Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्र गतिमा

\"\"महेन्द्रनगर । जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ ।

यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए । बैठक भवन वरिपरिका भवनलाई नयाँ रुप दिन कामदार निकै व्यस्त देखिन्छन् । प्रदेश सभाको बैठकका लागि तालीम केन्द्रलाई तीव्रताका साथ बेहुलीलाई झैँ श्रृङ्गार गरिँदैछ ।

प्रायः शिक्षासम्बन्धी कुनै तालीम, गोष्ठी वा कार्यक्रम हुँदा मात्रै चहलपहल हुने उक्त स्थानमा अहिले कामको चापको कारण कामदार बिहानैदेखि व्यस्त देखिन्छन् । जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित शैक्षिक तालीम केन्द्रको रुप नै परिवर्तन गरिँदैछ । भवनहरु रंगरोगन गर्ने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार र सरसफाइका कारण रुप पहिलेको भन्दा फरक देखिएको हो । बैठकका लागि भवन रंगाउने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार, सरसफाइको तदारुकताका साथ भइरहेको छ । शहरी तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरका अनुसार प्रदेश सभा बैठकका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ । शैक्षिक तालीम केन्द्रभित्र सभाकक्षको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ । डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभा प्रमुख, मुख्यमन्त्रीको आवास, प्रदेशसभा बैठक कक्ष सहितको व्यवस्थापन कार्य भइरहेको बताए । साथै, जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को कभर्ड हललाई स्थायीरुपमा प्रदेश सभा भवनका रुपमा प्रयोग गर्ने सरकारको तयारी छ । जचुकालीको भवन जीर्ण रहेको र मर्मतसम्भार गर्न केही समय लाग्ने भएकाले तत्कालका लागि शैक्षिक तालीम केन्द्रलाई उपयोगमा ल्याउन लागिएको धनुषाका प्रजिअ दिलीप चापागाईंले बताए । उद्योग मन्त्रालय मातहत रहेको जचुकालीको निवास क्षेत्रतर्फ करिब २० बिघा जग्गा तथा त्यसमा रहेका करिब डेढ दर्जन भवन विमलेन्द्र निधि गृहमन्त्री छँदा गृहको स्वामित्वमा ल्याइएको थियो । प्रदेशसभा भवन, प्रदेश प्रमुख, सभामुख तथा मुख्यमन्त्रीको कार्यालय तथा निवास र सातवटै मन्त्रालय जचुकालीभित्रै राख्न सकिने भौतिक संरचना छ । सामान्य मर्मतसम्भार गरी उक्त संरचना प्रयोगमा ल्याउन सकिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताए । हाल सबै व्यवस्था शैक्षिक तालिम केन्द्रमा गर्न लागिएको छ । प्रदेशको अस्थायी मुकाम तोक्नुअघि सरकारले गठन गरेको प्रादेशिक राजधानीका लागि भौतिक संरचनाको अध्ययन तथा सिफारिश समितिले जनकपुरको शैक्षिक तालीम केन्द्र तथा सोही स्थानमा रहेको जिल्ला शिक्षा कार्यालयको संरचनालाई प्रदेशसभा एवं प्रदेश सरकारको कार्यालयका रुपमा उपयोग गर्न सिफारिश गरेको थियो । तालिम केन्द्रमा प्रदेश सभाको बैठक कक्ष र शिक्षा कार्यालयमा मुख्यमन्त्रीको कार्यालय राख्ने तयारी गरिँदैछ । प्रदेशमा सातवटा मन्त्रालय कायम गरिने सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी अगाडि बढाइएको समितिको सदस्यसचिवसमेत रहेका भवन डिभिजन प्रमुख यादवले बताए । उनका अनुसार तालीम केन्द्र सञ्चालन रहेको भवनमा दुईवटा मन्त्रालय, तालिम केन्द्रकै पुरुष शिक्षक (प्रशिक्षार्थी) आवासमा तीन मन्त्रालय र महिला शिक्षक आवासमा दुईवटा मन्त्रालय राख्ने तयारी गरिँदैछ । प्रदेशसभा कक्ष, प्रदेश सभाका सभामुखको कार्यालय तथा सभामुख निवास पनि सोही भवनमा व्यवस्थापन हुँदैछ । मुख्यमन्त्रीको कार्यालय तथा मुख्यमन्त्री निवास भने शैक्षिक तालीम केन्द्रकै परिसरमा रहेको जिल्ला शिक्षा कार्यालय भवनमा व्यवस्थापन गरिने भएको छ । स्थानीय स्तरबाट भएको सिफारिश र हाल भइरहेको तयारीका आधारमा प्रदेश सरकारको मातहतमा रहने सबै मन्त्रालय, प्रदेश सभा भवन तथा मुख्य मन्त्रीको कार्यालय एउटै कम्पाउण्डभित्र रहनेछन् । प्रदेश प्रमुखको कार्यालय र निवास भने जचुकालीको निवास क्षेत्रमै व्यवस्थापन गरिसकिएको छ । प्रदेश प्रमुखको कार्यालय प्रदेश प्रहरी प्रमुखको कार्यालयअगाडि रहेको नेपाल राष्ट्रबैंकको अतिथि गृहमा राख्ने तयारी छ । प्रदेश प्रमुखको निवास पनि सोही कार्यालयको परिसरमा व्यवस्थापन गर्न लागिएको प्रजिअ चापागाईंले बताए । आफ्नो भवनमा प्रादेशिक सरकार सञ्चालनमा आउने भएपछि शैक्षिक तालीम केन्द्रलाई ग्रामीण विकास तालीम केन्द्रमा सार्न लागिएको छ । मुजेलियास्थित ग्रामीण विकास तालीम केन्द्र परिसरमा हाल सडक डिभिजनको कार्यालय, सशस्त्र प्रहरी सीमा सुरक्षा बलको कार्यालय र ग्रामीण विकास तालीम केन्द्र सञ्चालनमा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies