Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आकांक्षीहरुकाे लबिङ सुरु, यी हुन मन्त्री र सभामुखका दावेदार

\"\"काठमाडौं ।  प्रदेश सरकार गठन भएमा ६ प्रदेशमा ५१ जना मन्त्री हुने भएका छन् । मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागवण्डा मिलेपछि दुबै पार्टीका आकांक्षीहरुले लबिङ सुरु गरेका छन् । संविधानअनुसार प्रदेश संसदको २० प्रतिशत मन्त्री बनाउन पाइने भए पनि वाम गठबन्धनले सानो आकारको मन्त्री परिषद गठन गर्न १० प्रतिशत सिलिङ तोकेको छ । सबै प्रदेशमा १० प्रतिशतको सहमति लागू गर्दा ४, ६ र ७ मा ५ जनाभन्दा बढी मन्त्री बनाउन नमिल्ने भएकाले ती प्रदेशलाई ध्यानमा राखेर कम्तिमा ७ देखि बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति भएको कार्यदलका सदस्य शंकर पोखरेलले बताए । एमाले नेता पोखरेल प्रदेश ५ को मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छ । वाम गठबन्धनको सहमतिअनुसार सबैभन्दा ठूलो मन्त्रिपरिषद प्रदेश नम्बर ३ मा ११ सदस्यीय हुनेछ । ३ नम्बर प्रदेशसभा ११० सदस्यीय भएकाले त्यसको १० प्रतिशत मान्दा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिपरिषद हुनेछ । प्रदेश नम्बर १ मा प्रदेशसभा सांसदको संख्या ९३ छ । मुख्यमन्त्रीसहित बढीमा १० सदस्यीय मन्त्रिपरिषद १ नम्बर प्रदेशमा हुनेछ । ४ नम्बरमा प्रदेश सांसदको संख्या ६० छ । त्यहाँ ७ सदस्यीय मन्त्रिपरिषद गठन हुनेछ । प्रदेश नम्बर ५ मा ८७ सदस्यीय प्रदेशसभा छ । सो प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद गठन हुने पोखरेलले बताए । त्यस्तै ६ नम्बर प्रदेशमा ४० सदस्यीय प्रदेशसभा छ । त्यहाँ ७ सदस्यीय मन्त्रिपरिषद गठन हुनेछ । प्रदेश नम्बर ७ मा प्रदेशसभा ५३ सदस्यीय छ । त्यहाँ पनि ७ सदस्यीय मन्त्रिपरिषद गठन हुने स्रोतले जनाएको छ । एमाले र माओवादीबीच प्रदेश सरकारमा मन्त्री पदको बाँडफाँट ७० र ३० प्रतिशतको अनुपातमा गर्ने सहमति भइसकेको छ । सो सहमतिअनुसार प्रदेश नम्बर १ मा माओवादीले एमालेले ७ र माओवादीले ३ सिट पाउनेछ । प्रदेश नम्बर ३ मा पनि एमाले र माओवादीले ७ र ४ बाँड्ने सम्भावना छ । प्रदेश नम्बर ४,६ र ७ मा एमालेले ५ र माओवादीले २ मन्त्री पाउने हिसाब निस्कन्छ । प्रदेश नम्बर ५ मा माओवादीले ३ र एमालेले ६ मन्त्री पाउने सम्भावना छ । दाबेदारहरु प्रदेश १ मा एमालेले मुख्यमन्त्री सहित ७ मन्त्री पाउँदा जीवन घिमिरे, हिक्मत कार्की जगदीश कुसियत, गणेश काङवाङ, अर्जुन राई राजेन्द्र राई, राजन राई, खिनु लिम्बु, अम्बिरबाबु गुरुङलगायत मन्त्रीका प्रमुख दाबेदार हुन् । उनीहरुमध्येबाटै एकजना सभामुख हुनेछन् । माओवादीबाट टंक आङबोहाङ, पूर्णप्रसाद राई, इन्द्र आङ्बो, पूर्णसिंह राजवंशीलगायत मन्त्रीका प्रमुख दाबेदार हुन् । माओवादीले यो प्रदेशमा उपप्रमुख पाएको छ । प्रदेश नम्बर ३ बाट एमालेले मुख्यमन्त्रीसहित ७ मन्त्री पाउँदा अरुण नेपाल, सानुकुमार श्रेष्ठ, केशव स्थापित, कैलाश ढुंगेल, पशुपति चौलागाई, माधव पौडेल, डोरमणि पौडेल, चन्द्र लामालगायत मन्त्रीका सम्भावित नाम हुन् । सभामुख यिनै नेतामध्येबाट एक हुनेछन् । माओवादीबाट शालिकराम जमरट्टेल, कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्काको सम्भावना हुनेछ । माओवादीले यो प्रदेशबाट उपसभामुख पाएको छ । प्रदेश नम्बर ४ बाट एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्री पाउँदा मीनप्रसाद गुरुङ, नरदेवी पुन, इन्द्रलाल सापकोटा, राजीव पहारी, रोशन गाहामगर मन्त्री बन्ने सम्भावना छ । माओवादीबाट दीपक कोइराला, चन्द्रवहादुर बुढा लगायतको नाम मन्त्रीको चर्चामा छ । प्रदेश नम्बर ५ मा मुख्यमन्त्रीसहित एमालेबाट ६ जना मन्त्री हुँदा बैजनाथ चौधरी, भोजप्रसाद श्रेष्ठ, बिष्णु पन्थी, आरती पौडेल, पुरन बज्राचार्य, कमलराज श्रेष्ठलगायत मन्त्रीको प्रतिस्पर्धामा छन् । माओवादीबाट कुलप्रसाद केसी, पूर्णबहादुर घर्ती, शुदर्शन बराल, इन्द्रजीत थारु, कृष्णध्वज खड्का लगायतका नेता मन्त्रीका दाबेदार हुन् । उनीहरुमध्येबाटै एक सभामुख हुनेछन् । प्रदेश नम्बर ६ मा ७०/३० को भागबण्डा अनुसार माओवादीले मुख्यमन्त्रीसहित एकमात्र मन्त्री पाउनेछ । एक मन्त्रीका लागि धेरैको दाबी छ । विमला केसी, बिन्दमान बिष्ट, ठम्मर बिष्ट, धर्म रेग्मी लगायतको मन्त्रीमा दाबी छ । एमालेबाट मुख्यमन्त्री नपाएपछि प्रकाश ज्वाला र यामलाल कँडेलको व्यवस्थापन पेचिलो बनेको छ । कँडेल केन्द्र सरकारको मन्त्री भइसकेका नेता हुन् । उनीहरुमध्ये एकलाई सभामुख बनाएर अर्कोलाई मन्त्री बनाउने विकल्पमा जान सकिने एमाले स्रोतले जनाएको छ । एमालेले सो प्रदेशमा ५ मन्त्री पाउँदा अन्य दाबेदारमा दल रावल, कुर्मराज शाही, चन्द्रवहादुर शाही, गुलावजंग शाह, दानसिंह परियार, अमरबहादुर थापा मुख्य दाबेदार हुन् । प्रदेश ७ मा माओवादीले मुख्यमन्त्रीसहित एक मन्त्री पाउँदा आधा दर्जनभन्दा बढी दाबेदार छन् । मुख्यमन्त्रीमा झपट बोहोरा र वीरमान चौधरीको चर्चा चलिरहँदा मन्त्रीका लागि त्रिलोचन भट्ट, देवकी मल्ल, मानबहादुर धामीलगायतको दाबी मन्त्रीमा छ । एमालेबाट ५ जना मन्त्री हुँदा प्रकाश शाह, तारा लामा तामाङ, दीर्घ सोडारी, पठानसिंह बोहोरा, गौरी ओली, लीलाधर भट्ट, अर्जुन थापा, नेपालु चौधरी लगायतको नाम चर्चामा छ । यीमध्ये एकजना सभामुख पनि हुनेछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies