Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेश-३ को राजधानीः १३ जिल्लामध्ये मकवानपुरका सांसद मात्रै हेटौँडाको पक्षमा

\"\"काठमाडाैं । सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटाैँडा तोकिसकेको छ । प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ । पहिलो अधिवेशनमा कांग्रेस सांसद इन्द्रबहादुर बानियाँबाहेक अन्य सांसदले राजधानीको विषयमा केही बोलेनन् । तर, अहिले राजधानी यहीँ राख्ने कि सार्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस सांसद बानियाँले हेटौँडा प्रादेशिक राजधानी नभए संघीयता नै कार्यान्वयन नहुने चेतावनी दिएका थिए । अाजको नयाँ पत्रिकामा खबर छ-७ माघमा प्रदेश सभाको बैठक बोलाइएको छ । सो बैठकमा प्रादेशिक राजधानीको विषय पेचिलो रूपमा उठ्ने देखिएको छ । मकवानपुरबाहेक १२ जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश सांसद हेटौँडाप्रति सकारात्मक नदेखिएपछि राजधानीको विषयमा छलफल हुने अवस्था सिर्जना भएको छ । हेटौँडा राजधानी बनाउने विषयमा चितवनले पूर्णरूपमा साथ दिने अनुमान गरिएको थियो । तर, अहिले चितवनका सांसदहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन् । यदि चितवनले साथ नदिएमा हेटौँडा राजधानी बनाउन दुई तिहाइ सांसद पु¥याउन गाह्रो देखिएको छ । प्रदेश ३ मा कुल ११० सांसद छन् । पछिल्लो समय सबै जिल्लालाई पायक पर्नेगरी भक्तपुर, ललितपुर, काभ्रेमध्ये एक ठाउँमा राजधानी हुनुपर्ने विचार आउन थालेका छन् । यसकारण हेटौँडा राजधानी बनाउन उपयुक्त हुन्छ – देशकै ठूलो औद्योगिक क्षेत्रमध्ये एक । – द्रुतमार्ग, धरान–चतरा मार्ग, कान्ति लोकपथ, महेन्द्र राजमार्ग, त्रिभुवन राजपथलगायत राजमार्ग जोडिएको क्षेत्र । – १९ वटा क्षेत्रीय कार्यालयसहित मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएका भवनको सुविधा हुने । – अस्थायी राजधानी बनाउँदा साढे ६ करोडभन्दा धेरै खर्च भएकाले पुनः सार्न गाह्रो हुन सक्ने । – देशकै ठूलो आर्थिक नाका र व्यापारिक केन्द्रसँग नजिक । – नेपाल र छिमेकी मुलुक भारत र चीनबीच त्रिदेशीय सम्बन्ध जोड सजिलो हुने । – वातावरणीय दृष्टिकोणले अनुकूल यसकारण हेटौँडा उपयुक्त हुँदैन प्रदेश ३ का १३ मध्ये नौ जिल्लालाई अत्यन्तै अपायक पर्छ । मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलाई सामान्य पायक । सडक विस्तार नभएका साँघुरा छन् । हेटौँडा राजधानी बनाउने विषयमा चितवनका सांसद विभाजित चितवनबाट प्रतिनिधित्व गर्ने सांसद हेटौँडालाई राजधानी बनाउनुपर्ने विषयमा विभाजित भएका छन् । सुरुमा हेटौँडा राजधानी हुनुपर्ने बताउने सांसदहरू अहिले चितवन नै हुनुपर्ने नभए अन्यत्र सार्नुपर्ने लबिङमा लागेका छन् । चितवन १ (क) का सांसद दावा दोर्जे लामाले सबैलाई पायक पर्ने ठाउँमा राजधानी हुनुपर्ने बताए । ‘चितवन नै हुनुपर्छ भन्दिनँ,’ उनले भने, ‘भोलि विरोध नआउने गरी पायक पर्ने ठाउँमा हुनुपर्छ ।’ प्रदेश सभाको दुई तिहाइ मतबाट राजधानी टुंगो लाग्ने भएकाले यस विषयमा प्रतिक्रिया दिइहाल्नु उपयुक्त नहुने उनले बताए । चिवतन १ (ख) का सांसद कृष्ण खनालले संघीयतामा मुलुक गएकाले प्रदेश राजधानी जनताको अनुकूल पर्ने ठाउँमा हुनु उपयुक्त हुने बताए । हेटौँडा अस्थायी राजधानी अनुपयुक्त नरहेको उनको भनाइ छ । चितवन २ (क) का सांसद घनश्याम दाहालले सबै भूगोलको पायक पर्ने ठाउँमा राजधानी हुनुपर्ने बताए । उनले चितवनलाई प्रदेश नभई केन्द्रकै राजधानी बनाउने सवालमा आफूहरू लागिपरेको बताए । चितवन २ (ख) का सांसद विजय सुवेदीले सकेसम्म चितवन र नभए हेटौँडा नै राजधानी हुनुपर्ने बताउँछन् । फास्ट ट्रयाकबाट जोडिने र पूर्व पश्चिम रेलमार्गले छुने भन्दै उनले हेटौँडा राजधानी उपयुक्त भएको बताए । केही मन्त्रालय र विभागहरू भने चितवनमा हुनुपर्ने उनको भनाइ छ । चितवन ३ (क) का सांसद कृष्ण भुर्तेलले प्रदेश राजधानी हेटौँडा नै उपयुक्त हुने बताए । रसुवा, सिन्धुपाल्चोकदेखि आउने मानिसका लागि केही अपायक देखिए पनि पूर्वाधार विकाससँगै सबै समस्या समाधान हुने उनको भनाइ छ । चितवन ३ (ख) का सांसद रामलाल महतोले प्रदेश राजधानी कहाँ भन्ने विषय प्रदेश सभाको दुई तिहाइले टुंगो लगाउने भन्दै आफूले चितवन, हेटौँडा वा अन्य कुनै ठाउँको नाम नलिने बताए । वाम गठबन्धनको सरकारले राजधानी सार्ला ? प्रदेश राजधानी कांग्रेस सरकारले कमल थापाको पहलमा हेटौँडामा तोकेको हो । यदि चाँडै बन्ने वाम गठबन्धन सरकारले राजधानी सारे मकवानपुर र चितवनको जनमत गुम्न सक्ने सम्भावना पनि त्यतिकै छ । मकवानपुर वाम गठबन्धनको पकड जिल्ला मानिन्छ । २०५१ सालमा मकवानपुरमा एक सिट राप्रपाबाहेक सबै निर्वाचन क्षेत्र तथा २०५६ सालमा एमालेले सबै क्षेत्र जितेको थियो । २०६४ मा सबै क्षेत्र माओवादी, २०७० सालमा एक सिट कांग्रेसबाहेक सबै एमाले र २०७४ सालमा सबै वाम गठबन्धनले जितेको छ । डेरा नखोजी सांसदहरू काठमाडौं फर्किए प्रदेश सभाको पहिलो अधिवेशन १८ माघमा तोकिएकाले सबै दलका सांसद हेटौँडा आएका थिए । कांग्रेस–एमालेका केही सांसद अघिल्लो दिन आएर होटल, नेता तथा कार्यकर्ताको घरमा बसेका थिए । तर, पहिलो अधिवेशन सकिएकै दिन अधिकांश सांसद राजधानी फर्किए । पुनः अर्को बैठक बस्ने भएपछि सांसदहरूले हेटौँडामा डेरा खोज्नुपर्ने हो । तर, प्रदेश ३ का अधिकांश सांसद डेरा नखोजी काठमाडौं फर्किसकेका छन् । प्रदेश ३ का अधिकांश सांसदलाई हेटौँडा स्थायी राजधानी कायम हुनेमा ढुक्क छैनन् । पहिलो अधिवेशनले २७ माघमा सभामुख चयन गर्ने घोषणा गरेको छ । यसपछि नियमित रूपमा उपभामुख, मुख्यमन्त्री र मन्त्रिमण्डल गठन हुने भएपछि अधिकांश सांसद पार्टीका शीर्ष नेता रिझाउन काठमाडौं पुगेका छन् । के भन्छन् सांसद ? हेटौँडा राजधानी उपयुक्त छैन अष्टलक्ष्मी शाक्य, सांसद, एमाले हेटौँडा प्रदेश ३ को राजधानी बन्न भौगोलिक बनावटले धोका दिएको छ । १३ मध्ये बढीमा ६ जिल्लालाई मात्र मकवानपुर पायक पर्ने देखिन्छ । यसैले पनि हेटौँडा प्रदेश राजधानीका लागि उपयुक्त छैन । रसुवा, नुवाकोट, दोलखा, रामेछापजस्ता विकट जिल्लाका लागि हेटौँडा शतप्रतिशत अनुपयुक्त छ र केन्द्रमा छैन । राजधानी सार्ने प्रस्तावमा जनमतसंग्रह हुन्छ  इन्द्रबहादुर बानियाँ, सांसद, कांग्रेस हरेक दृष्टिकोणले उपयुक्त ठहर भएपछि सरकारले हेटौँडालाई राजधानी तोकेको हो । सांसदले भनेर मात्र राजधानी सार्न मिल्दैन, परिआएमा जनमतसंग्रह गर्नुपर्छ । जनताको मन जितिसकेको हेटाैँडाबाट राजधानी सार्न त्यति सजिलो छैन । संसद्भित्र जस्ता सवाल उठे पनि आमजनताले हेटौँडालाई राजधानी स्वीकार गरिसकेका छन् । सुरक्षा, भौतिक संरचना र दर्जनौँ सडक सञ्जालले हेटाैँडा उपयुक्त स्थान बनिसकेको छ । यो अवस्थामा संसद्मा राजधानी सार्ने प्रस्ताव ल्याउनु नै गलत हुन्छ । विकेन्द्रीकरणका लागि हेटौँडाको विकल्प छैन मनु सिग्देल, सांसद, एमाले हामी संविधान कार्यान्वयनसँगै संघीयताको अभ्यासमा छौँ । यसकारण पनि हेटौँडा राजधानीको विकल्प छैन । संघीयता भनेको विकेन्द्रीकरण हो । सरकारले हेटौँडालाई हरेक क्षेत्रबाट उपयुक्त ठानेर राजधानी तोकेको छ । केन्द्रीय राजधानी वरपर राजधानी राख्नु बिल्कुल गलत हुनेछ । संघीयता कार्यान्वयका लागि पनि हेटौँडालाई स्थायी राजधानी बनाएर यहाँका स्रोतसाधनलाई भरपुर प्रयोग गरेर प्रदेशलाई विकसित र समृद्ध बनाउनुपर्छ । अस्थायी राजधानी तोकेपछि सम्पूर्ण भौतिक पूर्वाधारसँगै संसद् सञ्चालनका लागि समेत सबै तयारी पूरा भइसकेको अवस्थामा फेरि राजधानी सार्नु मूर्खता हो । राजधानीको विषय ओझेलमा परेको छ शालिकराम जमरकटेल, सांसद, माओवादी राजधानी स्थायी गर्ने वा सार्ने विषयमा संसद्भित्र र बाहिर कतै पनि छलफल चलेको छैन । छलफलको विषय नबने पनि हेटौँडा प्रदेश ३ को राजधानीका लागि उपयुक्त छ । भौतिक संरचना र सडक सञ्जाललाई मात्र मुख्य मान्ने हो भने हेटौँडाको विकल्प छैन । केही जिल्लाका लागि अपायक पर्ने भए पनि सडक सञ्जालले जनतालाई थप सहज बनाउने छ । राजधानी सार्ने विषयभन्दा संघीयता कार्यान्वयनसँगै सरकार गठन मुख्य एजेन्डा बनेको छ । १३ मध्ये सात जिल्लाबाट पायक पर्ने हेटाौँडा पुरानै क्षेत्रीय मुकाम भएकाले पनि स्थायी राजधानी तोकिनुपर्छ । राजधानीको विषयमा बखेडा बनाउनु अर्थहीन  कुमारी मोक्तान, सांसद, माओवादी हेटौँडाबाट राजधानी सार्ने सवाल नै उठ्दैन । भौगोलिक बनावटकै निहुँ बनाएर राजधानीको विषयमा बखेडा बनाउनु अर्थहीन कुरा हो । हरेक क्षेत्रले सम्पन्न हेटौँडालाई स्थायी राजधानी बनाउनुको विकल्प छैन । सडक सञ्जालले हेटौँडालाई देशकै केन्द्रबिन्दु बनाइसकेको अवस्थामा राजधानी तोकिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies