Khabar Dabali Logo
  July 13, Mon

चापागाउँ सडकखण्ड बल्ल कालाेपत्रे हुँदै

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले तिहारभन्दा पहिला नै चापागाउँ सडकखण्ड कालोपत्रे गरिसक्ने दाबी गरेका थिए। दसैं तिहारमा नगरवासीलाई धुलोमैलोमा नहिँडाउने प्रतिबद्धता उनको थियो। तर, बचन समयमा पूरा गर्न सकेनन्। ढिलै भए पनि ठेंचोबाट टाहाखेलसम्मको कालोपत्रेको काम सुरु गरेका छन्।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ – गत शनिबारदेखि ठेंचो टाहाखेल सडकमा कालोपत्रेको काम सुरु भएको छ। मेयर महर्जनका अनुसार उक्त सडक निर्माणका लागि नेपाल सरकारले करिब १३ करोड बजेट उपलब्ध गराएको छ। शैलुगं कन्स्ट्रक्सनले काम गरिरहेको महर्जनले बताए। तर ठेंचो–सुनाकोठी खण्डको निर्माण कार्य भने अझै निश्चित भइसकेको छैन। ‘मेरो नगरपालिकाभित्र काम सकाउँछु,’ महर्जनले भने, ‘तलको काम डिभिजन सडक कार्यालय आफैले गर्ला।’

०७१ सालमा सडक विस्तार आयोजनाले मुआब्जा निर्धारण नगरी ठेक्का लगाएको उनको भनाइ छ। ठेक्का लगाएको वषौं भए पनि मुआब्जा विवादका कारण काम सुरु हुन सकेको थिएन। विवाद मिलाउन सम्बन्धित निकायसँग विभिन्न चरणको बैठक बसेको महर्जनले जानकारी दिए। तर उक्त सडकको काम यथाअवस्थामा गर्ने सहमति भएको हो।

मुआब्जा निर्धारण नभई ठेक्का लगाएकाले सडक निर्माण अलपत्र परेको थियो। तर, समयमा सडक बन्न नसकेको भन्दै जनताले रातदिन दबाब दिदै आएका थिए। जनताको दबाबका कारण दसैंअघि खाली ठाउँमा १६ मिटर र अन्य ठाउँमा यथाअवस्थामा कालोपत्रे गर्ने सहमति भएको उनले जानकारी दिए। उनले भने ‘उक्त सडक २२ मिटर बनाउने भनिएको थियो। तर, विवाद नमिलेपछी १६ मिटर मात्र बनाउने सहमति भएको हो।’

जनताको दबाब थेग्न नसकेपछि नगरपालिका आफैँ सडक बनाउन लागि परेको थियो। जसका लागि नगरपालिकाको कार्यपालिका बोर्डले सात करोड रुपैयाँ छुट्याएर सडक बनाउन अघि सर्दा सडक विभागले अनुमति नदिएको गुनासो महर्जनले गरे।

सडक निर्माणमा सर्वोच्च अदालतको निर्णय अड्चन बनेको अनुभव उनीसँग छ। ‘घर र जग्गाको क्षतिपूर्ति दिएर मात्र भत्काउनु भन्ने निर्देशनपछि सडकको काम झन ढिलो छ’, उनले भने, ‘जनताहरू घर भत्काउन तयार भएपनि सरकारले मुआब्जा दिन सकेको छैन।’

कात्तिक २८ गते, २०७६ - ०८:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

काठमाडौं । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ ।नेकपाको स्थायी कमिटी बैठकमा...   
संखुवासभामा पहिरो जादाँ ९ घर बग्याे,  ११  जना बेपत्ता

संखुवासभामा पहिरो जादाँ ९ घर बग्याे, ११ जना बेपत्ता

संखुवासभा । लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । आजको...   

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको...   

नेपाल आयल निगमको नाफा १० अर्ब ८६ करोड

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको...   

सार्वजनिक यातायात सञ्चालन गर्नेबारे ठोस सहमति नहुँदा अझै अन्योलमा

काठमाडौं । छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । आजको राजधानी दैनिकमा...   

अवैध मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता, दुई पक्राउ

काठमाडौं। चितवनको कलेज अफ मेडिकल साइसेन्समा कानुन विपरीत भएको मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता...   

सरकारले भन्यो, ‘भारतीय च्यानल नसुध्रेसम्म प्रसारण प्रतिबन्ध हट्दैन’

काठमाडौं । केही भारतीय सञ्चारमाध्यमले नेपाल र प्रधानमन्त्रीलाई जोडेर गलत, आधारहीन र असंवेदनशील समाचार...   

विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नबनाउन सुझाव

काठमाडौं । नेपालका अधिकांश विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था छ । तर, प्रस्तावित...   

बैंकमा थुप्रियो पैसा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न...   

काठमाडौंका घरबेटीको रोदन : ‘६ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’

काठमाडौं । कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटी समेत आर्थिक समस्यामा परेको पाइएको छ । आजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top