Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पेस्तोल देखाएर लुटपाट

 

\"\"भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।

काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जानकारी दिए । दश जनाको नकाबधारीले समूहले राति करिब २ः३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराइ ढोकाको चुकुल खोलेरभित्र पसेको प्रारिम्भक अनुसन्धानमा खुलेको उहाँले जानकारी दिए । प्रहरीका अनुसार नकाबधारी समूहलेभित्र पसेर रिभल्वर देखाउँदै घरका १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाधेर लुटपाट गरेका हुन् । अनुसन्धानबाट लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद रु एक लाख ६२ हजार लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।

पीडित लामाका अनुसार नकाबधारी समूहमा आएकाले एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए ।

हतियार देखाएर परिवारका सबैलाई कब्जामा लिई शुरुमै सबैको मोबाइल लिई हातखुट्टा बाँधेर आतंकित बनाएर लुटपाट गरेको उनको भनाइ छ । लामाले भने “आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भनेपछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो ।” लुटेरा समूह मध्येका एकले जाने बेलामा लामाको छोराको गालामा म्वाइ खाएर सुमसुम्याएर गएको बताउँदै प्रहरीले लुटेरा समूहमा लामासँग चिनजान भएका, घरमा आउने जाने गर्ने, ढोकाको चुकुल कहाँ छ भन्ने जानकारी पाएकै व्यक्ति भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले चौतर्फी लुटेरा समूहको खोजी गर्दै अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिए ।  रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies