


शाली नदी मेलामा यसरी भइरहेको छ चौतर्फी लूट


-
-
माघ १३ गते, २०७४ - १८:४२
काठमाडौं । उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लूट भएको पाइएको छ ।
मेलामा जाने यात्रुका लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी साधन ‘रुट परमिट’ अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्रु सडकमा अलपत्र बन्न बाध्य भए ।
मेलामा आउन घटौँ सवारी साधन कुरेर बस्दा पनि पाउन नसकेको पुल्चोकबाट आएकी रचना तण्डुकारको गुनासो छ । रत्नपार्कबाट साँखुको सवारी साधन पाउन मुस्किल भएको उनले सुनाइन् ।
मेलाको अन्तिम शनिबार संघका सवारी चाबहिलसम्म मात्र सञ्चालन भए । यसरी चलेका सवारी साधनले पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा असुले । चाबहिलसम्मको भाडा रु २७ तोकिए पनि कुनै पनि बसले रु ४० घटी नउठाएको यात्रुको भनाइ छ ।
साँखुमा लाखौँ यात्रु आएकाले सबैलाई सहज होस् भनेर साँखु–चाबहिलसम्म मात्र यातायात सञ्चालन गरिएको संघका सचिव एलपी श्रेष्ठले सुनाए ।
संघले यात्रुलाई सहज रुपमा सेवा दिन चाबहिलसम्म मात्र सवारी चलाएको दाबी गरेपनि यात्रुले भने बढी भाडा लिने र मेलाको मौका छोपेर पैसा कमाउने उद्देश्यले यसो गरिएको गुनासो गरे ।
साँखुको पुरानो बसपार्कमा सयौँ यात्रुले घेरिँदा सवारी साधनका परिचालकले चाबहिलसम्म मात्र जाने र भाडा रु ४० लाग्ने भनेर चढाएको सूर्यविनायकबाट आउनुभएका यात्रु श्यामकृष्ण थापाले बताए ।
संघले यो मार्गमा १२० सवारी सञ्चालनमा रहेको दाबी गरेपनि आधा घण्टा कुर्दा पनि बस पाउन नसकिएको धेरै यात्रुले गुनासो गरे । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाई श्रेष्ठ अन्तिम शनिबार भएकाले पाँच लाख भन्दा बढी दर्शनार्थी आउँदा समग्र व्यवस्थापन गर्न धौधौ परेको बताउँछन् ।
साँखु शालिनदी क्षेत्रमा मेलाको अवसरमा खुलेका होटलले पनि महँगो मूल्य असुलेको बनेपाबाट आउनुभएका भक्तजन रामचन्द्र श्रेष्ठले बताए ।
मेलाकै अवसरमा राखिएका तयारी पोशाक एवं अन्य सामग्रीका पसलले पनि बजार भाउभन्दा बढी नै मूल्य लिने गरेको उपभोक्ताको भनाइ छ । आफैँ सवारी लिएर जाने यात्रुलाई पार्किङ शुल्कका नाममा मनलागी पैसा उठाइएको छ ।
चाबहिल–जोरपाटी–साँखु सडक विस्तार सम्पन्न नहुँदा धुलाम्य र खाल्डाखुल्डीले आवतजावतमै समस्या छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने...एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते
फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...दक्षिण कोरियामा दश लाख बेरोजगार
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...रेडपाण्डाको छालासहित दुई पक्राउ
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...
