Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जलवायु परिवर्तनको असरबारे पहिलाे पटक अनुसन्धानमा बैज्ञानिक

\"\"क्यानबेरा । अष्ट्रेलियाली बैज्ञानिकहरुले हालैका दिनमा देखा परिरहेको जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएको छ । पछिल्लो समयमा अष्ट्रेलियामा वातावरणीय असन्तुलन देखिएको छ । जसका कारण तापक्रममा अस्वभाविक र निकै लामो समयपछि बृद्धि भएको पाइएको छ ।

हालै प्राप्त एक समाचारअनुसार सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो । यसलाई करिब ८० वर्षपछिकै सबैभन्दा बढी तापक्रमका रुपमा देखाइएको थियो । यस अस्वभाविक तापक्रमलाई अधिकारीहरुले जलवायु परिवर्तनको असरका रुपमा व्याख्या गरेका थिए । त्यसैले यस विषयमा अनुसन्धान सुरु गरिएको पनि ती अधिकारीहरुले जानकरी दिएका छन् । अष्ट्रेलियाली दक्षिणी समुद्रमा उनीहरुले यस्तो अनुसन्धान थाल्ने भएका हुन् । समुद्रको गहिराइसम्म पुगेर गरिने यस्तो अनुसन्धानका लागि उनीहरुले रोबोटको प्रयोग गर्ने तयारी गरिरहेका बताइएको छ । अष्ट्रेलियाको कमलनवेल्थ बैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्थाका तर्फबाट बैज्ञानिकहरुको एउटा समूहले यस्तो अनुसन्धान सुरु गरेको अधिकारीहरुले जनाएका छन् । समुद्रमा बैज्ञानिकहरुले कम्तीमा पनि ३ देखि ५ हजार मिटरसम्म गहिराइमा पुगेर सो अनुसन्धान गरिने छ र यसका लागि रोबोटहरुको प्रयोग गरिएको छ । गहिराइसम्म पुगेर अहिलेसम्म यस्तो खालको अनुसन्धान हुन नसकेकोमा पहिलो पटक उनीहरुले यो अनुसन्धान सुरु गर्न लागेको जानकारी सो संस्थाले दिएको छ । उक्त अनुसन्धान टोलीका एकजना प्रमुख बैज्ञानिक स्टीभ रिन्टाउलले भने, \'हामीले यस्तो अनुसन्धान पहिलो पटक गर्न लागेका छौँ र उक्त समुद्रको दक्षिण गोलार्धले ताप बहन गर्न सक्ने क्षमता र कार्बनडाइअक्साइडको अवस्थितिको बारेमा तथ्य पत्ता लगाउने छौँ ।\' विश्वको तापक्रम विशेषगरी समुद्रका कारण बढी प्रभावित हुन पुगेको छ र यस अनुसन्धानले जलवायु परिवर्तनको अहिलेको अवस्था र आगामी पुस्ताको लागि यसले पार्नसक्ने क्षमताको बारेमा नयाँ तथ्य पत्ता लाग्ने बताइएको छ । विश्वमा पछिल्ला केही वर्षहरुमा विश्वव्यापी उष्णता बढ्दो छ । यसको कारण जलवायु परिवर्तन रहेको बैज्ञानिकहरुको धारणा रही आएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies