Khabar Dabali Logo
  October 26, Mon

सप्तरीका होटल व्यवसायीकाे चर्तीकलाले राज्यलार्इ लाजमर्दाे

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –६ मा पर्ने कठौना बजारमा डोम समुदायलाई चिया किनेर खान पनि रोक लगाइएको छ ।

कठौना बजारमा विहान चिया खान जाँदा होटेल सञ्चालक विरेन्द्र साह, गणेश साह, बैजु साह, राजु साह, नारायण साह लगायतले चिया किन्न पनि नदिएको स्थानीय कपलेश्वर मरिक, जुगाई मरिक, प्रमेश्वर मरिक र डाकनेश्वरी नगरपालिकाका राजेन्द्र मरिकले बताएका छन् ।

होटलवालाले पैसा तिर्छु भन्दा पनि तल्लो जातका मानिसलार्इ चिया वेच्न यहाँ पाइदैन भनेर आफूहरुलाई चिया नबेचिएको उनीहरुको भनाई छ । डोम उत्थान समिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले देशमा गणतन्त्र स्थापना भएपनि छुवाछुत गरी डोम समुदायलाई चिया समेत खान नपाउने अवस्था कायमै रहनु राज्यकै लागि पनि लाजमर्दाे विषय भएको बताए ।

मानव कलंककाे रूपमा रहेकाे याे प्रथा केहि उपल्लाे जातिका ठान्नेहरूले बचाइराख्नु इतिहासमै लज्जाकाे विषय हाे । राज्यले कडाइपूर्वक जातिय छुवाछुत कसुर सजाए एेनकाे किन कार्वान्वय गर्न सक्दैन ? कहि डेरामा बस्न नदिने, कहि गुन्द्री छाेएकै नाममा कुटिनु पर्ने ?

कहि मन्दिर छाेयाे भनेर मरणासन्नगरि कुटपिट गर्ने मानवकाे नाममा दानविय प्रवृति बाेकेकाहरूलाइ राज्यले नै कडा कार्वाहीकाे माग दलित मुदायका अगुवालेहरूले गरेका छन् ।

होटल सञ्चालकले चिया किनेर पनि खान नदिएपछि कठौना प्रहरी चौकीमा छुवाछुत सम्बन्धी निवेदन दर्ता गरेकाे तर अहिलेसम्म कार्वाही नभएको पीडितले बताएका छन् । होटल सञ्चालकलाई कडा कारबाही गर्न डोम उत्थान समिति सप्तरीले जाेडदार माग गरेको छ ।

माघ २१ गते, २०७४ - १२:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top