Khabar Dabali Logo
  October 21, Wed

सिरियामा बेचिएकि सुकमायाको उद्वार, बेखबर सरकार

युएई । वैदेशिक रोजगारीमा मनग्य कमाइन्छ भनेर दलालकाे फकाइ फूलाइ र प्रलोभनमा परि सिरियामा बेचिएकि सुकमाया लिम्बुकाे उद्दार भएकाे छ । झापा दमक घर भएकि लिम्बुलाइ राजन लम्साल र शंकर क्षेत्री नाम गरेका दुई दलालले एक बर्ष अघि ४ हजार अमेरिकि डलरमा बेचेका थिए ।

सुरुमा युएई ट्रान्जिट गराइ त्यसपछि पुन ओमन र अन्तिममा सिरिया पुर्याइ उनीहरूले त्यहाँ बेचेका थिए ।

वाईसीएल नेपालकाे सक्रियतामा उनकाे उद्दार भएकाे हाे । अमेरिकामा बस्दै आएका आङकामी शेर्पा, वाईसीएल नेपालका केन्द्रिय सदस्य नवीन खड्का र जन प्रगतिशील मन्च कुबेतका अध्यक्ष दावा थोकर तामाङको विशेष पहलमा उनकाे उद्दार गरी स्वदेश फिर्ता गरिएको छ ।

लामाे समय देखिकाे निरन्तर संघर्ष पछि कानुनी प्रक्रिया पूरा गरी (४५०० अमेरिकि डलर खर्च गरि) लिम्बुको उद्दार गर्न सफल भएको  बेचबिखनमा परेका चेलीबेटीको उद्दारमा सक्रिय रहेका समाजसेवी आङकामी शेर्पाले बताए ।

यस्तै विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारकार्यमा विशेष भुमिका निभाउदै आएकाे वार्इसीएल नेपालले  सम्बन्धित निकायमा दलाल बारे प्रमाण सहित निवेदन पेश गर्दा समेत सरकारले वास्ता नगरे पछी आफै अघि सरेर साथीहरूको सहयोगमा उद्दार गर्न सफल भएको केन्द्रीय सदस्य नवीन खड्काले बताए ।

केहि समय अघि मात्रै कुबेत, ओमन, बहराइन र इराकमा अलपत्र परेका महिलाको उद्दार गर्न सफल अभियानमा विशेष साथ दिने दावा थोकर र आङकामी शेर्पासहित सबैलाई वार्इसीएल नेपालले धन्यवाद दिदैं यस्ता विषयमा सरकार मौन बसेको प्रति दुःख व्यक्त गरेकाे खड्काले खबरडबलीलार्इ बताए ।

सुकमाया आइतबार जेट एअरलाइन्सको बिमान मार्फत स्वदेश फिर्ता गरि उनलार्इ बुबाको जिम्मा लगार्इकाे छ भने दलाललाई कडा कारवाही गर्न आवश्यक कानुनी प्रक्रियामा जाने तयारी गरिएकाे खड्काले बताए ।

माघ ८ गते, २०७४ - ०८:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top