Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

देउवालार्इ झट्का, पराजयकाे मुख्य कारक देउवा भएकाे निष्कर्ष सहित पाैडेल पक्षकाे छुट्टै भेला

\"\"काठमाडौँ ।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ । जनभावनाविपरीतका सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै पौडेल पक्षीय नेताहरूले कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । निर्वाचन समीक्षा र भावी रणनीति तय गर्न पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको शुक्रबार नक्सालमा बैठक बसेको थियो । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, महेश आचार्य, बलबहादुर केसीसहित करिब दुई दर्जन सदस्य उपस्थित थिए । पार्टीले नराम्रो हार बेहोरेपछि पौडेल पक्षीय १४ केन्द्रीय सदस्यको टोलीले यसअघि पनि पटक–पटक बैठक राखेर निर्वाचन समीक्षा गर्दै आएको थियो । तर ती बैठकमा शीर्ष सदस्यहरू उपस्थित थिएनन् । १४ जनाको उक्त समूहको संयोजन केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गर्दै आएका छन् । केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङलगायत केही युवा नेताले पार्टी नेतृत्व परिवर्तनको बहस चलाइरहेका बेला पौडेल पक्षीय सदस्यहरूले पनि पार्टीको भविष्यका लागि भन्दै निरन्तर नेतृत्व र एजेन्डाका विषयमा छलफल केन्द्रित बनाएका हुन् । जोशीको संयोजनमा रहेको समूहका १४ केन्द्रीय सदस्यमा दीपक गिरी, हृदयराम थानी, रामकृष्ण यादव, कमला पन्त, धनराज गुरुङ, गोविन्द भट्टराई, बद्री पाण्डे, कल्याण गुरुङ, किरण यादव, गुरुराज घिमिरे, सरिता प्रसाईं, रत्ना शेरचन, जीवन परियार छन् । जोशीले पार्टी पराजय हुनुको कारणबारे छलफल गरी केन्द्रीय समितिको बैठकमा संगठन सुधारका लागि सामूहिक दस्ताबेज लैजाने तयारी भइरहेको बताए । ‘पार्टीको भविष्य हेरेर नै यो छलफल अघि बढाएका हौं,’ उनले भने, ‘पार्टीलाई वास्तविक रूपमै परिवर्तन भएको आभास दिलाउन हामीले यो अभियान थालेका हौं ।’ बैठकमा वरिष्ठ नेता पौडेलले पार्टीलाई एजेन्डाका आधारमा अघि बढाउनुपर्ने भन्दै परम्परागत कार्यशैलीबाट पार्टी नेतृत्व अघि बढदा संगठन कमजोर भएको बताएका थिए । बैठकमा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको प्रति धेरैको आलोचना रहेको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगदेखि प्रहरी प्रमुख नियुक्ति प्रकरणमा पार्टी नेतृत्व जोडिँदा निर्वाचनमा असर पुगेको उनीहरूको धारणा थियो । पौडेल पक्षीय अधिकांश नेताले संसदीय समिति पार्टी विधानविपरीत जम्बो बनाएर उम्मेदवार दिँदा आफ्नो समूहलाई ‘कर्नर’ मा पारिएको बताएका थिए । पार्टी विधानअनुसार पदाधिकारी नियुक्ति हुन नसकेको, विभाग बन्न नसकेको, केन्द्रीय कार्यसमितिले पूर्णता पाउन नसकेको भन्दै पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले आगामी केन्द्रीय कार्यसमिति बैठकमा यो मुद्दालाई जोडसाथ प्रवेश गराउने तयारी थालेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies