Khabar Dabali Logo
  October 28, Wed

माओवादी नेता किरातीलाई कारवाही गर्न प्रचण्डलाई पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका १८ जना पोलिटब्युरो सदस्यहरुले नेता एवम् प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई अनुशासनको कारवाही गर्न माग गरेका छन् ।

किरातीले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न कृयाकलाप गर्दै हिँडेको भन्दै कारवाहीको माग गरेका हुन् । पोलिटब्युरो सदस्यहरुले आगामी २५ र २६ हुने भनिएको प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठकको अध्यक्षता गरिदिन अनुरोधसमेत गरेका छन् ।

निर्वाचनमा पार्टीको निर्णय उल्लंघन गर्ने, जिम्मेवार ठाउँमा रहेर जिम्मेवारी पूरा नगर्ने, गठबन्धनविरुद्ध जाने कुनै पनि पार्टी सदस्यमाथि अनुशासनको कारवाही हुनुपर्ने उनीहरुको माग छ ।, ‘क. साइँलाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न कृयाकलाप गर्दै हिँडेकोले उहाँकै नेतृृत्वमा उक्त बैठक बस्नु अनुचित देखिन्छ ।’ पत्रमा लेखिएको छ, ‘निर्वाचनमा पार्टीको निर्णय उल्लंघन गर्ने, जिम्मेवार ठाउँमा रहेर जिम्मेवारी पूरा नगर्ने, गठबन्धनविरुद्ध जाने कुनै पनि पार्टी सदस्यमाथि अनुशासनको कारवाही हुन्छ र हुनुपर्दछ ।’

किरातीलाई कारवाहीको माग गर्नेमा सचिवालय सदस्य टंक आङवोहाङ, पोलिटव्यूरो सदस्यहरु श्रीप्रसाद जवेगु, हेमराज भण्डारी, पेसल खतिवडा, मुकसामहाङ मेन्याङवो, झलकसिंह दर्लामी, शेरबहादुर बस्नेत, धर्मशिला चापागाईं, हर्क नेम्वाङ,राजु आचार्य, गोपी अछामी, रामकुमारी चौधरी, बाबुराम गौतम, सुदन किराती, विरेन्द्र शर्मा, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गा चापागाइँ र अरुण सुन्दास रहेका छन् ।

माघ २३ गते, २०७४ - १२:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top