Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसकारण वाम एकता प्रक्रिया लम्बिने

\"\"काठमाडाैं । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एजेन्डा निर्धारणका लागि पहिले छलफल हुने र लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि दुई नेताबीचमै भेट भएको छैन । आजको अन्नपूर्णमा खबर छ-एक साताको बीचमा ओली-दाहालबीच एजेन्डा निर्धारणका लागि भेट हुने भने पनि कहिले ओलीको अस्वस्थता त कहिले दाहालको चितवन बसाइका कारण सम्भव हुन सकिरहेको छैन। शनिबार दाहाल चितवनबाट काठमाडौं फर्केर सकभर त्यही दिन, नभए आइतबार दुई अध्यक्षको बीचमा छलफल भएपश्चात एकता संयोजन समितिको बैठक बसेर प्रक्रियाअगाडि बढाउने भनिए पनि बैठक बस्नै सकेन। दाहाल शनिबार मौसमको प्रतिकूल अवस्थालाई कारण देखाउँदै काठमाडौं फर्केनन् । एमाले अध्यक्ष ओली पनि पुस २६ गते उपचारका लागि एक साता लामो बैंकक भ्रमणमा निस्कने तयारीमा छन्। त्यसअगाडि नै दाहाल र ओलीबीच एकता संयोजन समिति बैठकको एजेन्डा निर्धारणका लागि कुरा भए पनि समितिले प्रक्रियालाई तीव्र नपार्ने माओवादीका एक नेताले बताए । उनका अनुसार सत्तापक्षले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि एमाले-माओवादी एकता प्रक्रियाको छलफल पनि लम्बिएको हो । ‘हतारिएर छलफलमा बस्नुपर्ने अवस्था नै छैन, सत्तापक्षले नै नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि ढुक्कैले विस्तारै छलफल गर्दै अगाडि बढ्न समय मिलेको छ,’ ती नेताले भने । एकता हुन नदिन शक्तिकेन्द्रहरूको चलखेल बढेकाले एकता प्रक्रिया सुषुप्त रूपमा अगाडि बढाइने उनले बताए । ‘राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्षले झन्डै दुई महिनाको समय बाँकी राखेर मिति घोषणा गर्‍यो। यस हिसाबले पनि एकता प्रक्रिया धिमा गतिमा अगाडि बढेको हो,’ उनले भने, ‘यो कुनै खटपट, आशंकाका कारण लम्बिरहेको भने होइन ।’ एकताका लागि पार्टीको मूल नेतृत्व, संगठनात्मक संरचना र वैचारिक- राजनीतिक पक्षका विषयमा टुंगो लगाउनुपर्ने छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग-अलग व्यक्तिले नेतृत्व लिने कि ओलीलाई प्रधानमन्त्री दिएर ओली-दाहाल दुवैलाई पार्टी नेतृत्वको पनि कार्यकारी भूमिका दिएर जाने भन्ने विकल्पमा छलफल भइरहेको छ। तर, यो विषयमा नेताहरूले मिलन बिन्दु निकालिसकेका छैनन् । पार्टी एकतापछिको संगठनात्मक संरचना कस्तो बन्ने, कुन आकारको संगठन बनाउने भन्ने विषयमा पनि नेताहरूले छलफल टुंगोमा पुर्‍याउन सकिरहेका छैनन्। त्यस्तै, वैचारिक-राजनीतिक विषयमा लोकतान्त्रिक तरिकाले समाजवाद ल्याउने साझा बिन्दु पहिचान गरे पनि जनताको बहुदलीय जनवाद, माओवाद या अर्को कुनै नाम दिने भन्ने विषयमा पनि मिलन बिन्दु पहिल्याउन सकेका छैनन् । तर, अहिले वैचारिक राजनीतिक लाइनका विषयमा भने छलफल भइरहेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । उनले नेतृत्व निर्माण र संगठनात्मक संरचना के-कस्तो बनाउने भन्नेमा नेताबीच छलफल चलिरहे पनि दुई पार्टी अध्यक्षको छलफलपछि एकता संयोजन समितिको बैठक बसेर गृहकार्य अगाडि बढ्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies