Khabar Dabali Logo
  September 25, Fri

लालबाबुको विदाइले हौसिए कर्मचारी, नयाँ मन्त्रीको स्वागतमा देखियाे कर्मचारीको अनौठो भिड

काठमाडौं । जबरजस्त कर्मचारी समायोजनको कारण कर्मचारीकै आँखाको तारो बनेका लालबाबु पण्डितको बिदाइसँगै कर्मचारी हौसिएका छन् । पण्डितको बिदाईले कर्मचारीमा देखिएको खुसी नवनियुक्त मन्त्रि हृदयश त्रिपाठीको स्वागतमा देखिएको छ ।

बुधबार राति पुनर्गठित भएको मन्त्रिपरिषदमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा हृदयश त्रिपाठी आएका छन् । उनको स्वागतमा अहिले कर्मचारीहरुको ठुलै भीड लामबद्ध भएर मन्त्रालय अगाडि उभिएको छ ।

हातमा फूलमाला, फूलको गुच्छा र खादासहित कर्मचारीहरुको ठुलै लाईन मन्त्रालयमा तयार भएको छ । मन्त्रीको स्वागतका लागि प्रतिक्षामा रहेका कर्मचारीहरुको भीड बाहिरदेखि भित्रैसम्म देखिन्छ ।

त्रिपाठीसहितका नवनियुक्त मन्त्रीहरुले शितलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् । शपथग्रहणलगत्तै मन्त्रालयमा आएर उनीहरुले कार्यभार सम्हाल्दैछन् ।

पण्डितलाई हटाउन ट्रेड युनियन हात धोएरै लागेको थियो

सामान्य र सरल स्वभावका लालबाबु पण्डित ठुला र दिर्घकालिन महत्व राख्ने काम गर्दा चर्चामा आउने गरेका थिए । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारको समयमा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाउँदा लालबाबुले डीभी र पीआरधारी कर्मचारीलाई कानून बनाएरै पाखा लगाएका थिए । उनको निर्णयको कारण धेरै कर्मचारीहरुले जागिरबाट हात धुनु परेको थियो ।

‘साईकल मन्त्री’को उपमा पाएका लालबाबुको दोस्रो कार्यकाल पनि त्यतिकै चर्चामा रहेको छ । ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका उनले संघियता कार्यान्वयनको पहिलो चरणमा कर्मचारीलाई कानून नै बनाएर समायोजनको प्रक्रियामा लगेका थिए । जसको कारण अलमलमा परेको कर्मचारी व्यवस्थापन करिब करिब अन्तिम चरणमा पुगेकाे छ ।

तर, पण्डितको दिर्घकालीन महत्व राख्ने यस कदमको भने केहि कर्मचारीका नेताहरु खुसी छैनन् । उनिहरुले पण्डितलाई हटाउन हात धोएरै लागेका थिए । जानकार कर्मचारी ट्रेड युनियनको हाबी हुँदा पण्डित बाहिरिन बाध्य भएको टिप्पणी गर्दछन् ।

मंसिर ५ गते, २०७६ - १२:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top