Khabar Dabali Logo
  October 29, Thu

वाम एकता अड्कियो: गलाउने रणनीतिमा दुवै दल, यस्ता छन् अडान

काठमाडौं । एमाले-माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक-अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो । नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक-पटक छलफल भए पनि निष्कर्ष निस्कन नसक्दा एकता हुने-नहुने संशय देखा पर्न थालेको छ ।

अाजको अन्नपूर्णमा खबर छ-एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो।

नेतृत्वको विवाद मिलाउन दुई अध्यक्षबीच विभिन्न विकल्पमा छलफल भने चलिरहेको वाम नेताले बताएका छन्। एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन।

नेतृत्वको छलफलका सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्षसम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफंै राख्न चाहेको थियो। तर, पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणालीसम्मको छलफलमा आएको स्रोतले बताएको छ। एमालेको यो प्रस्तावमा पनि माओवादी मानेको छैन।

एकीकृत पार्टी अध्यक्ष र प्रधानमन्त्रीमै दुई अध्यक्षको व्यवस्थापन मात्रै अहिलेको सन्दर्भमा सम्मानजनक पार्टी एकताको एउटा मात्रै विकल्प भएको मत राखिरहेको माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए। ‘एकता रोकिएको यही भन्ने छैन, एमालेको तर्फबाट सलल बगेको छैन, एमालेले अलि-अलि रोक्न खोजेको देखिन्छ’, माओवादी अध्यक्ष दाहालका भाइसमेत रहेका उनले अन्नपूर्णसँग भने, ‘विकल्प केही छैन, एकीकृत पार्टी अध्यक्ष हाम्रै अध्यक्ष प्रचण्ड हुने हो, प्रधानमन्त्री केपी ओली नै हुने गरी मात्र एकता हुन्छ, अन्य विकल्प नै छैन। अरूबाट हुँदैन, त्यो नमिल्दासम्म एकता हँुदैन।’

एमाले स्रोतले भने नेतृत्वको सन्दर्भमा आलोपालो नेतृत्व वा दुई अध्यक्षबीचको प्रणालीमा गएर भए पनि पार्टी एकता गर्नुपर्ने बताउन थालेको छ। एमालेका एक पदाधिकारीले भने, ‘छलफल जारी नै छ, आलोपालो नेतृत्व गरेर जाने वा दुई अध्यक्ष प्रणाली बनाएर जाने कि भन्नेमा छलफल छ।’

एमालेको दुई अध्यक्ष प्रणालीको पछिल्लो प्रस्ताव भनेको ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष र दाहाल पनि पार्टी अध्यक्ष हुने गरी दुई अध्यक्ष प्रणाली बनाउने भन्ने भएको नेता बताउँछन्।

तर, माओवादीले भने दुई अध्यक्ष प्रणालीको पछिल्लो एमालेको प्रस्तावलाई पनि स्विकारेको छैन। ‘पार्टी एकता भनेको दुई अध्यक्ष प्रणाली राखेर फेरि आ-आफ्नो पार्टी चलाउनेजस्तो कुरा हो, त्यो हामीलाई मान्य हुँदैन, अरू केही हुँदैन, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली हुने कुरा मात्र माओवादीको एकता गर्ने लाइन हो, नत्र एकताको सम्भावना कम हुन्छ’, दाहालले भने।

दुई फरक विचार बोकेका पार्टी एक हुने विषय जटिल नै भएकाले पनि प्रक्रिया लम्बिएको एमाले नेताहरूको भनाइ छ। ‘पदीय बाँडफाँटका विषयमा दुवै अध्यक्षलाई जिम्मा दिएकाले पनि विभिन्न विकल्पको विषयमा छलफल भएको छ’, एमालेका ती पदाधिकारीले भने, ‘दुवै अध्यक्ष बन्नेसम्मका विकल्पमा कुरा भएको छ।’

एमालेका अर्का नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकताका लागि दुवै पार्टी लचिलो बन्न आवश्यक रहेको औंल्याए। उनले भने, ‘प्रदेश प्रमुख तथा राष्ट्रियसभा निर्वाचनमा दुवै पार्टीले सिट बाँडफाँटमा उदारता देखाएझैं अब एकतामा पनि त्यस्तै खालको लचिलो व्यवहार प्रस्तुत गर्नुपर्छ। एकताका लागि दुवै पार्टीबीच आत्मविश्वास बढाउने काम भइरहेकाले पदका कारण मात्रै एकता रोकिएको होइन।’

राष्ट्रियसभा निर्वाचन तथा सरकार गठनका विषयमा दुवै पार्टी अहिले केन्द्रित भएकाले पनि एकताले चाहेजस्तो गति नलिएको उनको तर्क छ। पारस्परिक हित र सम्मानका आधारमा एकता चाहेकाले पनि त्यो मिलाउन समय लागेको उनको धारणा छ।

नेतृत्वसम्बन्धी छलफलको वक्ररेखा

– एकीकृत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुई पार्टीका अध्यक्षले अलग-अलग रुपमा गर्ने सैद्धान्तिक सहमति हुँदा नै भद्र सहमति भएको माओवादी दाबी।

– एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नुपर्ने। रोजी एमाले, छाडी माओवादीले लिने माओवादी अडान।

– प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली, दाहाललाई सह-अध्यक्ष दिने एमालेको सुरुको प्रस्ताव। माओवादीद्वारा त्यस्तो प्रस्ताव अस्वीकार। पछिल्लो पटकका छलफलमा एमाले अलिक लचिलो बन्दै दुई अध्यक्ष प्रणालीमा जाने सम्मको प्रस्ताव।

माघ २३ गते, २०७४ - ०६:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top