Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आफ्नै निर्णयले जिल्लिए देउवा

\"\"काठमाडाैं । संघीय प्रहरी ऐन र प्रदेश कानुन नबन्दै प्रहरी संगठनभित्र फेरबदल गर्ने सरकारी प्रयास असफल भएको छ । कानुन नबन्दै प्रदेशमा आफूखुसी कर्मचारी भर्ती गर्न मन्त्रिपरिषद्बाट भएको एउटा निर्णयका कारण ३० वर्षे सेवाहद हटाउने र महानिरीक्षकसँगै एआईजीको सेवाहद लम्ब्याउने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएका हुन् । आजको अन्नपूर्णमा खबर छ-देउवाले पहिला प्रहरी संगठनमा दरबन्दीभन्दा धेरै एआईजी बनाए। पछि ती सबैको दरबन्दी जगेडा हुने निर्णय गराए। निजामती कर्मचारीको आन्तरिक राजनीति बुझ्न नसक्दा देउवा आफैँले गरेको निर्णयमा चिप्लिएको प्रहरी अधिकारी बताउँछन्। पूर्ववर्ती सरकारले हतारमा प्रदेशमा एआईजी पठायो। प्रदेश सरकारमा सचिवले मुख्यमन्त्रीलाई सघाउने र मन्त्रालयमा सहसचिव राख्ने निर्णय गराउन कर्मचारी सफल भए। उक्त प्रकरणले ‘चेन अफ कमान्ड’ मा चल्ने प्रहरी संगठनभित्र ठूलै तहल्का मच्चियो। विशिष्ट श्रेणीका एआईजीले प्रथम श्रेणीका सहसचिवको निर्देशन र खटपटनमा चल्नुपर्ने अवस्था आएपछि कर्मचारीले कालान्तरमा समस्या हुने भन्दै देउवाको मन्त्रिपरिषद्बाट ‘प्रदेश मन्त्रालय बनिसकेपछि एआईजीको पद स्वतः फाजिल हुने’ दोस्रो निर्णय गराए। गृहमन्त्रीको कार्यभारसमेत सम्हालेका देउवाले सुरक्षा निकायको भविष्यसँग जोडिएको मुख्य मुद्दालाई छायामा पार्दै गरेको निर्णयले प्रहरी पंक्तिमा नैराश्य छाएको छ। राजनीतिक दौडधुपबाट प्रदेशमा दरबन्दी सिर्जना गरेर बढुवा खाएका १५ जना एआईजी अहिले आश्चर्यचकित बनेका छन्। सोमबार बिहान प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई भेट्न पुगेका एआईजी कमलसिंह बम भन्दै थिए, ‘पहिला किन बढाइयो र अहिले किन कटौती गरियो ? ’ यता, ३० वर्षे सेवाहद हटाउने प्रयास गरेसँगै देउवा प्रहरी संगठनबाटै चर्को दबाबमा परेका छन्। एकातिर तलदेखि असर पर्ने भन्दै बढुवा आकांक्षीको असन्तुष्टि र अर्कोतिर एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलन नै गरेर कामचलाउ सरकारका दूरगामी निर्णय खारेज गर्ने बताएपछि देउवा झस्किएका हुन्। प्रदेश एआईजी क्रमशः कमलसिंह बम, केशरीराज घिमिरे र रणबहादुर चन्द अहिले दौडधुपका लागि काठमाडौंमै छन्। ‘तत्काल ३० वर्षे हट्दैन। विज्ञ समूह बनाएर प्रहरी संगठनमा ३० वर्षे हटाउँदा तलका दर्जामा हुने फाइदा र बेफाइदा हेरेर मात्रै निष्कर्षमा पुग्ने मुडमा प्रधानमन्त्री हुनुहुन्छ, ‘प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रहरी अधिकृतले चलाएको हल्ला मात्रै हो।’ सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पनि प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने विषयमा छलफल नै नभएको बताए। ‘३० वर्षे हटाउने भन्ने कुनै तयारी नै छैन। यो सबै प्रहरीले आफैँ फैलाएको हल्ला र भ्रम हो,’ उनले भने। गृह मन्त्रालयले सेवा अवधि हटाउन लोकसेवा आयोगसँग सहमति मागे पनि अहिलेसम्म दिएको छैन। राष्ट्र बैंकले पनि ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन आयोगसँग सहमति मागेको थियो। तर, आयोगले संघीय संरचनामा निजामती कर्मचारीको समायोजनबारे टुंगो नलागी अहिल्यै सेवाअवधि हटाउन नमिल्ने जफाव दिएको थियो। गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले भने, ‘सरकारले गरेको निर्णय हामीले कार्यान्वयन गर्ने हो। अब एआईजीहरूलाई कता राख्ने भनेर सरकारले अर्को निर्णय गर्ला। हामी पनि पर्ख र हेरको अवस्थामा छौं।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies