Khabar Dabali Logo
  October 30, Fri

आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन: हिजो गुटको बैठक, को कहाँ बसेर सक्रिय ?

काठमाडाैं । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो शुक्रबार लाग्दै छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । त्यसका लागि शुक्रबार ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् । अाजको नयाँ पत्रिकामा खबर छ-केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाए पनि उनी अन्तिममा दौडबाट बाहिरिने एमाले नेताहरूको विश्लेषण छ ।

दलको नेता राई कि आचार्य ?
एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना देखिँदैन । बिहीबार दिनभर दलको नेताका आकांक्षी आचार्य र राई आफ्नो पक्षका प्रदेश सभा सदस्यसँगको छलफलमा व्यस्त थिए । बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् ।

बिहीबार दिनभर गुटको बैठक
संसदीय दलका प्रतिस्पर्धी सचिव भीम आचार्य पार्टीमा नेता माधव नेपाल पक्षका मानिन्छन् । अर्का नेता शेरधन राई संस्थापन पक्षका हुन् । संसदीय दलको नेता प्रक्रियाबाट छान्ने सम्भावना बढिरहँदा प्रदेश १ मा एमालेभित्रको गुट उदांगो भएको छ । बिहीबार दिनभर नेपाल पक्ष र संस्थापन (अध्यक्ष केपी ओली) पक्षका प्रदेश सांसदहरू भेला तथा छलफलमा थिए ।

संसदीय दलको नेताका अर्का आकांक्षी जीवन घिमिरे माधव नेपाल पक्षकै हुन् । उनलाई सहमतिमा ब्याक गराएर सचिव भीम आचार्यलाई सघाउन नेपाल पक्षले आग्रह गरिरहेको छ । नेपाल पक्षका एक नेताका अनुसार घिमिरे पछि हटिसकेका छन् । शुक्रबार मनोनयन दर्ताको समयसम्म घिमिरेले खुलेर आचार्यको पक्षमा मतदान गर्ने र आफ्नो उम्मेदवारी नदिने एमाले स्रोतको दाबी छ ।

उता, संस्थापन पक्षले भने सहमति शेरधनको नाममा गर्ने र नभए त्रिपक्षीय भिडन्त गराउने दाउमा छ । जीवन घिमिरेले समेत उम्मेदवारी दिए आचार्यको पक्षमा कम मत जाने भन्दै संस्थापन पक्षले घिमिरेलाई अन्तिम अवस्थासम्म प्रतिस्पर्धा गर्न सुझाइरहेको स्रोतले बतायो ।

घिमिरे ब्याक भए आचार्यको सम्भावना, नत्र शेरधन
केन्द्रीय सदस्य जीवन घिमिरेले चुनावी प्रक्रियामा गए सचिव भीम आचार्यलाई संसदीय दलको नेता बन्न गाह्रो हुने एमाले नेताहरूको आकलन छ । घिमिरे नेपाल पक्षकै भएकाले केही भोट घिमिरेको पक्षमा जाने र शेरधन संसदीय दलको नेता बन्ने बुझाइ कतिपय सांसदको छ । तर, घिमिरे पछि हट्ने सम्भावना बढी रहेकाले आचार्य दलको नेता बन्न सक्ने अर्कोथरीको बुझाइ छ । प्रदेश १ मा एमालेका ५१ सांसद छन् । नेपाल पक्षमा २५, संस्थापन पक्षमा २१ र पाँचजना तटस्थ देखिएको एमालेका एक नेताले बताए ।

को कहाँ बसेर सक्रिय ?
प्रदेश १ को संसदीय दलको नेता टुंगो लगाउन माधव नेपाल पक्षका सचिव योगेश भट्टराई र अध्यक्ष केपी ओली पक्षका नेता भानुभक्त ढकाल दुवै विराटनगरमा छन् । सचिव भट्टराई विराटनगरस्थित एसिया पिक होटेलमा बसेर सांसदहरूलाई आचार्यको पक्षमा मनाउन प्रयासरत छन् । मुख्यमन्त्रीका आकांक्षी शेरधन राई भने फन एन्ड फुड रिसोर्टमा आफ्ना पक्षकासँग भेटघाटमा व्यस्त छन् । सचिव भीम आचार्यले भने इटहरीलाई बेस बनाएर आफ्नो गुट सांसदसँग सम्पर्कमा रहेको एमाले स्रोतले बतायो ।

कसरी मिलाइँदै छ सन्तुलन ?
प्रदेश १ का एमाले संयोजक भीम आचार्यसँग यसअघिको निर्वाचनमा टिकट लिने विषयमा माधव नेपाल पक्षकै केही नेता असन्तुष्ट छन् । जसलाई मिलाउने प्रयास सचिव योगेश भट्टराईलगायतले गरिरहेका छन् । माधव नेपाल पक्षले आचार्यलाई संसदीय दलको नेता छानेर उषाकला राई वा गणेश कामहाङमध्ये एकजनालाई सभामुख बनाउने निष्कर्ष निकालेको छ । अर्कोतर्फ संस्थापन पक्षले शेरधन राईलाई मुख्यमन्त्री बनाउने र जगदीश कुसियत वा अन्य कुनै खस–आर्य समुदायका सांसदलाई सभामुख बनाउने तयारी गरेको छ ।

माओवादीमा चर्किएको आन्तरिक द्वन्द्व तत्काल समाधान
संसदीय दलको नेता बन्ने विषयलाई लिएर माओवादी केन्द्रमा चर्किएको द्वन्द्व समाधान भएको छ । माओवादी प्रदेश १ को पहिलो संसदीय दलको बैठकले दलको नेतामा सदस्यमध्येका वरिष्ठ मानिएका टंक आङबुहाङलाई सर्वसम्मत चयन गरेपछि द्वन्द्व समाधान भएको हो । माओवादी प्रदेश सभाकी ज्येष्ठ सदस्य सौभाग्यवती राईको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो संसदीय दलको बैठकले ताप्लेजुङ (ख) बाट प्रदेश सभामा विजयी सदस्य आङबुहाङलाई संसदीय दलको नेता सर्वसम्मतले चयन गरेको हो । बैठकले पाँचथर (ख) बाट विजयी इन्द्र आङबोको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ । दुवैबीच दलको नेता बन्ने विषयलाई लिएर आन्तरिक द्वन्द्व चर्किएको थियो ।

भूमिगत जनयुद्ध लडेर आएका दुवै हाल माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य छन् । जनयुद्धकालमा टंक जनमुक्ति सेनाका कमिसार थिए भने इन्द्र कमान्डर थिए । दुवैले एक दर्जनभन्दा बढी मोर्चामा सँगै युद्ध लडेका थिए ।

पार्टीमा सिनियर नेता टंकलाई क्षमता कम भएको भन्दै पाखा लगाएर कनिष्ठ सदस्य इन्द्रलाई दलको नेता बनाएर सरकारको नेतृत्वमा पठाउने तयारी गरेपछि माओवादीभित्र आन्तरिक द्वन्द्व चर्किएको थियो । प्रदेश १ इन्चार्ज गोपाल किरातीले एकलौटी सिफारिस गरेको भन्दै २९ जना पोलिटब्युरो सदस्यले उनलार्ई कारबाही माग गर्दै पार्टी हेडक्वार्टरमा उजुरी गरेका थिए । ‘सर्वसम्मत निर्णयले कुनै गुट र विवाद छैन भन्ने प्रस्ट भयो, योभन्दा बढी केही भन्नु छैन,’ नेता किरातीले भने । प्रदेशमा माओवादी केन्द्रका १६ सांसद छन् ।

उपसभामुख, सचेतक र मन्त्रीहरूको नाम टुंग्याउन बाँकी
उपसभामुख, मन्त्री र सचेतक कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको र चाँडै निर्णय गर्ने माओवादी प्रदेश १ का संयोजक सावित्रीकुमार काफ्लेले बताए । वाम गठबन्धनमा रहेको एमालेले प्रदेश १ मा पुरुष वा महिला कसलाई सभामुख बनाउने भन्नेबारे निर्णय गरिनसकेकाले माओवादी केन्द्रले पनि आफ्नो भागमा परेको उपसभामुखको नाम टुंग्याउन नसकेको हो ।

म माओवादी केन्द्रमै छु: गोपाल किराती
प्रदेश १ इन्चार्ज गोपाल किरातीले आफूले माओवादी छाडिनसकेको, मात्र फरक विचार राखेकाले आफू जिम्मेवारीसहित पार्टीभित्रै रहेको बताए । उनले माओवादीले पहिचानको राजनीतिलाई छाडेर एमालेमा एकीकृत भएमा आफू माओेवादी छाड्न बाध्य हुने बताए । ‘पार्टीले पहिचानको मुद्दा नछाडेमा म पनि पार्टीसँगै रहन्छु, छाड्यो भने म पनि अलग हुन्छु,’ उनले भने ।

माघ २६ गते, २०७४ - ०७:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top