Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आलम प्रकरणमा 'पिसाब फेरेपछि दैलो देखेका' देउवाको हातमा कांग्रेसको भविष्य कति सुरक्षित ?

काठमाडाैं । २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लगेका कांग्रेस सांसद अफ्ताव आलम अहिले प्रहरी हिरासतमा छन् । चुनावमा बुथ कब्जा गर्न आफैंले बनाउन लगाएको बम विस्फोटमा परी घाइते भएका २२ जनालाई बेहोस हुने सुई लगाएर आफ्नो आफन्तको इँटाभट्टामा लगेर जलाएर मारेको आरोप उनीमाथि लागेको छ ।

हत्या गरिएका आफन्तहरूको बयान निरन्तररूपमा सञ्चारमाध्यमहरूले बाहिर ल्याइरहेका छन् । घटना भएको समयदेखि रौतहटमा दर्जनौं प्रहरी प्रमुखहरू फेरिए तर कसैले घटनाको अनुसन्धान गर्न चासो देखाएन । घटना भएको बखत गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री थिए भने कृष्णप्रसाद सिटौला गृहमन्त्री थिए । आलम कोइरालाका अत्यन्त निकट मानिन्थे ।

त्यतिबेलाका रौतहटका प्रहरी प्रमुखमाथि घटना लुकाउन सहयोग गरेको आरोप लागेपछि अप्रत्यासित रूपमा त्यतिबेलाका गृहमन्त्री सिटौला बोले, ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।’

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मध्यपुर थिमीमा आयोजना गरेको कार्यक्रममा तत्कालीन गृहमन्त्रीले आलमको बचाउ गरेपछि सामाजिक सञ्जालमा कांग्रेसमाथि आलोचनाको पहिरो गएको छ । राज्यशक्तिको दुरुपयोग गरेर आलमलाई अहिलेसम्म जोगाइराखेको आरोप नेपाली कांग्रेसको शीर्षनेतृत्वमाथि लागेको छ ।

सोही कार्यक्रममा सभापति शेरबहादुर देउवाले ’१२ वर्षपछि आलमलाई पक्राउ गर्ने ?’ भन्दै जोशिएर भाषण गरेका थिए । आलमलाई पक्राउ गरेर कांग्रेसमाथि सरकारले दमन गरेको उनको आरोप थियो ।

सभापतिको हलुका टिप्पणीले कांग्रेस झन् पतनोन्मुख  

कांग्रेसका सभापति देउवा र अर्का नेता सिटौला दुवैले घटनाको ग्र्याभिटी बुझ्न सकेनन् । यौन दुर्व्यवहारको आरोपमा दुई तिहाइको कम्युनिस्ट सरकारले आफ्नै पार्टीबाट निर्वाचित सभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखी छानबिन गरेको छ ।

त्यतिबेला लोकतन्त्र सुदृढ भएको देख्ने कांग्रेसका नेताहरूले २२ जनालाई जिउँदै मारेको आरोप लागेका आलमको गिरफ्तारीलाई लोकतन्त्र मास्ने षड्यन्त्र देखे । यो आम जनताका लागि पाच्य भएन । त्यसपछि कांग्रेसमाथि आलोचनाका स्वरहरू वर्षिए ।

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षीलाई वेटिङ गभर्मेन्ट पनि भनिन्छ । कांग्रेसका सभापतिको यस्तो टिप्पणीले कमजोर मानिएको प्रतिपक्षी दल कांग्रेसलाई झन् ठूलो ड्यामेज गरिदिएको छ । घटनाको गहिराई नबुझी आएको सभापतिको हलुका टिप्पणीलाई कांग्रेसभित्रकै कतिपय नेताहरूले रुचाएनन् ।

‘सभापतिको यस्तो टिप्पणीले कांग्रेसमा ठूलो ड्यामेज भएको छ,’ एक केन्द्रीय समिति सदस्यले भने, ‘अपराध गर्नेले दण्ड पाउनै पर्छ । यसका लागि सभापतिले कांग्रेसले छानबिनमा सहयोग गर्छ भन्दिएको भए हुन्थ्यो । तर उहाँले बुझ्नुभएन ।’

केही दिन अघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक ट्वीट गर्दै भनेका थिए, ‘अनुसन्धानमार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनु पर्छ l अफताब आलम पक्राउ प्रकरणमा पनि सत्य यहि हो l कांग्रेसको यो केन्द्रीय धारणा रौतहट कांग्रेसले मंगलबारबाट अनिवार्य बोक्नेछ l निर्दोष कहिल्यैपनि दण्डित हुनुहुन्न दोषी कसैलेपनि उन्मुक्ति पाउनुहुन्न !’

