Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ

\"\"काठमाडौं । बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट\' बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई पुस २३ गते चीनको कुनमिङ जाने क्रममा अध्यागमन जाँचका बेला पक्राउ गरेको हो। अाजकाे अन्नपूर्णमा खबर छ-पोर्चुगलको नक्कली राहदानीमा पुस १८ गते नेपाल छिरेका रहमान र हुसेनले कुनमिङ जाने क्रममा शंकास्पद व्यवहार देखाएपछि अध्यागमनका कर्मचारीले उनीहरूमाथि थप सोधपुछ र निगरानी गरेका थिए। त्यही क्रममा अध्यागमनका कर्मचारीले राहदानी परीक्षण गर्दा पोर्चुगलको राहदानी नक्कली भएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा उनीहरूको साथबाट बंगलादेश र पोर्चुगलको दुई वटा राहदानी भेटिएको थियो। विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती दुई बंगलादेशी नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको बताए। अध्यागमन विभागले ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ। नेपाल आउने क्रममा विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले रहमान र हुसेनले प्रयोग गरेको पोर्चुगलको नक्कली राहदानीमा आगमन अनुमति(अराइभल) दिएका थिए। बंगलादेशस्थित नेपाली दूतावासले समेत पोर्चुगलको नक्कली राहदानीमा नेपालको भिसा लगाइदिएपछि विमानस्थल अध्यागमनका कर्मचारीले कुनै शंकाबिना उनीहरूलाई पोर्चुगलकै नागरिक सम्झी आगमन अनुमति दिएका थिए। बंगलादेशस्थित नेपाली दूतावासले पोर्चुगलको नक्कली राहदानीमा किन र कसरी नेपालको भिसा दियो भन्ने विषयचाहिँ रहस्यमय बनेको छ।
अध्यागमन कार्यालयका कर्मचारीले रहमान र हुसेनले प्रयोग गरेको पोर्चुगलको नक्कली राहदानीमा आगमन अनुमति दिएका थिए । 
अध्यागमनको हिरासतमा रहेका उनीहरूले बंगलादेशी नागरिक सज्जाद हुसेनको सहयोगमा पोर्चुगलको राहदानी खरिद गरेको र त्यसमा बंगलादेशबाट नेपाली भिसा लगाएको बयान दिएका छन्। हुसेनले उनीहरूलाई प्रतिव्यक्ति १० लाख रुपयाँमा पोर्चुगलको राहदानी बिक्री गरेका थिए। नेपाली दूतावासले नै भिसा जारी गरेको देखेपछि अध्यागमनका कर्मचारीले उनीहरूमाथि धेरै सोधखोजसमेत गरेनन्। पोर्चुगलको राहदानीमा नेपाली भिसा भएपछि बिनासंकोच अध्यागमन अधिकृतले उनीहरूलाई आगमन अनुमति दिएका हुन्। पाँच दिनको नेपाल बसाइपछि जब उनीहरू चीनको कुनमिङ हुँदै इटाली जान खोजे त्यसबेला मात्र अध्यागमनका अधिकारीहरूले पोर्चुगलको राहदानी नक्कली भएको भेउ पाए। बयानका क्रममा इटाली हिँडेको बताए पनि उनीहरूको साथमा भएको पोर्चुगल र बंगलादेशको राहदानीमा कुनै पनि युरोपेली मुलुकको भिसा छैन। उनीहरूले मानव तस्करको सेटिङ गर्दै आएका बंगलादेशी नागरिक सज्जाद हुसेनको सल्लाहबमोजिम नेपाल हुँदै युरोप जान लागेको बताएका छन्। रहमान र हुसेन बंगलादेशबाट चीनको कुनमिङ हुँदै युरोपेली मुलुक छिर्ने प्रयत्नमा थिए। मानव तस्करमा संलग्न हुसेनले पोर्चुगलको नक्कली राहदानीमा उनीहरूलाई ढाकास्थित नेपाली दूतावासबाट कसरी भिसा दिलाइदिए र किन उनले रहमान र हुसेनलाई नेपालको बाटो हुँदै युरोपेली मुलुक छिर्न सुझाए भन्ने विषय शंकास्पद बनेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies