Khabar Dabali Logo
  October 21, Wed

अोलीको सपथ ग्रहणमा नरेन्द्र मोदी अाउने !

फाइल फोटो

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ मोदी नेपाल आउने तयारीमा जुटेका हुन् ।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको सम्बन्ध चर्चाचा छ । अब बन्ने सरकारको प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई मोदी आफैँले दुईपटक सम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि बधाई दिदै दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएका थिए ।

मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली बिहीबार काठमाडौं आउँदै छिन् । ‘प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लागेकी हुन् । मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ।

यसअघि मोदी र ओलीबिच राम्रो सम्बन्ध नभएको भन्ने चर्चा चिर्दै मोदीले ओलीसँगको सम्बन्ध निकट बनाउँदै लगेको अनुमान गर्न गारो छैन । यसबिचमा ओलीले पनि भारतको गणतन्त्र दिवसको अवसर पारेर मोदीलाई पत्रमार्फत शुभकामना सन्देश पठाएका छन् ।

यति मात्रै नभै मोदीले आफ्नो नेतृत्वको सरकारकी विदेश मन्त्री शुष्मा स्वारजलाई नेपाल भ्रमणमा नै पठाउन लागेका छन् । स्वराजको भ्रमणलाई पनि मोदी र ओलीबिचको सम्बन्धसँग जोडेर हेरिएको छ ।

नेपालमा अब बन्ने सरकारको नेतृत्व गर्न लागेका ओली करिब फागुनको दोस्रो वा तेस्रो साता प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै छ । सोही समय पारेर मोदी नेपाल भ्रमणमा आउने चर्चा सुरु भएको छ ।

ओलीको प्रधानमन्त्रीको सपथग्रहणकै बेला मोदी आउन लागेका हुन् कि भन्ने अनुमानसमेत गर्न थालिएको छ । मोदी नेपाल आउने भनिएको समय र ओली प्रधानमन्त्री बन्ने समय मेल खाने भएकाले ओलीको सपथ ग्रहण कार्यक्रममै मोदीको उपस्थिती हुने हो कि भन्ने अनुमान गरिएको हो । ओली नेतृत्वमा नयाँ सरकार गठन हुने निधो भएपछि दुवै पूर्व समकक्षीहरूले विगतको तुष बिर्सिएर अघि बढ्नुको विकल्प नभएको टिप्पणीसमेत गरिन थालिएको छ ।

माघ १७ गते, २०७४ - ११:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top