Khabar Dabali Logo
  December 6, Fri

हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

काठमाडौँ । महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । लामो समय फोहर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो ।

बिमाका लागि अहिले कति प्रभावित भएका छन् भनी नामावली सङ्कलन गर्ने कार्य भइरहेको छ । नामावली सकिएपछि बिमाको कार्य शुरु गर्ने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

कामपाले दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए । दीर्घकालीन फोहर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ ।

सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम पनि तीव्ररूपमा अघि बढेको जनाएको छ ।

निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।

कात्तिक २२ गते, २०७६ - १७:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

काठमाडौं । नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा पहिलो पटक नेपालका लागि बेलायतकी...   

कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

एजेन्सी । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट...   

नेपाली भूमि फिर्ता गराउन अन्तर्राष्ट्रियकरण गराउनुपर्छ : जनमोर्चा अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले...   

विवादास्पद नागरिकता विधेयक स्वीकृत भएकोमा विपक्षी दलबाट मोदी सरकारको कडा शब्दमा आलोचना

एजेन्सी । भारतीय संघीय मन्त्रिपरिषदले नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेकोमा विपक्षी दलहरले सरकारको...   

प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपणबारे चिकित्सकको परामर्श लिने तयारीमा नेकपा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला...   

नेकपा सचिवालयमा नेता माधब नेपालको ब्रिफिङ : मोदीले समय नदिदा भारत भ्रमण रोकियो

काठमाडौं । सीमा विवाद समाधानकोलागि नेपाल सरकारको तर्फबाट विशेष दूत भएर भारतीय प्रधानमन्त्री नरेन्द्र...   

यस्तो छ प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकको निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न...   

दाङमा नेकपाका उम्मेद्वारले मतान्तर फराकिलो पार्दै

दाङ । दाङ क्षेत्रनम्बर ३ (ख) मा प्रदेश सभा सदस्यकोलागि भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल...   

मोरङमा काँग्रेस विजयी

मोरङ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली...   

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, एक हप्ता अझै अस्पतालमा रहने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाइएको छ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top