Khabar Dabali Logo
  October 28, Wed

विप्लव जी आफ्नो अन्तरआत्मालाई घच्घच्याउनुहोस्, तपाईको उर्जाको यो देशलाई खाँचो छ : पहाडी

काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले नेत्रविक्रम चन्दलार्इ प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएका छन् । कृष्ण पहाडी, सिके राउत र विप्लववीचको त्रिपक्षीय द्वन्द्वमा विश्लेषक सिके लाल पनि मुछिए ।

गत मंसिर २४ गते पत्रिकामा  ‘मतदानद्वारा हिंसाको खारेज’ शीर्षकमा एउटा लेख लेखेका मानवअधिकारकर्मी पहाडीले विप्लवको हिंसात्मक गतिविधिको आलोचना गरेका थिए । लेखको जवाफमा नेत्रविक्रम चन्दले ‘पहाडीको ओछ्यान मुनि बम पड्काउने अवस्था नआउला भन्न सकिन्न’ भन्दै चेतावनी दिए । यही लेखका विरुद्ध पहाडिले प्रेस वक्तव्य जारी गरे ।

पहाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘म विनम्रताका साथ विप्लवलाई स्मरण गराउँछु, मेरो एउटा लेख वा विचारले तपाई यति आक्रोशित हुनुभएको छ भने तपाईहरुले पड्काउनुभएको बम र हिंस्रक गतिविधिले कति नागरिकको मन हाहाकार गरेको छ, कति बा-आमाहरु रुनुभएको छ, कृपया तिनीहरुको चित्कार सुन्नुहोस् ।’

पहाडीले विप्लवलाई थप सुझाव दिँदै भनेका छन्- ‘आफ्नो अन्तरआत्मालाई घच्घच्याउनुहोस् । तपाईहरुको उर्जाको यो देशलाई खाँचो छ । आग्रह यति मात्र हो, हिंसाको मार्ग त्याग गर्नुहोस् । तपाईहरुले थालेको हिंसा वैदेशिक हस्तक्षेप र विखण्डन चाहनेहरुलाई लिस्नो त बन्ने होइन ? पुनरावलोकन गर्नुहोस् ।’ पहाडीले भने।

पुस २३ गते, २०७४ - १७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top