Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सुटुक्क छाडिए मुख्य आरोपी

\"\"काठमाडौं । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो । अाजको कान्तिपुरमा खबर छ-महाराजगन्ज वृत्तमा राखिएका ती युवकलाई दरबारमार्ग वृत्तबाट खटिएको सई नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो । सोही रात उनको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । एक रात दरबारमार्ग वृत्तमै राखिएका ती युवकलाई आइतबार बिहानै सुटुक्क छाडिएको थियो ।
प्रहरीले यस घटनालाई गुपचुपराखेको थियो । दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीले सोमबार कान्तिपुरसँग उक्त घटनाबारे आफूकहाँ कुनै केस नआएको दाबी गरे पनि पछि उक्त घटनामा दुवै पक्ष आफैं मिलेको भन्ने सुनेको बताएका थिए ।
गत बिहीबार राति काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा चार जनाको समूहले एक युवतीलाई ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको रहस्य सोमबार मात्रै खुलेको हो । त्यसलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न एसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । स्रोतका अनुसार राति आफ्नो प्रेमीसहित होटलमा बस्न गएकी ती युवतीलाई अबेर राति उनीहरू बसेको होटलको कोठामा आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए । शुक्रबार बिहान करिब ८ बजे ती युवाले युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले ट्याक्सी चालकलाई आफू बलात्कृत भएको बताउँदै प्रहरीकहाँ लगिदिन आग्रह गरेकी थिइन् । चालकले ती युवतीलाई कमलपोखरी वृत्त पुर्‍याइदिएका थिए ।
उच्च स्रोतका अनुसार युवतीले नै केटालाई छुटाएर लगेको कागज गरेर घटना थामथुम पार्ने प्रयास गरिएको छ । स्रोतका अनुसार दरबारमार्ग वृत्तका मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसहित अर्का एक सईले आर्थिक लेनदेन गरी मिलाउन भूमिका खेलेका थिए । ठकुरी तिनै इन्स्पेक्टर हुन् जो एक वर्षअघि मात्रै दरबारमार्ग वृत्तबाट सरुवा भएर कालिमाटी वृत्त पुगेका थिए । कालिमाटीबाट सरुवा भएर बालाजु वृत्त पुगेका उनी पहुँच प्रयोग गर्दै करिब ३ महिनाअघि काजमा दरबारमार्ग वृत्त फर्केका थिए ।
घटना सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले ठकुरीलाई छानबिनका लागि भन्दै महाराजगन्जस्थित २ नम्बर गणमा तानेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार सामूहिक बलात्कार घटनाबारे प्रहरी प्रधान कार्यालयले गम्भीर चासो राखेर अनुसन्धान थालिसकेको छ ।
बलात्कारमा परेकी २२ वर्षकी युवती करिब ७ महिनाअघि एक युवकसँग फेसबुकमार्फत सम्पर्कमा पुगेकी थिइन् । त्यही चिनजानी भेटघाट हुँदै प्रेममा परिणत भएको थियो । प्रेमीको भर परेर उनी गत शुक्रबार होटलमा बस्न पुगेकी थिइन् । उच्च स्रोतका अनुसार घटनामा मुछिएका चारै जना युवा फरार छन् । प्रहरीले तीमध्ये दुईको पहिचान गरे पनि त्यो खुलाएको छैन । प्रहरी परिसर, काठमाडौंले एसपी रामदत्त जोशीको नेतृत्वमा बनेको छानबिन समीतिले घटनाबारे छानबिन थाले पनि कसैसँग बयान सुरु गरिसकेको छैन ।
बलात्कारपछिका घटनाबारे जानकार एक प्रहरी भन्छन्–
कमलपोखरी वृत्तमा आउँदा युवती रोइरहेकी थिइन् । उनी विक्षिप्त अवस्थामा थिइन् । उनको पीडा वनावटी थिएन । उनले आफू सामूहिक बलात्कारमा परेको र केटाहरू होटलमै रहेको भन्दै तुरुन्तै पक्राउ गर्न अनुरोध गरेकी थिइन् । लगत्तै वृत्तबाट ती युवतीलाई लिएर दुईवटा गाडीसहित प्रहरी टोली होटलमा पुग्दा केटाहरू भागिसकेका थिए । सीसीटीभी फुटेज हेर्दा केहीबेरअघिसम्म केटाहरू होटलमै रहेको देखियो । टोलीले होटलको कोठा पनि निरीक्षण गरेको थियो । त्यसको केहीबेरमै दरबारमार्ग वृत्तको टोली पनि आइपुग्यो । दरबारमार्ग वृत्तको टोलीले पनि सीसीटीभी फुटेज हेरेको थियो । कमलपोखरी वृत्तको टोली दरबारमार्ग वृत्तका प्रहरीलाई सबै कुरा बताएर फर्कियो । त्यसपछि के के भयो थाहा भएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies