Khabar Dabali Logo
  July 11, Sat

उपनिर्वाचनले तात्यो पिपरा गाउँपालिका

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरी निधन हुनुभएका कारण त्यहाँ चुनाव हुन लागेको हो । अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ ।

पिपरा गापाको उपनिर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा होमिएका उम्मेदवारहरुमध्ये कसै कसैमा आफ्नै साख जोगाउने चिन्ता छ भने कसैकसैमा अन्ततः चमत्कार भएर विजेता बन्ने बन्छु भन्ने विश्वास देखिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित पूर्व अध्यक्ष चौधरीकी विधवा पत्नी रविता कुमारीलाई राजपा नेपालले फेरि त्यहाँ अध्यक्ष पदका उम्मेदवार बनाएको छ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका साथै अध्यक्ष मण्डलका सबै सदस्यका साझा उम्मेदवार रविता आफूले पतिको अधुरा सपना पूरा गर्ने उद्देश्य बोकेर चुनावमा होमिएको बताउछन् ।

दुई वर्षको सानो अवधिमा आफ्ना पतिले पिपराका जनताका लागि विकासका धेरै काम गरेको र अझै बढी काम गर्न चाहेर गर्न नपाएको बताउने उाले पतिका अधुरा योजनाहरु पूरा गर्ने वाचा गरे ।

अघिल्लो चुनावमा प्रतिद्वन्द्वीका रुपमा रहेका तत्कालीन नेकपा एमालेका उम्मेदवार विक्रम चौधरीले पनि पुनः उम्मेदवारी दिएका छन् ।

अहिले एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी एकीकृत भइसकेकाले दुबैको आफू साझा उम्मेदवार रहेको दावा गर्ने उहाँ आफ्नो जीत सुनिश्चित ठान्छन् ।

उनी जनताको चाहना बमोजिम पिपरा गाउँपालिकालाई समृद्ध बनाउने दृढता व्यक्त गर्छन् ।
चुनावी प्रतिष्पर्धामा मधेश र मधेशका लागि केवल समाजवादी पार्टी नै अब्बल रहेको दावीका साथ पिपरा गाउँपालिकाको उप निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारी दिनुभएका समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले पनि यसपालिको चुनाव आफूले जित्ने दावी गरेका छन् ।

मधेश र मधेशीको हक, अधिकार स्थापित गर्ने र गाउँपालिकाको र्चौतर्फी विकास गर्ने क्षमता समाजवादी पार्टीसँग मात्र रहेको उनी दाबी गर्छन् ।

यहाँ नेपाली काँग्रेसबाट विजय यादवले उम्मेदवारी परेको छ । उनले आफूलाई पिपराका जनताले जिताउने दाबी गरेका छन् ।

यसपालि जितेर मधेश र मधेशी जनताको सम्पूर्ण मुद्दा सम्बोधन गर्ने वचनवद्धता उनी प्रकट गरिरहेका छन् ।

पहिलो पटक निर्वाचनमा होमिने मौका प्राप्त गरेको डा सिके राउतको पार्टीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । जनमत पार्टीबाट पिपरा गाउँपालिकाको अध्यक्ष पदमा अञ्जनी देवी मण्डलको उम्मेदवारी परेको छ ।

देशमा विद्यमान राजनीतिक दलहरुको जस्तो आफ्नो पार्टीको कुनै स्वार्थ नरहेको र केवल इमान्दारीका साथ जनताको सेवा गर्ने पवित्र उद्देश्य मात्र बोकेकाले पिपरा गाउँपालिकामा यसपालि नयाँ चमत्कार हुने उनी ठान्छन्।

यहाँ ११ जना पार्टीका र नौ जना स्वतन्त्र उम्मेदवार २० जना चुनावी मैदानमा छन् । सबैले आफू नै जित्ने दावी गरिरहे पनि नतीजा थाहा पाउन मङ्सिर १४ गते उप निर्वाचन कुर्नुपर्नेछ । पिपरा गाउँपालिकामा सात वटा वडा रहेका छन् भने यहाँ १८ हजार ५८८ मतदाता छन् ।

पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रहनेछन् ।

मंसिर १ गते, २०७६ - १६:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा...   

कोरोनाबाट विश्वभर एक करोड २६ लाख बढी सङ्क्रमित : पाँच लाख ६३ हजारको मृत्यु, अमेरिकामा २४ घण्टामा ६३ हजार ६४३ सङ्क्रमित

वासिङ्टन । विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा...   

कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो, आज ७० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   
सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिंगापुर । सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल...   

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

काठमाडौं । मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा...   

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो, ३ जना घाइतेको उद्धार (मृतकको सूचीसहित)

म्याग्दी । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । ३ जनाको भने...   

छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै, चार बीमा कम्पनीको साधारण शेयर आउँदै

काठमाडौं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन...   
प्रधानमन्त्री सँगको भेटघाट छोडेर अध्यक्ष प्रचण्ड पुगे चितवनको बाढी प्रभावित क्षेत्र, विभिन्न क्षेत्रको निरीक्षण गर्दै

प्रधानमन्त्री सँगको भेटघाट छोडेर अध्यक्ष प्रचण्ड पुगे चितवनको बाढी प्रभावित क्षेत्र, विभिन्न क्षेत्रको निरीक्षण गर्दै

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका...   

हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ

सङ्खुवासभा । सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना...   

जम्बुमा बेपत्ता २० जनाको खोजीकार्य जारी, एकको जीवितै उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top