प्रवक्ता शर्माले कांग्रेसको केन्द्रीय धारणा भन्दै अनुसन्धानलाई सहयोग पुर्याउनुपर्छ भनेपनि सभापति देउवा र नेता सिटौलाले त्यसलाई खारेज गरिदिए । अहिले कांग्रेसभित्र विश्वासको संकट बढेको छ । एउटा प्रश्न उठेको छ, सभापतिले बोलेको व्यक्तिगत धारणा हुने र अन्य नेताले बोलेको पार्टीको धारणा हुने कसरी हुन सक्छ ?

विज्ञप्तिमार्फत ड्यामेज कन्ट्रोल !

आफ्नो अभिव्यक्तिको चौतर्फी रूपमा आलोचना भएपछि सभापति देउवाले शनिवार एउटा विज्ञप्ति निकाले । विज्ञप्ति जारी गर्दै उनले अनुसन्धानमा कांग्रेसले सहयोग गर्ने देउवाले स्पष्ट पारे । ढिलै भएपनि आफ्नो अभिव्यक्तिले कांग्रेसमाथि ठूलो ड्यामेज भएको अनुभूति गरेका देउवाले विज्ञप्तिमार्फत घुमाउरो पारामा माफी पनि मागे । तर यसले नेपाली कांग्रेसका नेताहरूमा रहेको ‘पिसाब फेरिसकेपछि दैलो देख्ने’ प्रवृत्ति उजागर गरेको छ ।

‘मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।’

देउवाले विज्ञप्तिमार्फत ड्यामेज कन्ट्रोलको तरिका अपनाए पनि आलमलाई संरक्षण गरेको आरोप लागेका सिटौला अहिलेसम्म चुप छन् ।

शनिवारै कांग्रेसका युवानेता मानिने गगन थापाले पनि एक ट्वीट गर्दै कांग्रेसको आधिकारिक धारणा निष्पक्ष छानबिनका लागि सहयोग गर्नु नै भएको दाबी गरे । ‘जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै  ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ,’ ट्वीटमा थापाले भनेका छन्, ‘दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । यही हो काँग्रेसको धारणा । बाँकी सबै व्यक्तिगत धारणा हुन्

कांग्रेसमा संक्रमणकालीन ‘ह्याङओभर’

२०६२/६३ सालपछि यस्तो समय विकसित भयो कि डन र गुण्डाहरूका सामु प्रहरी प्रशासन निर्धो देखिन थाल्यो । विशेष गरेर तराई मधेशमा दर्जनौं सशस्त्र समूहहरू देखिए । मधेश आन्दोलनताका तराईमा हिँसा र अराजकता भड्कियो । प्रहरी प्रशासनले त्यसलाई नियन्त्रण गर्न सकेन । धन र पैसा भएकाले जे गरे पनि हुन्छ भन्ने मान्यता स्थापित भयो ।

तराईको सीमा जोडिएका भारतीय क्षेत्रका गुण्डाहरू यताउता खुल्लम खुल्ला आवतजावत गर्न थाले । हतियारको बिगबिगी थियो । आलम त्यही संक्रमणकालीन परिस्थितिको फाइदा उठाएर चुनावमा बुथ क्याप्चर गर्न बम बनाउने हैसियतमा पुगे ।

बम विष्फोट भयो, केही आलमकै गाउँका र अन्य भारतबाट बोलाएका बम बनाउनेहरू घाइते भए । आलमले प्रमाण नै नष्ट गर्न इँटाभट्टाको सहारा लिएर र घाइतेहरूको नृसंश हत्या गरे तर १२ वर्षसम्म राजनीतिक आडमा खुला घुमिरहे ।  तर पाप एकपटक धुरीबाट कराउँछ नै । २०७४ सालको आम निर्वाचनसँगै देश स्थायीत्वतर्फ अग्रसर भइरहेको छ । प्रहरी प्रशासन, न्याय कानून पहिला जस्तो निरिह छैनन् ।

आलम लगायत करीब आधादर्जन माननीयहरू पक्राउ परेर अनुसन्धानको दायरामा आइसकेका छन् । यस्तो अवस्थामा प्रतिपक्षी दल कांग्रेसका सभापतिले नै लोकतन्त्र मास्ने षड्यन्त्र देख्नु कांग्रेसभित्र ‘संक्रमणकालीन ह्याङओभर’ रहेको पुष्टि हुन्छ ।

लोकतन्त्र मास्न आलमलाई पक्राउ गरेको देख्ने सभापतिको हातमा कांग्रेसको भविष्य कति सुरक्षित छ ? बेलैमा ख्याल गर्नुपर्दैन र ?  

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies