Khabar Dabali Logo
  April 15, Thu

वामका चार संगठनले आयोगलाई साेधे-मत परिणाम सार्वजनिक गर्न कसले अड्कायाे ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका चार संगठनले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार वाम गठबन्धनका चार गठनले ज्ञापनपत्र बुझाएका हुन् । नेकपा एमालेको युवा संगठन, अनेरास्ववियु र नेकपा माओवादी केन्द्रको वाइसिएल, अखिल (क्रान्तिकारी)को संयुक्त टोलीले ज्ञापनपत्र बुझाएको वाइसिएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले खबरडबलीलाई जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवलाई भेटगरी निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

वाम गठबन्धनको परिणामबाट आत्तिएर भारतीय योजना र बर्तमान सत्तारुढ दल नेपाली कांग्रेसको निर्देशनमा गठबन्धन फुटाउने, नयाँ सरकार गठन गर्न नदिने र मुलुकलाई अस्थिरतातर्फ धकेल्न घरदेशी र परदेशी शक्तिहरु लागिरहेको अवस्थामा आयोगले नै प्रतिनिसभाको परिणाम सार्वजनिक गर्न ढिलाई गर्दा ‘दालमे कुछ काला हे’ भन्ने एउटा हिन्दि उखान जस्तै सावित भएको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै आयोगले प्रतिनिसभा सदस्य ऐन २०७४ को दफा–६० को उपदफा–४ मा प्रतिनिसभामा समानुपातिकबाट विजयी हुनेहरुको सूची राजनीतिक दलहरुसँग माग्नुपर्नेमा हालसम्म मागेको छैन् । राष्ट्रियसभाको सन्दर्भमा संविधानको धारा–८६ को २ को ‘क’मा प्रत्येक प्रदेशबाट ३ जना महिला अनिर्वाय निर्वाचित गर्नुपर्ने प्रावधान छ । त्यसैगरि धारा–८६ को २ ‘ख’मा राष्ट्रिपतिले मनोनित गर्ने ३ जनामध्ये एक जना अनिवार्य महिला हुनेपर्ने व्यवस्था गरेको छ । यसरी हेर्दा राष्ट्रियसभाका कूल ५९ जना सदस्यमध्ये २२ जना महिला निर्वाचित हुने देखिन्छ । यो संख्या ५९ मा २२ प्रतिशत भने ३८ प्रतिशत हो । यहाँ ५ प्रतिशत महिलाको संख्या यसमा बढी भएको ज्ञापनपत्रमा लेखिएको छ ।

ज्ञापनपत्रमा लेखिएको छ ‘प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ६० ले निर्वाचनको परिणामको घोषणा गनै बिधि प्रष्ट पारेको छ । दफा ६० को ४ मा संघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य भनिएको छ । बुझ्नुपर्ने के हो भने राजनीतिक दलहरु ३३ प्रतिशत संघीय संसद्मा महिलाहरुको संख्या पु¥याउने माध्यम हो । त्यसैले प्रष्ट संवैधानिक व्यवस्था अनुसार नै संविधानको मर्म र भावनालाई पक्रिएर संघीय संसद्मा ३३ प्रतिशत संख्या भयो÷भएन भन्ने हो । यहाँ आयोगले दलीय झमेला झिक्ने बिषय गलत मनसाय हो । संविधानको मक्सद के हो ? यो कुरा हामीले बुझ्नु जरुर छ । त्यसैले संविधानलाई पूर्ण कार्यन्वयनमा ल्याई बर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न, मुलुकलाई नयाँ सरकार गठन प्रक्रिया अगाडी बढाउन आयोगसँग हाम्रो जोडदार माग छ । पुनश्चः आयोगको ढिलासुस्ती र सरकारको आयु लम्ब्याउँदै मुलुकलाई अस्थिरता र गतिहिनतातर्फ लैजाने प्रप्रञ्च हामीलाई मान्य नहुने र यस्तै गरे हामी कडाभन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।’

यसैबीच नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पनि आज ३ बजे प्रमुख निर्वाचन आयुक्त र आयुत्तहरुसँग छलफल गर्दैछन् ।

पुस १७ गते, २०७४ - १४:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...   

दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते

दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...   
रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...   
किन बोलाए देउवाले पदाधिकारी बैठक ?

किन बोलाए देउवाले पदाधिकारी बैठक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...   
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...   
पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...   
व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...   

भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?

काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...   

पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...   

३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top