दर टिम भनेको संगीतको अर्केस्ट्रा जस्तै हो, जहाँ सयथरी बाजा भए पनि एउटै सुरताल हुन्छ, त्यो संगीतमा। ओलाङचुङगोलाको एक गरिब केटाका निम्ति डाक्टर बन्नु सजिलो कहाँ थियो र ? तैपनि मैले हिम्मत हारिनँ।
म मोतिबिन्दुको अप्रेसन सेवालाई गाउँघरसम्म पुर्याउन चाहन्थें, काठमाडौंकै स्तरमा। म त्यो सेवा अभियानलाई आत्मनिर्भर पनि बनाउन चाहन्थें। त्यसका लागि नेपाल आँखा अस्पतालको कम्पाउन्डबाहिर निस्कन जरुरी थियो।
मलाई आफूले गरिरहेको कामबाहेक अरू कुनै काम गर्न सक्छु भन्ने रत्तिभर विश्वास छैन।
प्रेमभन्दा पनि माथि कुनै शब्द छ भने त्यही शब्दले मात्र आफ्नो कामसँगको मेरो सम्बन्ध परिभाषित गर्न सक्छ।
प्रतिकृया लेख्नुहोस्: