Khabar Dabali Logo
  October 28, Wed

पार्टी एकताभन्दा पहिला सरकार गठन गर्ने, पछि मात्रै एकता

काठमाडाैं । केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय निष्कर्षमा नपुग्दा एकता प्रक्रिया पछि धकेलिएको हो ।  नयाँ सरकार निर्माण, राष्ट्रपति, सभामुखलगायत चुनाव सकेर मात्रै यो विषयमा ‘निर्णायक’ छलफल हुने माओवादी वरिष्ठ नेता तथा पार्टी एकता संयोजन समिति सदस्य रामबहादुर थापा (बादल) ले बताएका छन् ।

आजको अन्नपूर्णमा खबर छ-‘हाम्रो चाहना नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने गरी जानुपर्छ भन्ने थियो तर अहिले सरकार गठनअघि एकता प्रक्रिया निष्कर्षमा पुग्ने देखिएन’, नेता थापाले माओवादीका प्रदेश ३ का सांसदलाई बुधबार पेरिसडाँडामा प्रशिक्षण दिँदै भने, ‘अब सरकार गठन प्रक्रियाले पूर्णता पाएपछि मात्रै पार्टी एकताको विषय निष्कर्षमा पुग्छ।’

पार्टी एकता धकेलिने भएपछि राष्ट्रपति, सभामुखदेखि सबैमा दुई पार्टीले सिट संख्याका आधारमा दलीय भागबन्डा लगाउने भएका छन्। माओवादी नेता थापाले सबै पद दुई पार्टीबीच सहमतिका आधारमा टुंग्याउने र लगत्तै पार्टी एकताको निर्णायक वार्ता हुने बताएको माओवादी केन्द्रका नेता कुमार पौडेलले जानकारी दिए।

‘सरकारको कामले पार्टी एकताको छलफल पछि धकेलियो, अब यो सरकार गठनपछि नै निर्णायक मोडमा जान्छ’, थापालाई उद्धृत गर्दै पौडेलले अन्नपूर्णसँग भने, ‘राष्ट्रपति, सभामुखलगायत सबै विषयमा अब सहमति गरेर भागबन्डा हुन्छ। एकतिहाइका हिसाबले सरकारमा माओवादीले एमालेसँग गठबन्धन सरकारमा सहभागिता जनाउँछ।’

वाम गठबन्धन बनाएर एमाले–माओवादीले प्रतिनिधिसभादेखि प्रदेशसभासम्मको चुनाव संयुक्त घोषणापत्र बोकेर लडेका थिए। घोषणापत्रमा उल्लेख एजेन्डामा टेकेर वाम गठबन्धनकै सरकार निर्माण हुने बताएका थापाले एकता प्रक्रियामा भाँजो हाल्न खोज्नेहरूको सक्रियताका कारण सरकार गठनअगाडि एकता निष्कर्षमा पुग्न नसकेको बताए।

‘पार्टी एकता हुनुपर्छ तर एकतामा भाँजो हाल्ने प्रयास अहिले हुन थालेको छ। पार्टी नेतृत्व नदिने र माओवादीलाई साइजमा ल्याउने प्रयासमा एमालेभित्रका केही साथी लाग्न खोजिरहनुभएको छ, यसले पनि समस्या ल्याइरहेको छ’, थापाको भनाइ थियो।

पार्टी नेतृत्वका सवालमा विभिन्न विकल्पमा छलफल भए पनि छलफल निष्कर्ष उन्मुख हुने संकेत नदेखिएको थापाले प्रस्ट्याएका थिए। ‘पटक–पटक एमाले मूल नेतृत्वसँग छलफल भएका छन् तर ठोस निष्कर्षमा पुग्न सकिएको छैन’, थापाले भने।

पार्टी मूल नेतृत्वको विषयमा दुई वटा विकल्पमा छलफल भएको उनको भनाइ थियो। ‘पार्टी एकतापछि अध्यक्षमण्डल बनाएर पार्टी एकता गर्ने वा संसदीय दलका नेता र प्रधानमन्त्री एक जना, एकीकृत पार्टी अध्यक्ष एक जना हुने गरी जाने भन्ने विकल्पमा छलफल छ’, थापाले भने, ‘तर टुंगो लाग्न गाह्रो भइरहेको छ।’

माघ १८ गते, २०७४ - ०७:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top