Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने, चिसोबाट बच्न गृह मन्त्रालयकाे यस्ताे अनुरोध

\"\"काठमाडाैं । अझै केही दिन तापक्रम घट्दै जाने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले २–३ दिनसम्म तापक्रम घट्दै जाने अनुमान गरेको हो । कुहिरो र बाक्लो हुस्सुका कारण दुई दिनदेखि तराईमा घामसमेत नलागेको मौसमविद् वरुण पौडेलले बताए । ‘आइतबार पश्चिमी वायु हल्का चल्न सक्ने भएकाले पूर्वी र मध्य तराईमा दिउँसो मधुरो घाम लाग्न सक्छ ।’ उनले भने, ‘तर, पश्चिम तराईमा भने अझै केही दिनसम्म कुहिरो र बाक्लो हुस्सु लाग्दा घाम लाक्दैन ।’ तर, तापक्रम घटे पनि पानी पर्ने सम्भावना भने नरहेको पौडेलले बताए । अाजकाे नयाँ पत्रिकामा खबर छ-तराईमा १० पुसदेखि कुहिरो र बाक्लो हुस्सु लाग्दै आएको छ । तराईमा कुहिरो र बाक्लो हुस्सुले गर्दा जनजीवन प्रभावित हुँदै आएको छ । ‘तराईको हुस्सुको इतिहास हेर्दा एक हप्तासम्म घाम नलागेको रेर्डक छ ।’ पौडेलले भने, ‘तर, यस वर्ष निरन्तर हप्ता दिनसम्म हुस्सु लाग्ने सम्भावना छैन ।’ चिसोबाट बच्न गृह मन्त्रालयको अनुरोध – न्यानो कपडाको जोहो समयमै गरौँ  – शीतलहरको समयमा घरबाहिर खुला स्थानमा धेरै समय नबिताऔँ । घरबाहिर निस्कनुपरेमा,  धेरै  समय बस्नुपरेमा न्यानो लुगा लगाऔँ – रातको समयमा न्यानो सिरक, कम्बलजस्ता ओड्ने प्रयोग गरौँ । घरभित्र राति सुत्दा शरीरका   साथै अनिवार्य रूपमा छाती टाउको ढाक्ने प्रबन्ध मिलाऔँ  – शीतलहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राखौँ । छाती र टाउकोलाई  विशेष गरेर  चिसोबाट जोगाउने कार्य गरौँ  – चिसोको समयमा शरीरलाई चाहिने आवश्यक तातो खानेकुरा खाने बानी बसालौँ  – बालबालिका, वृद्धवृद्धा गर्भवती महिला तथा बिरामीको हेरचाहमा विशेष सतर्कता  अपनाऔँ  – चिसोका कारण बिरामी भएमा तत्कालै नजिकको स्वास्थ्यचौकी, अस्पतालमा तुरुन्त उपचार  गर्न   जाने बानीको विकास गरौँ जाडो मौसम भएकाले केही दिनपछि बिहान हुस्सु लागे पनि दिउँसो सफा भई घाम लाग्ने पौडेलले बताए । तराईदेखि भारतको दक्षिण र बंगलादेशसम्म बाक्लो हुस्सु चक्काजस्तो बसेकाले हट्न समय लाग्ने मौसमविद्को तर्क छ । उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने मौसमविद् पौडेले बताए । ‘केही दिनअघि उपत्यकाको तापक्रम एक दशमलव ४ डिग्रीसम्म झरेको थियो । शनिबार उपत्यकाको तापक्रम एक दशमलव ६ डिग्रीसम्म पुगेको थियो ।’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अझ तापमक्र घट्दै जाने देखिएको छ ।’   शीतलहरबाट ज्यान गएको छैन : मन्त्रालय  गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले यस वर्ष शीतलहर र चिसोबाट सकैको पनि ज्यान नगएको बताएका छन् । ‘अहिलेसम्म हामीलाई शीतलहरबाट एकजनाको पनि ज्यान गएको विवरण प्राप्त भएको छैन,’ शर्माले भने, ‘अझै चिसो बढ्न सक्ने सूचना पाएकाले सबैलाई सर्तक रहन निर्देशन दिएका छाँै ।’ तराईमा चिसो र शीतलहरबाट ज्यान जान सक्ने भएकाले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको शर्माले बताए । कुन ठाउँमा कस्तो छ तापक्रम  महाशाखाकाका अनुसार शनिबार बेलुका ६ बजेको तथ्यांकअनुसार सबैभन्दा कम तापक्रम जुम्लामा अधिकतम १४ दशमलव ४ डिग्री, न्यूनतम माइनस ८ दशमलव २ डिग्री पुगेको छ । यसैगरी, जोमसोममा अधिकतम तापक्रम ७ डिग्री, न्यूनतम माइनस ४ दशमलव ७ डिग्री, जिरीको अधिकतम तापक्रम १३ दशमलव २ डिग्री, न्यूनतम माइनस ३ दशमलव ५ डिग्री, लुम्लेमा अधिकतम तापक्रम १२ दशमलव ५ डिग्री न्यूनतम २ दशमलव ५ डिग्री पुगेको छ । विराटनगरमा अधिकतम तापक्रम २० दशमलव ४ डिग्री, न्यूनतम १ दशमलव ८ डिग्री, भैरहवाका अधिकतम तापक्रम ८ दशमलव ५ डिग्री, न्यूनतम ५ दशमलव ३ डिग्री, नेपालगन्जको अधिकतम तापक्रम १४ दशमलव ४ डिग्री, न्यूनतम ७ दशमलव ६ डिग्री र धनगढीको अधिकतम तापक्रम १० दशमलव ७ डिग्री र न्यूनतम ७ दशमलव २ डिग्री पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies