Khabar Dabali Logo
  October 30, Fri

आरजुलाई सांसद बनाउने देउवाको सपना पाैडेल र कोइरालाले यसरी बनाए चक्नाचुर

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवाले पत्नी डा. आरजु राणालाई राष्ट्रिय सभामा लैजानेगरि गृहकार्य गरेपनि अन्तिममा आएर उनको यो योजना चक्नाचुर भएको छ । हालै बसेको केन्द्रिय कार्यसमिति बैठकमा चुनाव हारेका र समानुपातिक सूचिमा नाम परेकाहरुलाई राष्ट्रिय सभामा नलैजाने निर्णय भएसँगै उनको पत्नीलाई सांसद बनाउने सपना चक्नाचुर भएको हो ।

देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, डा. शेखर कोइराला लगायतलाई राष्ट्रिय सभामा ल्याउने र सोही मौका छोपेर पत्नी आरजुको पनि नाम सुटुक्क पसाउने तयारी गरेका थिए । तर चुनाव हारेका पौडेल र कोइराला समूहका अधिकांश नेताहरुले आफूलाई अहिले कुनै लोभ र मोह नभएको भन्दै पूराना तथा पाका नेताहरुलाई ल्याउन जोड दिएका थिए ।

पौडेल र शेखरले त देउवाको घुमाउरो प्रस्तावलाई ठाडै अस्विकार गरिदिएका थिए । काँग्रेसको दुई दिनसम्म बसेको वैठक ३ बुँदे निर्णय गर्दै सम्पन्न भएसँगै यो कुरा बाहिर आएको हो ।

राष्ट्रिय सभाको चुनावका बिषयमा केन्द्रित रहने बताइएको बैठक चुनावपछि पहिलो पटक बसेका कारण चुनावको सामान्य समिक्षामा पनि केन्द्रित रह्यो। पार्टीले चुनावको समिक्षा गरेर एक महिना भित्र केन्द्रीय समितिमा पठाउन मातहतका सबै निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

समानुपातिकमा अघिल्लो पटक मापदण्ड बनाइएपनि पालना हुन नसकेकोमा आरोप कांग्रेस केन्द्रीय सदस्यहरुले नै सार्वजनिक रुपमा लगाएका छन् ।

माघ ६ गते, २०७४ - १२:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top