Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल: सम्पर्कका लागि मिसकलको ‘भर’

[caption id=\"attachment_175118\" align=\"alignleft\" width=\"750\"]\"\" मुसिनाकास्थित स्थायी प्रहरी चौकी[/caption] काठमाडाैं । भारतको सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकी आफैँ समस्याग्रस्त छन् । जनतालाई सुरक्षा प्रदान गर्नुपर्ने दायित्व बोकेको प्रहरी कार्यालयका भौतिक संरचना निकै कमजोर छन् । विद्युत्, खानेपानीको अभाव मात्र होइन, दैनिक जीविकोपार्जनका लागि रासन ल्याउन पनि भारतीय बजार पुग्नुपर्ने बाध्यतामा सीमा क्षेत्रका नेपाल प्रहरी छन् । अाजको नयाँ पत्रिकामा खबर छ-खरले छाएका ससाना घरमा झ्यालढोका छैनन्, न भित्तो नै बलियो छ । मान्छे उभिँदा पनि छानोमा टाउको ठोकिने त्यस्ता घरमा अभियुक्तलाई राख्नै प्रहरीलाई समस्या छ । कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै केही वर्षअघि सीमा प्रहरी चौकी भैसाही नाकाबाट बलात्कार अभियोगमा पक्राउ परेका एक व्यक्ति दिउँसै हतकडीसहित भागे । ‘प्रहरीले सकेसम्म शान्ति–सुरक्षाका लागि प्रयास गरेको छ,’ राजपुर–१ सिरियाका ओमप्रकाश पुनले भने, ‘तर, उहाँहरू आफैँ पनि समस्यामा हुनुहुन्छ । स्थानीयले प्रहरी र प्रहरीले स्थानीयलाई सहयोग नगरे जीविकोपार्जन गर्न गाह्रो छ ।’ नजिकै भारतीय एसएसबी सुविधासम्पन्न भौतिक संरचना र आधुनिक हातहतियारले सुसज्जित भएर गस्ती गरिरहँदा नेपाल प्रहरी भने भाडाका कच्ची घरबाट सीमा र स्थानीयको सुरक्षामा खटिनुपर्ने परिस्थिति छ । सम्पर्कका लागि मिसकलको ‘भर’ सीमा क्षेत्रमा अहिलेसम्म सञ्चारको सुविधा छैन । नेपाली फोन टावर नराखिएको हुँदा स्थानीयसँगै प्रहरीले पनि भारतीय फोनको प्रयोग गर्नुपर्ने अवस्था छ । भारतीय सिमकार्डको प्रयोग गरेर नेपालमा फोन गर्दा अत्यधिक महँगो पर्ने भएकाले ‘मिसकल’ दिएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सिरिया प्रहरी चौकीका प्रमुख असइ गणेश नेपालीले बताए । ‘भारतीय सीमबाट कुरा गर्दा महँगो पर्छ । जिल्लासँग कुरा गर्दा हामी यताबाट पहिले मिसकल दिन्छौँ, उताबाट पूरा कल गर्नुहुन्छ,’ उनले भने । २१ औँ शताब्दीमा प्रहरीसमेतले सञ्चार सुविधा नपाउँदा आकस्मिक सेवा प्रदान गर्न अप्ठ्यारो रहेको नेपालीले बताए । भारतीय सिमकार्ड प्रयोग गर्दा गोप्य सूचना चुहिने सम्भावना रहेको सुरक्षाकर्मीहरू बताउँछन् । प्रहरीले त्यस्तो समस्या नरहेको दाबी गरे पनि भारतीय सीम प्रयोग गर्दा भारतीय प्रहरीले चाहेमा सजिलै गोप्य सूचना चुहिने जोखिम रहेको उनीहरूको भनाइ छ । विद्युत् छैन, खोलाबाट खानेपानी सीमा क्षेत्रमा अहिलेसम्म बिजुलीको सुविधा छैन । विद्युत् नहुँदा सञ्चारका सेटहरू सोलारको माध्यमबाट चार्ज गर्नुपर्ने बाध्यता रहेको प्रहरीको भनाइ छ । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा खोलाको पानी खाएर गुजारा चलाउनुपरेको सिरिया प्रहरी चौकीका इन्चार्ज नेपालीले बताए । ‘विद्युत् नहुँदा सोलारबाट सञ्चार सेट चार्ज गर्नुपर्छ । त्यही पनि बादल लागेको अवस्थामा चार्ज नहुँदा सञ्चार सेट नै बन्द हुन्छ,’ उनले भने, ‘खोलाबाट पानी ल्याएर काम चलाउँछौँ ।’ वैशाख–जेठमा सुक्ने खोलाको पानी भारतीय सीमा सुरक्षाबल एसएसबीसँग मागेर खानुपर्ने अवस्था रहेको नेपालीले बताए । यातायातको अभाव अपराधको सूचना पाए तत्काल घटनास्थल पुग्नुपर्ने प्रहरीसँग चारपांग्रे गाडीसमेत छैन । घटनास्थलसम्म हिँडेर पुग्दा दोषी फरार भइसक्ने प्रहरीको भनाइ छ । ‘यद्यपि, हामी सकेसम्म चाँडो पुग्ने प्रयास गर्छौं,’ एक प्रहरीले भने, ‘नेपालको तर्फबाट व्यवस्था नगरिएकाले सस्तोमा पाइने हुँदा भारतीय नम्बर प्लेटको मोटरसाइकल चढ्नुपर्ने बाध्यता छ ।’ यातायातको व्यवस्था नहुँदा प्रहरीले हप्तामा एकचोटि भारतीय बजार पुगेर खाद्यान्न ल्याउने गरेका छन् । ‘रासन तरकारी लिन पनि भारत जानुपर्छ, हप्तामा एकचोटि भारतीय हाटबजार पुगेर खाद्यान्न ल्याउँछौँ,’ सिरिया प्रहरी चौकीका इन्चार्ज नेपालीले भने, ‘प्रहरीले तलबबाहेक सबै कुरामा भारतमै भर पर्नुपर्ने बाध्यता छ ।’ टावर र सडकको ट्रयाक खोल्ने तयारी चालू आर्थिक वर्षमा केही स्थानमा सञ्चारका टावर र यातायातका लागि ट्र्याक खोल्न बजेट छुट्याइएको राजपुगर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लोकराज केसीका अनुसार सुनपत्री खोला—सुनपत्री नाका, जंग्रवादेखि खंग्रा नाका र डगमारा नाकासम्म सडकको ट्र्याक खोल्न ५० लाखका दरले रकम छुट्याइएको छ । ‘हामीले यातायातलाई प्राथमिकतामा राखेर यी तीनवटा नाकाका लागि ५० लाखका दरले रकम छुट्याएका छौँ । तर, यति बजेटले ट्र्याक खोल्न मात्रै पुग्ने हो,’ अध्यक्ष केसीले भने, ‘आगामी आर्थिक वर्ष पनि सडकलाई प्राथमिकतामा राखेर बजेट छुट्याउँछौँ ।’ यस्तै, सञ्चारका लागि अहिले राजपुर–१ को माररी खोला र खंग्रा नाकामा सञ्चार टावर स्थापनाका लागि सर्भे भइसकेको उनले जानकारी दिए । वडा नम्बर ७ मा पनि टावर स्थापनाका लागि सहमति भएको र छिटै सर्भे गरेर तीनवटै स्थानमा रिपिटर टावर स्थापना गर्ने तयारी रहेको उनले बताए । ८३ किलोमिटरमा जम्मा ६ चौकी दाङ उपत्यकाभित्र ८३ किलोमिटरको दूरीमा सीमा नाका छ, जसमध्ये ६ स्थानमा मात्रै नेपाल प्रहरी बसेको छ । ती सबै स्थानमा प्रहरी कार्यालयका निकै कमजोर भौतिक संरचना छन् । चारवटा स्थायी र दुईवटा अस्थायी प्रहरी पोस्ट सीमा नाकामा राखिएको छ । भैसाही, खांग्रा, कोइलावास र मुसिनाका स्थायी प्रहरी चौकी हुन् भने डग्मारा र सिरिया अस्थायी प्रहरी पोस्टको रूपमा स्थापना गरिएको दाङका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies